Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारले एक कण माटो छोड्दैन : दीनानाथ शर्मा

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलको नेता दिनानाथ शर्माले सरकारले नेपालको एक कण माटो पनि नछोड्ने बताएका छन् । लिम्पियाधुरा क्षेत्रलाई समेटेर सरकारले नक्सा पारित गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । ‘सरकारले एक इन्च हाम्रो एक कण […]

सिन्धुपाल्चोकलाई चीनले दियो स्वास्थ्य सामग्री

६ जेठ, काठमाडौं । चीनको न्यालम राज्यले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार तातोपानी भन्सारमा आयोजित कार्यक्रममा चिनियाँ अधिकारीले एक करोड तीन लाख नेपाली रुपैयाँ बराबरको मास्क, थर्माेमिटर, पीपीई तथा कोरोना परीक्षण गर्ने टेष्ट किट हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनसँग सिमाना जोडिएको जिल्लाहरुमा दिइने सहयोग अनुसार न्यालम राज्यले […]

आगामी वर्षको नीति तथा कार्यक्रम पारित

६ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो । नीति तथमा कार्यक्रममा विभिन्न सांसदहरुले संशोधन प्रस्ताव गर्दा गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार संसदमा […]

झापाका संक्रमितलाई नाकाबाटै लगिएको थियो क्वारेन्टाइन

६ जेठ, विराटनगर । मंगलबार एकै पटक कोरोना संक्रमण पुष्टि भएका झापाका ९ जना हालै भारतबाट नेपाल प्रवेश गरेकाहरु रहेको पाइएको छ । सोमबार कचनवल गाउँपालिका ३ पथरीयाका एक युवकमा कोरोना देखिएको थियो, ती युवक भारतबाट आएका थिए । मंगलबार संक्रमण पुष्टि भएकाहरु पनि भारतबाट नै आएका हुन् । ‘चोरबाटो नेपाल प्रवेश गर्न खोज्दा पाठामारीबाट […]

गाडीको ठक्करबाट झापामा बालकको मृत्यु

६ जेठ, बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिकामा मंगलबार पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बिहान ८ बजे बिर्तामोड नगरपालिका-१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले […]

निजी क्षेत्रको गुनासोबारे प्रधानमन्त्रीको जवाफ : कोरोनाले धनी-गरिब चिन्दैन

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको गुनासोप्रति कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधि सभामा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै कोरोनाले समेत ठूलो-सानो मानिस नचिन्ने जवाफ दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मंगलबार उनले स्पष्टसँग […]

संक्रमित युवक दिल्लीबाट ११ दिन हिँडेर आएका थिए

६ जेठ, विराटनगर । सोमबार संक्रमण पुष्टि भएका सुनसरीको गढी गाउँपालिकाका युवक १० जना साथीसँगै भारतको दिल्लीबाट आएको खुलेको छ । गढी गाउँपालिका– १ का २४ वर्षका युवक १० जना साथीसँगै दिल्लीबाट ११ दिन हिँडेर आएका गाउँपालिकाले जनाएको छ । वैशाख २९ गते राति विराटनगरको सीमावर्ती क्षेत्र जोगवनी आइपुगेका उनीहरुलाई मध्यरातमा भारतीय प्रहरीले चोरबाटो हुँदै […]

नक्सा फेरेर मात्र समस्या समाधान हुँदैन : सांसद अधिकारी

६ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले नक्साको फेरबदल मात्रले समस्या समाधान नहुने भन्दै भारतसँग कुटनीतिक र राजनीतिक स्तरमा वार्ता गर्न आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको सीमा विवाद कुटनीतिक र राजनीतिक तबरबाट टुंगो लाग्न बाँकी नै रहेको बताए । नेपाल भारत सम्बन्ध सीमा विवादमा मात्र सीमित नरहेको […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु   

६ जेठ, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका-३ का मोहन चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली […]

दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

६ जेठ, दैलेख । कोरोना संक्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी गरिएको छ । आठबीस नगरपालिका—१, सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मंगलबारदेखि नगरपालिकालाई सिल गर्न लागिएको हो । नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको बताए । लकडाउनको ५६ औं दिन […]

कोरोना सङ्क्रमण देखिएसँगै कर्णालीमा उच्च सतर्कता

६ जेठ, सुर्खेत । कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६औँ दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका-१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको […]

एमसीसी पास गर्ने कि नगर्ने संसदले निर्णय गर्छ : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् । तर, लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । जेठ २ गते राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सीफेदी-रातमाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल […]

घरबेटीले छिर्न दिएनन् भन्दै कोरोना परीक्षण !

६ जेठ, काठमाडौं । काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको परीक्षण गराउन चाहनेको संख्या अत्यधिक बढेको छ । हरेक दिन ठूलो संख्यामा मानिसहरु कोरोना परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन् । अस्पतालमा हरेक दिन जम्मा भएको भिडले स्वास्थ्यकर्मी नै आजित भएका छन् । स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिको कोरोना संक्रमण […]

रामराजा स्वास्थ्य प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग

६ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ भदौ २०७५ मा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै सबैभन्दा बढी विकास प्रदेश २ मै गर्ने आश्वासन दिए । विभिन्न आश्वासन दिने क्रममा उनले गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नामबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सिंहकै गृह जिल्ला सप्तरीमा यथासिघ्र निर्माण थालनी गर्ने बताए । आफूले दिएको आश्वासन […]

प्रधानमन्त्रीको चेतावनी : नेपालको स्वाभिमानमाथि निम्छरा वचन नबोल्दा राम्रो

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले चिनियाँ राजदूतले आफ्नो सरकार बचाएको भन्ने ‘निम्छरो’ बयान नदिन चेतावनी दिएका छन् । अध्यादेश प्रकरणसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक वा दुवैै पद त्याग्नुपर्ने माग चर्किएको थियो । तर, ओली पार्टी सचिवालयमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन सफल भएका छन् र […]

नयाँ नक्सा कुनै तमासा होइन, नेपाली भूमि फिर्ता ल्याइछाड्छौं : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय तमासाका लागि नगरेको बताएका छन् । यो नेपालको भू-भाग भएको र फिर्ता ल्याइछाड्ने उनले बताए । सरकारले नीति तथा कार्यक्रममा नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पारित समेत गरेको […]

पर्सामा आजदेखि इ-पास खारेज

६ जेठ, वीरगञ्ज । जिल्ला प्रशासन कायालय पर्साले लकडाउनमा प्रयोगमा ल्याइएको इ-पास मंगलबादेखि खारेज गरेको छ । सवारी पासका लागि नयाँ व्यवस्था लागू गर्दै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । सहायक प्रजिअ बस्नेतका अनुसार अत्यावश्यक अवस्थामा बाहेक कुनै पनि पास वितरण गरिने […]

कोरोना नभएको पुष्टिपछि मात्रै उपत्यका प्रवेश गराउन काठमाडौं महानगरको प्रस्ताव

६ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको […]

बाहिरबाट आउनेहरूलाई रोक्न सकिएन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको बताएका छन् । विदेशबाट स्वदेश फर्किनेहरुको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको भन्दै उनले लकडाउनको पालना नहुँदा भाइरस फैलिएको जिकिर गरे । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधि र सीमामा आएर बस्नेहरूका […]

प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्रो, रोस्ट्रममै कुर्सी राखियो

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरूको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर, प्रधानमन्त्रीले अगाडि […]

भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’ पछिल्लो समय भारतबाट आएका […]



from समाचार – Online Khabar https://ift.tt/3bJll9T
via IFTTT
Powered by Blogger.