Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एमाले सांसदहरुले भने : कार्यदलका नेताहरुलाई साथ दिन तयार छौं

१० साउन, काठमाडौं । नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन् । सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष्ँकासांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए । ‘दश बुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी […]

गृहमा केन्द्रीय सुरक्षा समिति बैठक

१० साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारमा भएको बैठकमा आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल भएको छ । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, […]

अमेरिकालाई अर्को मुलुकलाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने हामी सिकाउँछौं : चीन

१० साउन, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन् । आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् । यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध […]

निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको सेनाबीच बाहिर असमझदारी, भित्र मिलेर पार्टी

१० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका बीच असझदारी जस्तो देखिन्छ । निकुञ्ज प्रशासनले गर्ने हरेक काममा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको नेतृत्वले हस्तक्षेप र हिस्सेदारी खोजेको निकुञ्ज प्रशासनले आरोप लगाउने गरेको छ । आइतबार अनलाइनखबरसँग कुरा गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज प्रशासन […]

बैंक कर्मचारीको सामाजिक सुरक्षा कोषसम्बन्धी रिटमा न्यायाधीशको राय बाझियो

१० साउन, काठमाडौं । बैंक कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्य पारिएको भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले फरक फरक राय दिएपछि अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ । न्यायाधीश केसीले बैंक कर्मचारी अनिवार्य रुपमा आवद्ध हुनुपर्ने […]

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना

डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा युवक पक्राउ

१० साउन, काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ । उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता […]

सशस्त्र प्रहरी डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वोच्चको अन्तरकालीन आदेश

१० साउन, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशका […]

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा एक जना पक्राउ

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । ‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन […]

एन्फा प्रवक्ताले भने : प्रशिक्षकको राजीनामा आएको छैन

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ । एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले […]

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति बुढानीलकण्ठबाट पक्राउ

१० साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले […]

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका […]

सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

१० साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । साताको पहिलो कारोबार दिन ५४.३१ अंकले बढेको बजारमा परिसूचक ३ हजार ५८.६३ अंकमा पुगेको हो । यस अघि नेप्से परिसूचक ३ हजार ३२ अंकसम्म पुगेको थियो । नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेललाल रौनियारले बताए । […]

धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्

१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले अनलाइनखबरलाई बताए । उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । ‘जाँचका लागि शव उठाइसकेका छौं’ खड्काले भने, ‘जिल्लामै पोष्टमार्टम गर्ने कि अन्यत्र लैजाने टुंगो लागेको […]

काभ्रेको मण्डनदेउपुरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

१० साउन, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन शुरु गरेको छ । नगरपाालिकाले गत आइतबारदेखि भौतिक कक्षा सञ्चालन शुरु गरेको जनाएको छ । नगरपालिकाभित्र ४४ सामुदायीक, ७ संस्थागत गरी ५१ विद्यालय रहेको नगरपालिाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले बताए । विद्यार्थीहरु अनलाईनको पहुँचमा नभएकोले गत वर्ष नगरपालिकाले रेडियोबाट पठनपाठन गरेको थियो । […]

लुम्बिनी प्रादेशिक अस्पतालमा १८ घण्टाभित्र पाँच जना कोरोना संक्रमितको मृत्यु

१० साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको १८ घण्टाको अवधिमा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला, बुटवल […]

पंकजको स्पष्टीकरण : म दोषी देखिए राजीनामा दिन तयार छु

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् । पछिल्लो […]

देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै […]

१३ औं साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

१० साउन, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा […]

दमक नगरपालिकामा भोलिदेखि एकसाता निषेधाज्ञा, घरबाहिर निस्किन रोक

१० साउन, झापा । कोरोना संक्रमण दर बढेको भन्‍दै दमक नगरपालिकाले एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका क्षेत्रभित्र कोरोना […]

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल भयो : शेखर कोइराला

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए । त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् […]



from समाचार – Online Khabar https://ift.tt/2UKVqw2
via IFTTT
Powered by Blogger.