समाचार
४, जेठ, चितवन । चितवनको नारायणी नदीमा डुबेर दुई युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं १६ को गणेश मन्दिर नजिकबाट पौडी खेल्न नारायणीमा पुगेका युवा आइतबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले बताए । उनीहरु वडा नं १६ शान्तिचोककै भएको वडाध्यक्ष अमृतराज हमालले अनलाइनखबरलाई […]
काठमाडौं । कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् । क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता […]
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता नभए पनि विपन्नलाई राहत दिन सरकारलाई आदेश दिएको छ । सरकारले २०७६ चैत १९ गतेदेखि लागू हुने गरी जारी गरेको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ मा राहत पाउने व्यक्तिसँग नेपाली नागरिकता, गरिब घरपरिवार परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको प्रतिलिपी हुनुपर्ने भनिएको छ […]
४ जेठ, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् । शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको […]
४ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौँ फर्किएको स्थानीय प्रशासनले जनाएको छ । काठमाडौं स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । उनलाई […]
४ कपिलवस्तु, बुटवल । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाकी संक्रमित नर्सको सम्पर्कमा रहेका अस्पतालका ६ जना डाक्टर र नर्सको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । नर्ससँग सम्पर्कमा रहेका र स्वाब परीक्षणको रिपोर्ट आएका सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश क्षेत्रीले बताए । बिहीबार ७ र शुक्रबार १ सय ४ […]
४ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएकाे लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैथाे चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै मुलुकमा लकडाउन बढ्ने […]
४ जेठ, वीरगञ्ज । गण्डक हस्पिटललाई अस्थायी कोभिड-१९ अस्पताल बनाउने निर्णय भएसँगै वीरगञ्जस्थित नारायणी अस्पतालले सञ्चालनको तयारी थालेको छ । उक्त अस्पताललाई अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने जिम्मेवारी डा.उदयनारायण सिंहलाई तोक्दै आन्तरिक तयारी थालेको हो । अस्पतालमा खटिने जनशक्ति, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीलगायत अन्य व्यवस्थापनको विषयमा तयारी भइरहेको डा. सिंहले अनलाइनखबरलाई जानकारी दिए […]
४ जेठ, जनकपुरधाम । धनुषाबाट हतियारसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको शहीद नगरपालिकाबाट प्रहरीले आइतबार धनुषाकै कमला नगरपालिका ८ बस्ने १८ बर्षीय अक्षय पासवान र २० वर्षका सुनीलकुमार साह पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी […]
`४ जेठ, काठमाडौं । नेपाली भूमि आफ्नोमा पारेर जारी गरेको नक्साको सन्दर्भमा परराष्ट्रय मन्त्रालयमार्फत गरिएको वार्ताको प्रस्ताव सात महिना हुँदा पनि भारतले स्वीकारेको छैन । नेपालले गत मंसिर यता पठाएको दुवै ‘कूटनीतिक नोट’लाई उसले बेवास्ता गर्यो । नेपालको भूभाग अतिक्रमण गरेर बनाइएको मानसरोवर जाने सडकको उद्घाटनपछि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर सोमबार अर्को ‘कूटनीतिक नोट’ […]
४ जेठ, रौतहट । रौतहट आइतबार संक्रमण पुष्टि भएका १० जना कोरोना संक्रमितको जिल्लामै उपचार हुने भएको छ । यसअघि जिल्लामा आइसोलेसन कक्ष नहुँदा वीरगञ्ज पठाइएकामा आइतबार पुष्टि भएका १० संक्रमितलाई जिल्लाकै गौर नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गर्न लागिएको हो । ४० शय्याको आइसोलेसन तयार भएको र त्यहाँ जिल्ला अस्पताल गौरका चिकित्सकले […]
४ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ हजार दुई सय ९२ जनामा कोरोना परीक्षण गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको सूचना अनुसार हालसम्म पिसीआर बिधिबाट तीन हजार सात सय ९७ जना र १८ हजार सात सय ५४ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ । प्रदेशका नौ […]
४ जेठ, कैलाली । घोडाघाडी नगरपालिका ३ कि खिमादेवी साउदलाई उनका श्रीमान्ले फोन नगरेको एक महिना बित्यो । खिमाले फोन गर्दा पनि लाग्दैन । आइतबार घोडाघोडी नगरपालिका ३ को कार्यालयमा भेटिएकी साउदले धन कमाउन गएका श्रीमान बेपत्ता भएपछि घरमा समस्या परेको गुनासो सुनाइन् । ‘एक बर्ष पहिले भारत गएका श्रीमान्सँग एक महिनदेखि फोनमा कुरा भएको […]
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश […]
४ जेठ, काठमाडौं । नेपालका शैक्षिक संस्थाको परीक्षा प्रणाली परिवर्तन आवश्यक भए पनि तत्कालै सम्भव नहुने सरोकारवालाहरुले बताएका छन् । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपालको आयोजनामा भएको अनलाइन अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले परीक्षा संवेदनशील विषय भएकोले गम्भीर रुपमा बहस गर्नु पर्नेमा जोड दिएका हुन् । अन्तरक्रियामा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले विकसित मुलुकमा आवश्यक […]
४ जेठ, काठमाडौं । काठमाडौंको न्युरोडमा आइतबार दिउँसो आगलागी भएको छ । न्युरोडको प्युखास्थिति एक पाँच तले घरमा आगलागी भएको हो । आगो लागेर विभिन्न पसलका सामान जलेका छन् । घरबाहिर बिजुलीको तार सर्ट भएर सुरु भएको आगलागीले घरको भुइँतलामा रहेको जुत्ता र झोला पसल, दोस्रो तलामा रहेको खेलकुद सामग्री पसल र त्यसमाथिका तलामा रहेका […]
४ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो । काठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए […]
४ जेठ, वीरगञ्ज । वीरगञ्जमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भोजन तथा खाजा खुवाउने जिम्मा एक सामाजिक संस्थाले लिएको छ । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरुले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्ने जिम्मा सामाजिक संस्था सानो पाइलाले लिएको हो । संक्रमित बिरामीले पोषणयुक्त भोजन नपाएको गुनासो गर्दै अस्पतालमा उपचाररत एक जना संक्रमित पत्रकारले चाउचाउ खाएर […]
४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा किरियापुत्री भवन र विद्युतीय शवदाह गृह बन्द भएको छ । कोरोनाबाट पहिलो संक्रमित सिन्धुपाल्चोककी महिलाको शनिबार राति विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो । त्यसपछि मेसिनलाई पूर्ण स्यानिटाइज गर्ने क्रममा प्राविधिक समस्या आएका कारण विद्युतीय शवदाह गृह बन्द भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक […]
४ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले निजी क्षेत्रमार्फत प्राप्त एक करोड ११ लाख, ११ हजार एक सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् । मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक […]
४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा […]
from समाचार – Online Khabar https://ift.tt/3dUw6ru
via IFTTT






















