समाचार
६ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविदले बताएका छन् । स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविदहरुले त्यसलाई […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा […]
६ जेठ, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी […]
६ जेठ, काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण […]
६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो । ट्रम्पले भने– हाइड्रोक्लोरोक्विन […]
५ जेठ काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब […]
५ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् । दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठले भने, ‘दसगजा क्षेत्रभित्र कुनै […]
५ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने घोषणा गरेको छ । अहिले गरिएको घोषणा भारतको लागि चौथो चरणको लकडाउन हो । यसका लागि भारतको गृह मन्त्रालयले केही निर्देशन जारी गरेको छ । यसपटकको लकडाउनमा भारतको गृह मन्त्रालयले केही नियम आफूले जारी गरेको छ भने बाँकी नियमको […]
५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपालको वास्तविक नक्सा प्रकाशित गर्ने निर्णय गरेको छ । वार्ता लागि पटक पटक गरेको प्रस्ताव अस्विकारेपछि नेपाले पनि नक्साको जवाफ नक्साले नै दिएको हो । नेपालले नक्सा सार्वजनिक गरे पनि कालापानी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी बसेको छ । के अब भारतीय सेना पनि हट्छ ? संघीय ससंदमा नीति तथा […]
५ जेठ, विराटनगर । विराटनगरमा उपचाररत झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज […]
५ जेठ, जनकपुरधाम । वीरगञ्जमा दूध किन्न घरबाहिर निस्केका व्यक्तिको खुट्टा भाँचिने गरी कुटपिट गरेकोको आरोप लागेका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । लकडाउनको समयमा बाहिर निस्केको भन्दै वीरगञ्ज महानगरपालिका १६ निवासी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका प्रहरीले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँचिएपछि लाठी प्रहार […]
५ जेठ, काठमाडौं । आफ्नो क्षेत्रभित्रका १ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीको मदाने गाउँपालिका अनिश्चितकालसम्मका लागि सिल गरिएको छ । सोमबार मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै मदाने गाउँ कार्यपालिका कार्यालयले गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गर्दै गाउँपालिका सिल गर्ने निर्णय गरिएको […]
५ जेठ, विराटनगर । सोमबार मोरङमा भेटिएका कोरोना संक्रमित तीन दिनअघि भारतबाट आएको पाइएको छ । लकडाउनका बन्द सीमामा खटिएका प्रहरीलाई छल्दै भित्रिएका २४ वर्षका युवकमा सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित युवक रतुवाई नगरपालिका – १ का हुन् । उनी २ जेठ राति घर आएका थिए । भारतबाट राति चोरबाटो हुँदै छिरेका […]
५ जेठ, वीरगञ्ज । वीरगञ्जमा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभाव हुँदा स्वाब संकलन प्रभावित बनेको छ । एक साताभित्र पर्सामा मात्रै ६५ जना कोरोना संक्रमित भेटिए पनि किट र भीटीएम अभावका कारण उनीहरुको कन्ट्याक ट्रेसिङ प्रभावित भएको जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसियाले अनलाइनखबरलाई जानकारी दिए […]
५ जेठ, जनकपुरधाम । कोरोना संक्रमित धनुषाका पत्रकारले २४ वैशाखमा स्वाब परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आयो । तर पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि हाल प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् । जिल्लाका २३ जना पत्रकारको स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जाँच गरिएको थियो । यो मेसिनले रिपोर्ट नेगेटिभ देखाए पनि केही पत्रकारको स्वाब […]
५ जेठ, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएकी नर्सको संक्रमण स्रोत पहिचान गर्न मुश्किल परेको छ । जिल्ला अस्पताल धनकुटामा कार्यरत ३४ वर्षकी नर्समा अस्पतालबाट बाहिर नगएकाले संक्रमण स्रोत पहिचान गर्न मुश्किल भएको मेडिकल सुपरिटेन्डेन्ट पुजन विश्वकर्माले बताए । ‘सेवाग्राहीबाटै स¥यो कि भन्ने आशंका छ’ उनले भने । उनका अनुसार अस्पतालमा दैनिक एक सय […]
५ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा […]
कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको आज ५६ दिन पुगिसकेको छ । हिजोमात्र मन्त्रिपरिषदले थप १५ दिनका लागि बन्दाबन्दी लम्बाउने निर्णय गरेको छ । बन्दाबन्दीका बाबजुद कोरोना सङ्क्रमणको दर बढ्दो छ र यसकै कारण दुईजनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग/व्यवसाय तथा पूर्वाधार निर्माणलगायतका सबै क्षेत्र बन्द […]
५ जेठ, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुईवटा क्वारेन्टइनवाट भागेका सबैलाई तीन दिनपछि क्वारेन्टाइनमै फिर्ता ल्याइएको छ । गाउँपालिकाको वडा नंं. ८ खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिंहोखोरका १६ जना क्वारेन्टाइन छाडेर भागेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर जबराले ३० जना भागेका र उनीहरु सबैलाई […]
५ जेठ, पोखरा । पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द गर्ने जानकारी गराएको छ । ‘लकडाउन खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति छैन । बाह्य पर्यटकको आगमन हुने […]
५ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीपछि सबैभन्दा बढी प्रभावित होटेल क्षेत्र कोभिडको त्रासकै बीचमा पनि टाउको उठाउने कोसिसमा छ । चूनौतीका बीच केही युवा होटेल व्यवसायीको प्रयासमा होटेल क्षेत्रले एक अभियान सुरु गर्ने भएका छन् । यो अभियानको नाम ‘पे नाउ, गो लेटर’ दिइएको छ । युवा होटेल व्यवसायी सुमन घिमिरेका अनुसार यो […]
from समाचार – Online Khabar https://ift.tt/2Zjo6Mq
via IFTTT






















