समाचार
१० साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम समेत सँगसँगै लैजान बताएका छन् । कोभिड महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमति भने हुनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने भन्दै उनले सबै रचनात्मक सुझाव आत्मसाथ गरी अगाडि बढ्ने बताए । […]
१० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ । बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले […]
‘टाइम क्या हुआ है ?’ दिल्लीको नेशनल स्कूल अफ ड्रामा (एनएसडी)मा छँदा इरफान खान, सुनिल पोखरेल सहितका सहपाठी चिया पिउन राति होस्टलबाट निस्किएका थिए । एक बटुवाले सोध्यो । कसैसँग घडी थिएन । त्यसबखत इन्दिरा गान्धीको हत्या भएको र सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तब, इरफानले तात्तातो जवाफ फर्काए, ‘टाइम बहुत खराब है भाइसाहब, […]
१० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेंगा मगर सम्पर्कमा नभएको उनको पार्टी जनता समाजवादी पार्टीले बताएको छ । केही दिनदेखि जनता समाजवादी पार्टीका सांसद कपिलवस्तुको तौलिहवास्थित एक होटलमा बस्दै आएका थिए । तर उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीको सम्पर्कमा नरहेको संसदीय दलका नेता सहसराम यादवले बताए । गत असार ३१ […]
१० साउन, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरबाट हराएका एक बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको छ । जलेश्वर नगरपालिका-४ सुँगा बस्ने लक्ष्मी महतोका ४ वर्षीय छोरा आयुष घरदेखि ५ सय मिटर पूर्वरहेको पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आइतबार साँझ ५ बजेदेखि हराएका बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि उपचारका लागि जलेश्वर अस्पताल […]
१० साउन, महेन्द्रनगर । तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय माग्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । निर्मलाका बुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्तले आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले तीन वर्षसम्म […]
१० साउन, सप्तरी । कोरोना संक्रमण नियन्त्रणका लागि सप्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरियो । निषेधाज्ञाको अवधि लम्बिँदै जाँदा दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका परिवारलाई समस्या पर्न थाल्यो । सदरमुकाम राजविराज नगरपालिका–६ स्थित मुसहर बस्तीका व्यक्तिलाई भोकले समस्या पार्न थाल्यो । यो खबर पाएपछि अभियन्ता सुनिता साहले एक छाक राहत वितरण अभियान […]
१० साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रीहरुसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् । यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो । शपथ समारोह राष्ट्रपति […]
१० साउन, काठमाडौं । नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन् । सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष्ँकासांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए । ‘दश बुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी […]
१० साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । सिंहदरबारमा भएको बैठकमा आन्तरिक सुरक्षा चुनौतिका विभिन्न विषयमाथि छलफल भएको छ । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, […]
१० साउन, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले कुनै पनि मुलुक अर्को मुलुकभन्दा श्रेष्ठ नरहेको र चीनले यस्तो सोच्ने कुनै पनि मुलुकलाई स्वीकार नगर्ने बताएका छन् । आइतबारदेखि अमेरिकी उप विदेशमन्त्री वेन्डी शेर्मनको चीन भ्रमण हुनुपूर्व शनिबार चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् । यसअघि नै चीनले पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससमेत धेरै अमेरिकी नागरिकमाथि प्रतिबन्ध […]
१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको […]
१० साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन […]
१० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खडक दल गणका बीच असझदारी जस्तो देखिन्छ । निकुञ्ज प्रशासनले गर्ने हरेक काममा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको नेतृत्वले हस्तक्षेप र हिस्सेदारी खोजेको निकुञ्ज प्रशासनले आरोप लगाउने गरेको छ । आइतबार अनलाइनखबरसँग कुरा गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज प्रशासन […]
१० साउन, काठमाडौं । बैंक कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्य पारिएको भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले फरक फरक राय दिएपछि अब यो रिटको सुनुवाई ३ न्यायाधीशको इजलासमा हुने भएको छ । न्यायाधीश केसीले बैंक कर्मचारी अनिवार्य रुपमा आवद्ध हुनुपर्ने […]
१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना
१० साउन, काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ । उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता […]
१० साउन, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशका […]
१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । ‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौं, झापामा लोकेशन देखिएपछि पक्राउ गरेर पठाउन […]
१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आधिकारिक राजीनामा नआएको जनाएको छ । एन्फा प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकको राजीनामा एन्फाभित्रको राजनीतिका कारण नभएको भन्दै अलमुताइरीको घोषणाबारेमा जानकारी लिने बताए । उनले प्रशिक्षकको राजीनामा घोषणा सामान्य असझदारीका कारण भएको हुन सक्ने बताए । अल्मुताइरीले […]
१० साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले […]
from समाचार – Online Khabar https://ift.tt/3kRYAIS
via IFTTT






















