समाचार
७ जेठ, काठमाडौं । नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय आश्रय रिमाल हिमाल, हम्मे भन्ने हिमाल रमाइली र बाराका २८ वर्षीय अलि आलम मिया छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनका बेला राति तथा दिनको समयमा चोरीमा संलग्न पाइएपछि […]
७ जेठ, काठमाडौं । सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ। तर, उक्त निर्देशिकामा कति शुल्क लिन पाउने भन्ने उल्लेख गरेको छैन्। परीक्षणको लागि काठमाडौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ। निजी अस्पतालले […]
७ जेठ, काठमाडौं । रामेछापका कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्ति हाल काठमाडौंमा रहेको पाइएको छ । खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए र, कोरोना परीक्षण गर्न थ्रोट स्वाब दिएका थिए । उनको रिपोर्ट पोजेटिभ आएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माकाअनुसार अहिले संक्रमितको घर भएको क्षेत्रलाई सिल गरिएको छ […]
७ जेठ, नवलपरासी । मंगलबार कोरोना संक्रमण पुष्टि भएको नवलपरासीकी भनिएकी महिलाको रुपन्देहीको भएको खुलेको छ । रुपन्देहीको कोटिहवा घर भएकी उनको माइती भने नवलपरासीको देवचुली नगरपालिका–२ मा हो । गत वैशाख १९ गते उनी श्रीमानसँग माइती आएकी थिइन् । वैशाख २९ गते काठमाडौं गएकी उनलाई मंगलबार कोरोना पुष्टि भएको हो । १० दिन माइत […]
७ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय गोपाल धर्मशालालाई क्वारेन्टाइन बनाएको छ । धर्मशालाभित्र ५० बेडको क्वारेन्टाइन बनाइएको हो । धर्मशाला तथा परिसरलाई सेनिटाइज गरी प्रत्येक कोठालाई विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार वेडको व्यवस्थापन गरिएको मेयर लालकिशोर साहले बताए । मेयर साहका अनुसारअनुसार प्रत्येक वेडमा तातो पानीका लागि हिटरसहितको जग, टुथपेस्ट, ब्रस, झुल, तन्ना, लामखुट्टे […]
७ जेठ, दाङ । ओपीडी सेवा बन्द गरेर कोरोना संक्रमितको मात्रै उपचार गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन भन्दै प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिदिएपछि दाङबासी रुष्ट बनेका हुन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन […]
७ जेठ, काठमाडौं । पर्साको ठोरीका वासिन्दाको विरोध र अवरोधपछि सीमा नाका दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटेको छ । ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए । भारतको वन विभागको टोलीले […]
वसन्त ऋतुको यो मोहक मौसम । अरुबेला जस्तो काठमाडौंको आकास धुलो र धुँवाका कणहरुले उकुसमुकुस हुँदो हो त यहाँ विचरण गर्ने चराचुरुङ्गीको यौवना यसरी फक्रने थिएन होला । तर, ३० लाख हाराहारी जनसंख्यालाई थेगेको यो शहर अहिले आफ्नै लयमा सुस्ताउन पाएको छ । यहाँको माटो अन्नबाली र रंगबिरंगी फूलहरुले हराभरा छ । खोलानाला गतिशील छ […]
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदैछन् । छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैछन् । कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि […]
७ जेठ, बुटवल । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका-६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार […]
७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली […]
७ जेठ, काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै […]
विषय प्रवेश: कोरोना (कोभिड-१९)को विश्वव्यापी संक्रमणले विश्वअर्थतन्त्रमा निम्त्याएको गम्भीर आर्थिक संकटका कारण नेपालको अर्थतन्त्र समेत प्रभावित भएको छ । निरन्तरको लकडाउनले सम्पूर्ण आर्थिक तथा शैक्षिक क्षेत्र ठप्प हुनुका साथै विकास निर्माणका कामहरू अवरुद्ध छन्। यसले गर्दा एकातिर देशभित्र आर्थिक वृद्धि र राजस्वमा संकुचन आएको छ भने अर्कोतिर विश्वव्यापी मन्दीका कारण वैदेशिक सहायता एवं विप्रेषण आयमा […]
७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका […]
७ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]
७ जेठ, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ । सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । मानिसहरु आ-आफ्नो घरभित्रै छन् । बाहिरका मानिसहरुलाई पनि सो क्षेत्रमा आउन रोक लगाइएको छ । मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना […]
७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । बुधबार बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन […]
७ जेठ, झापा । जिल्लाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना संक्रमित भएसँगै ५ वडा मंगलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, […]
७ जेठ, काठमाडौं । काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ । डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णेश्वर नगरपालिकाले हालै बाहिरी जिल्लाबाट आएका मानिसको खोजी गर्दा उनलाई भेटेर परीक्षण गर्न पठाएको थियो […]
७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अनलाइनखबरलाई बताएअनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग […]
७ जेठ, घोराही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान भनेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा अन्य वार्डमा रहेका बिरामीहरुको व्यवस्थापन […]
from समाचार – Online Khabar https://ift.tt/3cPjlxZ
via IFTTT



















