Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुप्तचरलाई ‘कल–ट्यापिङ’ गर्न दिने विधेयक राष्ट्रिय सभाबाट पारित

७ जेठ, काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ (इन्टरसेप्सन)को अधिकार दिने गरी कानुन बनाउन राष्ट्रिय सभाले स्वीकृति दिएको छ । व्यक्तिको समेत टेलिफोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने व्यवस्था गरिएको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सभाले बुधबार बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाबाट पारित यो विधेयक […]

जब अस्पतालले जिउँदो मान्छेलाई मृत भन्यो !

७ जेठ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भए । उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए । […]

ट्रक भाडामा लिएर सरकारले नै गाउँको तरकारी ल्याउनुपर्छ : बिडारी

७ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् । ‘ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे […]

स्वास्थ्य सेवा विभाग र मन्त्रालयका कर्मचारीको कोरोना परीक्षण गरिने

७ जेठ, काठमाडौं । कन्ट्याक ट्रेसिङमा गएका इपिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागले कोभिड–१९ नियन्त्रणको नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोभिड–१९ जाँच गर्ने भएको छ। स्वास्थ्य सेवा विभागको निर्देशक महेन्द्र श्रेष्ठका अनुसार ती कर्मचारीलाई क्वारेण्टाइनमा राखिनेछ। काममा खटिएका कर्मचारीलाई राख्नका लागि होटलको खोजी गरिरहेको समेत उनले बताए। […]

१५ लाख संक्रमित पहिचान गर्न सक्नु गर्वको कुरा हो– ट्रम्प

७ जेठ, काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ लाख काेराेना भाइरस संक्रमित पुष्टि हुने गरी परीक्षण गर्न सक्नु अमेरिकाको लागि गर्वको कुरा रहेको बताएका छन् । ह्वाइट हाउसमा उनले यति धेरै संक्रमितको पहिचान गर्न सक्नुलाई आफूले सकारात्मक रुपमा लिनुपर्ने बताए । उनले यति धेरै संक्रमित पुष्टि गर्नुले अमेरिकाको परीक्षणको टेस्टिङ प्रोटोकल निकै राम्रो रहेको […]

‘एक्कासी बिरामी बढ्दा आइसोलेसनमा मापदण्ड पूरा गर्न सकेनौं’

७ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एक संक्रमितले आफू अस्पतालको आइसोलेसनमा एक साताभन्दा बढी बस्दा पनि ज्वरो, खोकी, शरीर दुःख्ने जस्तो लक्षण नरहेको बताएका छन् । आफ्नै टोलमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आउँदा उनले स्वाब दिएका थिए । उनको पहिलो रिपोर्ट नेगेटिभ आयो । त्यसको केही दिनपछि फेरि स्वाब दिए । दोस्रो रिपोर्ट […]

नक्कली प्रेस कार्ड भिरेर चिकित्सकको घरमा चोरी !

७ जेठ, काठमाडौं । नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि […]

२५ आइसोलेसन बेडमा ५९ जना कोरोना संक्रमित

७ जेठ, नेपालगञ्ज । बाँके नरैनापुरका ५९ जना कोरोना संक्रमितलाई ३६ घण्टापछि मंगलबार राति नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसनमा ल्याइएको छ । उनीहरुलाई नेपाली सेना र एक गैरसरकारी संस्थाको एम्बुलेन्सले मंगलबार राति अबेर नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा ल्याइएको हो । तर ५९ जना संक्रमित र एकजना सात महिने शिशुसहित ६० जनालाई २५ वटा बेडमा […]

२० प्रतिशत नाफा लिएर आरडीटी जाँच गर्न सरकारको अनुमति

७ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्। परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ। निजी अस्पतालले […]

३० वैशाखमा काठमाडौं आएका थिए रामेछापका कोरोना संक्रमित

७ जेठ, काठमाडौं । रामेछापका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ । खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ […]

काठमाडौंमा छिन् नवलपरासीकी भनिएकी संक्रमित

७ जेठ, नवलपरासी । मंगलबार कोरोना संक्रमण पुष्टि भएको नवलपरासीकी भनिएकी महिलाको रुपन्देहीको भएको खुलेको छ । रुपन्देहीको कोटिहवा घर भएकी उनको माइती भने नवलपरासीको देवचुली नगरपालिका–२ मा हो । गत वैशाख १९ गते उनी श्रीमानसँग माइती आएकी थिइन् । वैशाख २९ गते काठमाडौं गएकी उनलाई मंगलबार कोरोना पुष्टि भएको हो । १० दिन माइत […]

जनकपुरधाममा धर्मशालालाई बनाइयो क्वारेन्टाइन

७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय गोपाल धर्मशालालाई क्वारेन्टाइन बनाएको छ । धर्मशालाभित्र ५० बेडको क्वारेन्टाइन बनाइएको हो । धर्मशाला तथा परिसरलाई सेनिटाइज गरी प्रत्येक कोठालाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वेडको व्यवस्थापन गरिएको मेयर लालकिशोर साहले बताए । मेयर साहका अनुसारअनुसार प्रत्येक वेडमा तातो पानीका लागि हिटरसहितको जग, टुथपेस्ट, ब्रस, झुल, तन्ना, लामखुट्टे […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द गर्ने निर्णयको विरोध

७ जेठ, दाङ । ओपीडी सेवा बन्द गरेर कोरोना संक्रमितको मात्रै उपचार गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन भन्दै प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिदिएपछि दाङबासी रुष्ट बनेका हुन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन […]

दशगजामा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हट्यो

७ जेठ, काठमाडौं । पर्साको ठोरीका वासिन्दाको विरोध र अवरोधपछि सीमा नाका दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटेको छ । ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए । भारतको वन विभागको टोलीले […]

वैंशालु मौसम र बकुल्लाको स्वच्छन्द मधुमास

वसन्त ऋतुको यो मोहक मौसम । अरुबेला जस्तो काठमाडौंको आकास धुलो र धुँवाका कणहरुले उकुसमुकुस हुँदो हो त यहाँ विचरण गर्ने चराचुरुङ्गीको यौवना यसरी फक्रने थिएन होला । तर, ३० लाख हाराहारी जनसंख्यालाई थेगेको यो शहर अहिले आफ्नै लयमा सुस्ताउन पाएको छ । यहाँको माटो अन्नबाली र रंगबिरंगी फूलहरुले हराभरा छ । खोलानाला गतिशील छ […]

निरीक्षणका लागि छाउनी जाँदैछन् प्रधानमन्त्री

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदैछन् । छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैछन् । कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि […]

कोरोना संक्रमितको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

क्षमायाचनासहित भूल सुधार-  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेले  बताएका आधारमा हामीले प्रकाशित गरेका थियाैं । तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट […]

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली […]

कपिलवस्तु र रुपन्देहीमा थपिए १३ जना कोरोना संक्रमित

७ जेठ, काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै […]

आगामी बजेट : सानो सुधार, ठूलो प्रभाव

विषय प्रवेश: कोरोना (कोभिड-१९)को विश्वव्यापी संक्रमणले विश्वअर्थतन्त्रमा निम्त्याएको गम्भीर आर्थिक संकटका कारण नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ । निरन्तरको लकडाउनले सम्पूर्ण आर्थिक तथा शैक्षिक क्षेत्र ठप्प हुनुका साथै विकास निर्माणका कामहरू अवरुद्ध छन्। यसले गर्दा एकातिर देशभित्र आर्थिक वृद्धि र राजस्वमा संकुचन आएको छ भने अर्कोतिर विश्वव्यापी मन्दीका कारण वैदेशिक सहायता एवं विप्रेषण आयमा […]

संक्रमित चिकित्सक रिपोर्ट आउने अघिल्लो दिन स्वास्थ्य मन्त्रालयको बैठकमा

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका […]



from समाचार – Online Khabar https://ift.tt/2To0J0o
via IFTTT
Powered by Blogger.