समाचार
६ जेठ, चितवन । कोरोना भाइरसको संक्रमणको दर बढिरहँदा सामूहिक रुपमा बस्ने र हिँड्ने प्रहरीहरु पनि उच्च जोखिममा छन् । केही सुरक्षाकर्मीहरुसमेत कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । चितवनमा प्रहरीले भाइरसको संक्रमण हुन नदिन उच्च सावधानी अपनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी एकनारायण कोइरालाले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र स्वास्थ्यकर्मीहरुले […]
६, जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् । उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो […]
६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी गरेका छन् । उनले नेपालको एक कण माटो पनि नछोड्ने बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट पारित भएको भोलिपल्ट राष्ट्रिय सभामा सरकारको नीति […]
६ वैशाख, काठमाडौं । ब्राजिल कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा ब्राजिल तेस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । सोमबार ब्राजिलले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट दुई लाख ५५ हजार तीन सय ६८ संक्रमित फेला परिसकेका छन् । यससँगै ब्राजिल संक्रमितको हिसाबमा बेलायतभन्दा पनि अगाडि देखिएको हो । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्य हुने […]
६ जेठ, बुटवल । गुल्मीका कोरोना संक्रमित उपचाररत रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालका चिकित्सक, बिरामी र बिरामी कुरुवाको मंगलबार कोरोना परीक्षण गरिने भएको छ । अस्पतालभित्र रहेकाहरूको स्वाब संकलनका लागि पीपीई लिएर जाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए । स्थानीय प्रशासनले अस्पताललाई सोमबार साँझदेखि नै सिल गरेको छ । सिल गरेपछि […]
६ जेठ, अर्घाखाँची । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । गुल्मीका संक्रमित […]
६ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत सेनाले मंगलबार बिहान स्वास्थ्य सामग्री नेपाल ल्याएको हो । जंगीअड्डा स्रोतका अनुसार, पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् । यसअघि […]
६ जेठ, काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण […]
६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र […]
६ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा उल्लेखित योजनालाई नीति तथा कार्यक्रममा राखेकामा विरोध जनाएको छ । एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० केभी प्रसारण लाइनको निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गरेको महासचिव मोहन वैद्यले बताएका छन् । उनले […]
६, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए । महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली […]
६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]
६ जेठ, काठमाडौ । कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय […]
६ जेठ, चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव भएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नआएकाले औषधि अभाव भएको बताएका छन् । चिकित्सकहरुले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत जुनसुकै क्यान्सरमा प्रयोग गरिने औषधिको […]
६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै […]
६ जेठ, पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टाइनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो । भारतबाट आएका जिल्लावासी, क्वारेन्टाइनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब […]
६ जेठ, राँझा (बाँके) । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले […]
६ जेठ, लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका […]
६ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविद्ले बताएका छन्। स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविद्हरूले त्यसलाई ‘सुपर […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा […]
६ जेठ, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी […]
from समाचार – Online Khabar https://ift.tt/2LHV55b
via IFTTT






















