Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना रोक्न प्रदेश १ ले ल्यायो ‘थ्री टी’ को अवधारणा

२६ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारण अघि सारेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताएका हुन् । प्रदेश १ मा ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, […]

भारतले मानसरोवर जाने बाटो खोलेकोमा कमल थापाको विरोध

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा/लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् । भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा […]

पुल टेष्टिङबाट कोरोना परीक्षण गर्ने निर्णय

२६ वैशाख, काठमाडौं । सरकारले पुल टेष्टिङबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरुको पुल टेष्टिङ गर्ने निर्णय भएको छ । ‘यसो गर्दा थोरै रिएजेन्टले धेरै संख्यामा परीक्षण गर्न सकिन्छ’ उनले भने । के हो पुल टेष्टिङ ? […]

दुबईमै पतिको शव जल्यो, नेपालमा किरियाघर नपाउँदा पत्नीको मन जल्यो !

२६ वैशाख, पोखरा । घरिघरि टोलाइरहन्छिन्, मीना सुनार । आफैंसँग झस्किन्छिन् । घरि भक्कानो छोडेर रुन्छिन् त घरि सुँक्क सुँक्क गर्दै घर भित्र–बाहिर गरिरहन्छिन् । आफ्नै घर बिरानोजस्तो लागेको छ । छोरा आइपुग्छन् र थम्थम्याउँछन् । कालीखोला सुसाएझैं मीनाको मन यसै सुसाइरहेको होइन । एकातिर श्रीमान बित्दाको चोट छ, अर्कोतर्फ समाजले गरेको विभेद । मीनालाई […]

लकडाउनमा बजार अनुगमन : पर्वत उत्कृष्ट, म्याग्दीको डामाडोल !

२६ वैशाख, पोखरा । उपभोक्त मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको […]

सेभ द चिल्ड्रेनले बुझायो प्रदेश २ सरकारलाई २६३ थान पीपीई

२६ वैशाख, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्व लड्न प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रदान गरिएको छ । शुक्रबार सेभ द चिल्ड्रेनले पीपीई प्रदेश सरकारलाई बुझाएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री प्रदान गरेको सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डा. अजयकान्त झाले बताए […]

बैंकर्स संघको सुझाव– कृषि मन्त्रीको संयोजकत्वमा छुट्टै समिति बनाऔं

२६ वैशाख, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स संघले कृषि क्षेत्रमा प्रभावकारी लगानीका लागि छुट्टै कमिटी बनाउन प्रस्ताव गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्र जोगाउने कृषि क्षेत्र नै भएको भन्दै यसमा गरिने लगानी  प्रभावकारी बनाउन छुट्टै कमिटी बनाउनु पर्ने प्रस्ताव संघले गरेको हो । […]

आयुर्वेदिक औषधि र पुष्पगुच्छा बोकेर बिदा भए निको भएका संक्रमित

२६ वैशाख, विराटनगर । कोशी अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा विराटनगर महानगरपालिका १७ का ६० वर्षका इजराइल मियाँ हर्षित देखिन्थे । कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका उनी आफूलाई सुरुदेखि नै डर नलागेको बताउँछन् । ‘यहाँ आउँदा डराएको थिइन । अहिले डिस्चार्ज हुँदैछु । कोरोना लाग्यो भनेर यहाँ बसे तर मलाई लक्षण देखिएन’ उनले भने । […]

दुई पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित

२६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई जना पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । २०६४ सालको संविधानसभा सदस्यद्धय विश्वनाथ अग्रवाल र शिवनारायण उरावको निधनप्रति दुख व्यक्त गर्दै शुक्रबार बसेको दुबै सभाको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । अग्रवालको ७५ बर्षको उमेरमा फागुन ३० गते ललितपुरस्थित आफ्नै निवासमा निधन भएको थियो […]

विद्यालयको नतिजा वडा कार्यालयले प्रकाशन गरिदिने

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा सामुदायिक विद्यालयको परीक्षाफल वडा कार्यालयले नै प्रकाशन गरिदिने भएको छ । आइतबार वडा कार्यालयबाटै सबै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिरहेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । ‘लकडाउन थपिँदै जाँदा विद्यार्थी, विद्या र शिक्षक सबैलाई मानसिक तनाव भएको छ । यस्तो बेला एकीकृत […]

३६ दिनपछि निको भएर फर्किइन् सुदूरपश्चिमकी संक्रमित महिला

२६ वैशाख, कैलाली । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया  महिलालाई शुक्रबार अस्पतालले घर पठाएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो । दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण […]

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । […]

आइतबारदेखि बैङ्कका सबै शाखा खुला हुन्छन् : अध्यक्ष दाहाल

२६ वैशाख, काठमाडौं । आइतबारदेखि बैङ्कका सबै शाखा कार्यालयहरू खुला हुने भएका छन्। सरकारले लकडाउनकै बीच  उद्योगहरू खुला गर्ने भएपछि बैङ्कहरूले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् । यस अघि बैङ्कहरूले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन वानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्कोदिन अर्कै ठाउँको शाखा कार्यालय […]

तीन दिनभित्र ४ हजार पीसीआर परीक्षण गरिने

२६ वैशाख, काठमाडौं । सरकारले २८ वैशाखभित्र चार प्रदेशका १२ जिल्लामा ४ हजार ३७० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने लक्ष्य लिएको छ। कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले वैशाख २६, २७ र २८ गते ४ हजार ३७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता […]

धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध गर्ने प्रशासनको निर्णय

२६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र धादिङको शुक्रबार बसेको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागु गर्दै धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णत: निषेध गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान […]

संसदमा बाबुरामको प्रश्न : त्यो भिडियो हेर्दा पनि आँसु आएन ?

२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो गर्न नसकेको बताएका छन् । शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै समाजवादी पार्टीका नेता भट्टराईले अरुले जस्तै नेपालले पनि लकडाउन गर्नु बाध्यता भएको बताए । सरकारले विदेशमा भएका नेपालीहरुलाई नआउन भनेको तर उनीहरु समस्यामा पर्न […]

मंगलबारबाट खुल्ने भयो सेयर बजार

२६ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट सूचारु हुने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको हो । ११ चैतयता कारोबार बन्द भएको थियो । बोर्डका अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुने भएको हो । शेयर बजारमा सर्किट […]

बैतडीमा भारतबाट ६ हजार भित्रिए, एक हजारको मात्रै कोरोना परीक्षण   

२६ वैशाख, बैतडी । आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन् । गएको चैत महिनादेखि अहिलेसम्म विभिन्न नाकाबाट ६ हजार ९१ जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह […]

राजेन्द्र महतोको प्रश्न : दुई कौडीको सरकारसँग के माग्ने ?

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताएका छन् । यस्तो ‘दुई कौडी’ को सरकारसँग केही पनि माग्न नसकिने बताउँदै महतोले देशलाई विकल्प चाहिएको बताए । शुक्रबार संसदलाई सम्वोधन गर्दै महतोले भने, ‘जनता महामारीबाट पीडित छ, यहाँ त अर्कै धन्दा पो भइरहेको छ […]

रौतहटका स्थानीय तहलाई स्वास्थ्य सामग्री

२६ वैशाख, रौतहट । रौतहटका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । १६ वटा नगरपालिका र २ गाँउपालिका गरी १८ वटा स्थानीय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । कोराना संक्रमण रोकथामका लागि पालिका स्तरमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित राख्न पीपीई, मास्क, सेनिटाइजर, थर्मल गन लगायतका स्वास्थ्य […]

सांसद अपहरणको यथार्थ छिट्टै आउँछ : सुवास नेम्वाङ

२६ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने बताएका छन् । शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने बताए । उनले भने, ‘यसमा भएको के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ […]



from समाचार – Online Khabar https://ift.tt/2SMi42J
via IFTTT
Powered by Blogger.