Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै […]

म्याग्दीमा एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

४ जेठ, पोखरा । मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् । मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । एम्बुलेन्स चालक […]

भारतीय सेनाध्यक्षलाई नेकपा प्रवक्ताको जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न

४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् । साथै नेपाललाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको पक्षमा उभिन कसैको आडभरोसा नचाहिने बताएका छन् । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि नेपालले विरोध गरेको छ […]

कैलालीको सेती अस्पतालमा ४ जना भर्ना, कोरोना परीक्षण हुँदै

४ जेठ कैलाली । कैलालीमा कोरोना संक्रमणको आशंकामा ४ जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना हुनेमा कैलालीको कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको कोरोना परीक्षणका लागि […]

कोरोना संक्रमितलाई मुख्यमन्त्रीको आग्रह : आत्मविश्वास मजबुत बनाउनू

४ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी नियमित मिडिया ब्रिफिङमा आइतबार मुख्यमन्त्री राउतले कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले संक्रमित सबैलाई आत्मविश्वास मजबुत बनाउन आग्रह गरे । ‘कोरोना संक्रमित भई […]

ललितपुर महानगरका सबै जनप्रतिनिधिको स्वाब संकलन

४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरुको पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ ।महानगरपालिकाले आइतबार २९ वटै वडाका १४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो । कोरोना भाइरस संक्रमणको शंकास्पद व्यक्तिहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न […]

अस्पतालहरुले आफैं आरडीटी परीक्षण गर्न पाउने

४ जेठ, काठमाडौं । अब अस्पतालहरुले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसका लागि कार्यविधि बनेको छ र अस्पतालहरुले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ । साथै यो अस्पताल प्रयोजनका लागि मात्र अनुमति लिइएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । […]

सार्वजनिक खरिदका सबै प्रक्रिया स्थगित गर्न निर्माण व्यवसायीको माग

जेठ ४, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरसको महामारीसँगै मुलुकमा जारी लक डाउनको अवधिमा समेत बोलपत्रका खरिद प्रक्रियाहरु यथावत् रहेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरोकारवाला निकाय समक्ष पटक-पटक ताकेता गर्दा समेत त्यसको विपरित अति आवश्यक र कोभिड १९ सँग सम्बन्धित बाहेकका केही खरिद प्रक्रियाहरु संघीय सरकार, प्रदेश सरकार र […]

कन्टेनरमा लुकेर आएका भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो

४ जेठ, काभ्रे । कन्टेनर भ्यानमा आज बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार […]

सर्वेन्द्र खनाल र महेश बस्नेतलाई ‘क्लीन चिट’ !

४ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरको किटानी जाहेरीमा सत्तारुद्ध नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई सरकारले ‘क्लीन चिट’ दिने तयारी थालेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले पूर्वप्रहरी प्रमुख खनालविरुद्ध उजुरी लिन नमानेपछि जिल्ला सरकारी वकिलको […]

सुनकोशीले बगाएर २ जना बेपत्ता

४ जेठ, सिन्धुली । सुनकोशी नदीले बगाउँदा सिन्धुलीमा दुईजना बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् । आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४, कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पौडी […]

९६ जना कोरोना संक्रमित वीरगञ्जमा उपचाररत

४ जेठ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा ९६ जना कोरोना संक्रमित अहिले उपचाररत छन् । उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पताल र सिद्धार्थ माविको आइसोलेसनमा राखिएको छ । नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा ७१ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ६३ जना पुरुष र ८ जना महिला छन् । यस्तै सिद्धार्थ […]

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार नाघ्यो

४ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ । रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ […]

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पताल भर्ना

४ जेठ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् । पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा सामान्य छ […]

आफ्नै खर्चमा फर्किन चाहने र बेखर्ची नेपालीको उद्धारबारे योजना बनाउन निर्देशन

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशबाट आफ्नै खर्चमा स्वदेश र्फकन चाहने नेपाली र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण संकलन गरी सोहीअनुसारको उद्धार कार्ययोजना बनाउन निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले अलपत्र परेका नेपालीको उद्धारमा भने कोरोना संक्रमण रोकथाम प्रयोजनका लागि स्थापित कोषको उपयोग गर्न आग्रह गरेको छ । उद्धारमा […]

गोरखामा फेरि भेटियो मृत चितुवा

४ जेठ, गोरखा । पालुङटार नगरपालिका-९ घडेरी खोला नजिकै आइतबार बिहान घाइते अवस्थामा भेटिएको वयस्क पोथी चितुवा मरेको छ । गाउँ नजिकै मान्छे नबस्ने घरभित्र चिुतवा लडिरहेको देखेपछि स्थानीयले डिभिजिन वन कार्यालयलाई खवर गरेका थिए । उद्धारका लागि कार्यालयको टोली उक्त ठाउँमा नपुग्दै चितुवा मरेको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए । ‘स्थानीयले खबर गर्दासम्म […]

संसदीय समितिको निर्देशन : भारतीय सेनाध्यक्षको भनाइ खण्डन गर

४ जेठ, काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिएको हो । […]

कोरोना फैलियो भने संसद नै क्वारेन्टिनमा जानुपर्ने हुन्छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नाममा सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनहीन भएको आरोप लगाएका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायत सावधानी अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उनले आपत्ती जनाए । प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक […]

महाराष्ट्रमा मे ३१ सम्म लम्बियो लकडाउन

४ जेठ, काठमाडौं । भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो । भारतको केन्द्र सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि आज सकिँदैछ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी रहने […]

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् । जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा […]

कसरी बाँडिदैछ उद्योग-व्यवसाय सञ्चालनको लागि सवारी पास ?

४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सवारी पास वितरण सुरु भएको छ । वाणिज्य र  व्यापारका लागि बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग धन्दा सञ्चालनका लागि उद्योग विभाग त्रिपुरेश्वरबाट पास जारी हुनेछ । सवारी पास जारी गर्ने सम्बन्धि निर्देशिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबाट […]



from समाचार – Online Khabar https://ift.tt/2ABHwC0
via IFTTT
Powered by Blogger.