समाचार
१० साउन, काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ । उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता […]
१० साउन, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशका […]
१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । ‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन […]
१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ । एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले […]
१० साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले […]
१० साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए । […]
१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले अनलाइनखबरलाई बताए । उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको […]
१० साउन, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन शुरु गरेको छ । नगरपाालिकाले गत आइतबारदेखि भौतिक कक्षा सञ्चालन शुरु गरेको जनाएको छ । नगरपालिकाभित्र ४४ सामुदायीक, ७ संस्थागत गरी ५१ विद्यालय रहेको नगरपालिाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले बताए । विद्यार्थीहरु अनलाईनको पहुँचमा नभएकोले गत वर्ष नगरपालिकाले रेडियोबाट पठनपाठन गरेको थियो । […]
१० साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल […]
१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् । पछिल्लो […]
१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै […]
१० साउन, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा […]
१० साउन, झापा । कोरोना संक्रमण दर बढेको भन्दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका क्षेत्रभित्र कोरोना […]
१० साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए । त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् […]
१० साउन काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पौडेल समूहको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा जारी छ । बैठकमा सरकार सञ्चालन, पार्टीको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल भइरहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत […]
१० साउन, चितवन । जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी छ । कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ । ज्ञान […]
१० साउन, बुटवल । तिलोत्तमा नगरपालिकामा फोहोरमैला व्यवस्थापनको लागि हरित पुनःउत्थान प्रवर्द्धन परियोजना (पिजीआरपी) शुरु भएको छ । तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र जनसहभागीता वास स्वास्थ्य सहकारी संस्थाको आर्थिक साझेदारीमा परियोजना शुरु भएको हो । परियोजनाले फोहोरमैला व्यवस्थापनमा ४० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । परियोजना अन्तर्गत् बायोग्याँस […]
१० साउन, काठमाडौं । किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने भएको छ । प्रतिकित्ता १२५ रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले संस्थापक साधारण सेयर अनुपात कायम गर्न १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्न लागेको जनाएको छ । संस्थाले प्रतिसेयर […]
१० साउन, काठमाडौं । यातायात व्यवसायीले विभिन्न माग राख्दै सरकारलाई चाबी बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएको छ । आफूहरुको माग पूरा […]
१० साउन, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरे । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको […]
१० साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ । यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि प्रमाणीकरण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका […]
from समाचार – Online Khabar https://ift.tt/2UCCPlT
via IFTTT






















