Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विदेशबाट ह्वारह्वारी ल्याउने पक्षमा छैनौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार […]

धनकुटामा ३ स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण

६ जेठ, काठमाडौं । धनकुटामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमित हुनेहरुमा धनकुटा अस्पतालमा कार्यरत तीनजना स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एकजना […]

बाराका संक्रमित पत्रकार भन्छन्– कोरोना जितेरै घर फर्किन्छु

६ जेठ, वीरगञ्ज । कोरोना भाइरसको महामारी फैलिँदै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेहरु नै बढी जोखिममा हुन्छन् । नेपालमा पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जका दुई जना पत्रकारमा वैशाख ३१ गते पहिलो पटक पुष्टि भएको थियो । त्यसयता […]

विश्व बैंकले घोषणा गर्‍यो अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज

६ जेठ, काठमाडौं । विश्व बैंक समूहले कोभिड १९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी) रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा […]

सूचना आयोगको आदेश : कोरोना संक्रमितको ठेगाना स्पष्ट खुलाऊ

६ जेठ, काठमाडौं । सूचना आयोगले कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको स्थान सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमितको स्थायी ठेगानामात्र दिँदा अन्योल भएको भन्दै संक्रमण हुँदाको स्थानसमेत सार्वजनिक गर्न आदेश दिएको हो । ‘…कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण […]

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

६ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए । उनी तिनै डाक्टर हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न […]

नक्सा त छापियो, अब के गर्ने ?

६ जेठ, काठमाडौं । सरकारले नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल-भारतबीच दुई सय वर्ष पहिला भएको सुगौली सन्धिलगायतका तथ्य तथा प्रमाणका आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेको हो । तर, नक्सा सार्वजनिक गर्नु नै सबथोक भने होइन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नक्सा छापेर मात्रै […]

एमसीसी पास गर्ने कि नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर, लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल […]

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]

राहतमा जनप्रतिनिधि र हुनेखानेको निर्लज्जता

६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्‍यो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी […]

विदेशबाट फर्काइने नेपाली राखिने क्वारेन्टाइनमा खाद्यन्नको जिम्मा खाद्य व्यवस्था कम्पनीलाई

६ वैशाख, काठमाडौं । विदेशबाट फर्काएर क्वारेन्टाइनमा राखिने नेपालीका लागि आवश्यक खाद्यान्नको प्रवन्ध खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत गरिने भएको छ । क्वारेन्टाइनमा राख्नु पर्ने हजारौं नेपालीका लागि आवश्यक पर्ने सबै खाले खाद्यान्नको उचित प्रवन्ध गर्न तयारी थालिएको कम्पनी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ‘कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति तथा मन्त्रिपरिषद् बैठकमा भएको सहमतिबमोजिम उनीहरूको […]

भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]

…हे प्रधानमन्त्रीज्यू, यसमा विचार गरिदिनुहोला !

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय उठाउँदै आएको एउटा विषय हो– आदरार्थी शब्दको प्रयोग । केही समयअघि प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले ‘तपाईं’ नभनेर ‘तिमी’ भनेको भन्दै आलोचना गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर कतिपयले ब्यङ्ग्य गरे, कतिपयले ‘ठीकै हो’ पनि भने । त्यसकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रियसभाका सदस्यमाझ […]

उद्योगीसँग मन्त्री भुसालकाे आग्रह– कृषिमा लगानी बढाउनुस्

७ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले कृषि क्षेत्रमा लगानी बढाउनका लागि उद्योगीहरुसँग आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको वेबिनारमा बोल्दै मन्त्री भुसालले यस्तो आग्रह गरेका हुन् । महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने, ३० प्रतिशत पहाडी जमिन बाँझो भएको र सरकारले समेत कृषि क्षेत्रमा लगानी […]

३०५ आइसोलेसन बेड थप्दै प्रदेश २ सरकार

६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले थप ३०५ आइसोलेसन बेड तयार गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने औंल्याउँदै सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवम् समन्वय समितिको मंगलबार बसेको बैठकले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रबक्ता […]

 कृषि र ऊर्जाबाट थप २६ लाखलाई रोजगारी : मन्त्री पुन

६ जेठ, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना महामारीका बीचमा पनि जीवन खोज्न सबैलाई अपिल गरेका छन् । मन्त्रिपरिषदले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका काम सुचारु गर्ने र उद्योगका लागि अत्यावश्यक कच्चा सामग्रीको ढुवानी खुलाएको मन्त्री पुनले स्मरण गरे । उनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण […]

अलपत्र फर्काउन आदेश कुर्दै स्थानीय प्रशासन

६ जेठ, विराटनगर । सुनसरी–मोरङको सीमावर्ती क्षेत्रमा एक हजार भन्दा बढी नेपाली स्वदेश फर्किन पाउने आशामा छन् । त्यस्तै झापासँग सीमा जोडिएको पानीटंकीमा करिब आठ सय नेपाली रोकिएका छन् । तर स्थानीय प्रशासनले उनीहरुको उद्धार गर्न सकेको छैन । नाकामा नेपाल फर्किनेको चाप बढे पनि स्थानीय प्रशासनले आफैं अग्रसर भएर ल्याउन सकेका छैनन् । मोरङका […]

क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन

६ जेठ, बुटवल । गुल्मी मदानेका कोरोना संक्रमित उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको आरटी-पीसीआर टेस्टका लागि मंगलबार स्वाब संकलन गरिएको छ । जेठ १ गतेदेखि उक्त अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएपछि मंगलबार अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको […]

नरैनापुरका ५९ कोरोना संक्रमित अझै ‘अलपत्र’, आइसोलेसन वेडको अभाव

६ जेठ, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दा भनेको थिए, हामीकहाँ ३३०७ जनालाई आइसोलसनमा राखेर उपचार गर्ने क्षमता छ ।’ त्यसध्ये करिव ३ हजार वेड खाली भएको उनको दाबी थियो । प्रधानमन्त्रीले संसदमा यसो भनिरहँदा बाँकेको नरैनापुर गाउँपालिकाका ५९ जना कोरोना संक्रमित अलपत्र थिए । प्रदेश ५ कोभिड अस्पताल तोकिएका बुटवलको […]

विदेशबाट नागरिक ल्याउन सातै प्रदेशमा ‘फोकल पर्सन’ तोकिए

६ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ । विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ। मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट […]

सर्लाहीका नयाँ संक्रमित : एकजना काठमाडौंमै, अर्का उदयपुरका बासिन्दा

६ जेठ, जनकपुरधाम । सर्लाहीमा फेला परेका थप दुईजना नयाँ कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमै रहेको खुलेको छ । अर्का एकजना भने उदयपुर घर भई सर्लाहीमा कोठा लिएर बस्दै आएका व्यक्ति हुन् । ३४ वर्षीय पुरुष सर्लाहीकै बागमती नगरपालिका-९ निवासी हुन् भने ३१ वर्षीय पुरुष उदयपुर घर भइ हरिवन नगरपालिकाको नयाँ सडकमा कोठा भाडा लिएर बस्दै […]



from समाचार – Online Khabar https://ift.tt/3bNmgG4
via IFTTT
Powered by Blogger.