Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कमाउने मान्छे भारतमै अलपत्र, राहत माग्दै वडा कार्यालयमा गृहिणी

४ जेठ, कैलाली । घोडाघाडी नगरपालिका ३ कि खिमादेवी साउदलाई उनका श्रीमान्ले फोन नगरेको एक महिना बित्यो । खिमाले फोन गर्दा पनि लाग्दैन । आइतबार घोडाघोडी नगरपालिका ३ को कार्यालयमा भेटिएकी साउदले धन कमाउन गएका श्रीमान बेपत्ता भएपछि घरमा समस्या परेको गुनासो सुनाइन् । ‘एक बर्ष पहिले भारत गएका श्रीमान्सँग एक महिनदेखि फोनमा कुरा भएको […]

सर्वोच्चको आदेश : तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्नू

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश […]

परीक्षा प्रणाली परिवर्तन गर्न अझै गृहकार्य आवश्यक

४ जेठ, काठमाडौं । नेपालका शैक्षिक संस्थाको परीक्षा प्रणाली परिवर्तन आवश्यक भए पनि तत्कालै सम्भव नहुने सरोकारवालाहरुले बताएका छन् । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालको आयोजनामा भएको अनलाइन अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले परीक्षा संवेदनशील विषय भएकोले गम्भीर रुपमा बहस गर्नु पर्नेमा जोड दिएका हुन् । अन्तरक्रियामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले विकसित मुलुकमा आवश्यक […]

न्युरोडको प्युखामा आगलागी

४ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा आइतबार दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो । आगो लागेर विभिन्न पसलका सामान जलेका छन् । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका […]

वीरगञ्जका संक्रमितलाई भोजन खुवाउने जिम्मा सानो पाइलाले लियो

४ जेठ, वीरगञ्ज । वीरगञ्जमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भोजन तथा खाजा खुवाउने जिम्मा एक सामाजिक संस्थाले लिएको छ । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मा सामाजिक संस्था सानो पाइलाले लिएको हो । संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर […]

पशुपतिमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द

४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राती विद्युतीय शवदाहगृहमा अन्त्येष्टी गरिएको थियो । त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यंकारी निर्देशक […]

निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख सहयोग राहत कोषमा

४ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् । मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक […]

बहराइनमा ३३१ नेपालीमा कोरोना संक्रमण

४ जेठ, काठमाडौ । बहराइनमा थप ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या ३३१ पुगेको छ । २४ वैशाखसम्म बहराइनमा रहेका थप २४५ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसपछि थप ८६ जना नेपालीमा यस्तो संक्रमण भेटिएको छ । बहराइनमा ३ हजार […]

कोरोना निको हुन सक्ने भन्दै सांसदले प्रधानमन्त्रीलाई दिए मह

४ जेठ, काठमाडौं । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले कोरोना संक्रमितको उपचारका लागि उपयोगी हुन सक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिमाली क्षेत्रमा पाइने मह दिएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने मह कोरोना संक्रमितको उपचारका लागि प्रभावकारी हुन सक्ने भन्दै मह परीक्षणका लागि प्रधानमन्त्रीलाई दिएका हुन् । आफूलाई मुस्ताङका धर्मगुरुले पठाएको मह परीक्षणका […]

भारतबाट मजदुरी गरी फर्किएका २४ जना ठोरी नाकामा अलपत्र

४ जेठ, काठमाडौं । भारतको मुम्बईबाट मजदुरी गरी फर्किएका २४ जना नेपालीहरु ठोरी नाकामा अलपत्र परेका छन् । ठोरी गाउँपालिका-२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बीओपी) का प्रहरी निरीक्षक दीपक दाहालका अनुसार २४ जना नेपाली आइतबार बिहान ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका हुन् । जस मध्ये चितवनको माडी नगरपालिकाका २१ जना, मकवानपुरको […]

कोरोनाबाट मृत्यु भएका युवक : मुम्बईबाट दुई हप्ता लगाएर आइपुगेका थिए नरैनापुर

४ जेठ, बुटवल । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता […]

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै […]

म्याग्दीमा एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

४ जेठ, पोखरा । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । एम्बुलेन्स चालक […]

भारतीय सेनाध्यक्षलाई नेकपा प्रवक्ताको जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न

४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् । साथै नेपाललाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको पक्षमा उभिन कसैको आडभरोसा नचाहिने बताएका छन् । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि नेपालले विरोध गरेको छ […]

भारत तथा तेस्रो मुलकबाट हरेक दिन ६ हजारको उद्धार गर्ने प्रस्ताव

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । ‘यूएईलगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाब समेत दिन थालेका छन् । त्यसैले उद्धारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भरपर्छ ।’ […]

कैलालीको सेती अस्पतालमा ४ जना भर्ना, कोरोना परीक्षण हुँदै

४ जेठ कैलाली । कैलालीमा कोरोना संक्रमणको आशंकामा ४ जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना हुनेमा कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको कोरोना परीक्षणका लागि […]

कोरोना संक्रमितलाई मुख्यमन्त्रीको आग्रह : आत्मविश्वास मजबुत बनाउनू

४ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी नियमित मिडिया ब्रिफिङमा आइतबार मुख्यमन्त्री राउतले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले संक्रमित सबैलाई आत्मविश्वास मजबुत बनाउन आग्रह गरे । ‘कोरोना संक्रमित भई […]

लकडाउन लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

४ जेठ, काठमाडौं । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ । समितिमा रहेका एक मन्त्रीले भने, ‘सम्भवत १५ गतेसम्म लकडाउन थप हुनसक्छ ।’ सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन […]

ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन

४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।महानगरपालिकाले आइतबार २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न […]

अस्पतालहरुले आफैं आरडीटी परीक्षण गर्न पाउने

४ जेठ, काठमाडौं । अब अस्पतालहरुले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसका लागि कार्यविधि बनेको छ र अस्पतालहरुले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ । साथै यो अस्पताल प्रयोजनका लागि मात्र अनुमति लिइएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । […]

सार्वजनिक खरिदका सबै प्रक्रिया स्थगित गर्न निर्माण व्यवसायीको माग

जेठ ४, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लक डाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकाय समक्ष पटक-पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र […]



from समाचार – Online Khabar https://ift.tt/2TeuBw7
via IFTTT
Powered by Blogger.