समाचार
५ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा […]
५ जेठ, दार्चुला । जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो । छाङरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । ‘हिमपातले […]
५ जेठ, काठमाडौं । कोरोना महामारीका कारण अदालतका धेरै सेवा बन्द हुँदा म्याद गुज्रिएका मुद्दाका विषयमा के गर्ने भनी सोमबार सर्वोच्च अदालतमा छलफल हुँदैछ । त्यसका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सबै न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास गठन गरेको छ । बृहत् पूर्ण इजलासमा सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको प्रतिवेदनमाथि छलफल हुने सर्वोच्चका सूचना अधिकारी […]
५ जेठ, ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महांकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । […]
५ जेठ, काठमाडौं । नागढुंगामा स्वयम्सेवी युवक भन्ने व्यक्तिबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले अभद्र व्यवहार सम्बन्धी कसूरमा जाहेरी दखास्त परेको अनलाइनखबरलाई बताए । […]
५ जेठ, वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरूलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरूले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो । […]
५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरवेटी, सँगै भाडामा बस्ने अन्य वासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो । ती जनप्रतिनिधि ती महिलाको […]
५ जेठ, काठमाडौ । २४ घण्टा बित्न नपाउँदै बारामा फेरि बेवारिसे नोट फेला परेको छ । तर यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ । बच्चाहरुले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका-९ स्थित भलदुसवा टोलमा भेटिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । सोमबार बिहान सडकमा बेवारिसे अवस्थामा […]
५ जेठ, वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ । पटेर्वासुगौली वडा नम्बर ५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो । विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका […]
५ जेठ, काठमाडौं । सोमबार करैयामाईका एक जना पुरुष संक्रमित थपिएपछि बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ पुगेको छ । सोमबार पुष्टि भएका ३८ वर्षीय पुरुष पत्रकार हुन् । बारा जिल्लाको पहिलो संक्रमित जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान हुन् । बारामा अब कोरोना संक्रमित व्यक्तिहरुको परीक्षणको दायरा बढेपछि जिल्ला विपत व्यवस्थापन समितिले क्वारेन्टाइनको […]
५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले सभापति देउवालाई महाकाली सन्धि सम्झाएका छन् […]
५ जेठ काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ । प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ […]
५ जेठ, रौतहट । पछिल्लो दुई दिनमा मात्र रौतहटमा कोरोना भाइरस (कोभिड-१९) का १८ नयाँ संक्रमित भेटिएका छन् । सोमबार सरकारले घोषणा गरेका नौमध्ये आठ जना संक्रमित रौतहटका हुन् । उनीहरूमा ईशनाथ नगरपालिकाका ७ र माधवनारायण नगरपालिकाको एक जना छन् । आइतबार रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा १० संक्रमित भेटिएका थिए । रौतहटवासी रोजगारीका सिलसिलामा […]
५ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको तेञ्जिङ चोक सिल गरिएको छ । काठमाडौंकै अर्को स्थानीय तह तारकेश्वर नगरपालिकाले भने प्रवेश निषेध गर्ने निर्णय लिएको छ । बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र बन्द गरिएको हो । तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना […]
५ जेठ, सुर्खेत । “रसुवा जिल्लाबाट हिँडेको सोमबार नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको […]
५ जेठ, भक्तपुर । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेसिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको […]
५ जेठ, काठमाडौं । चैतको दोस्रो सातादेखि जारी लकडाउनका कारण देशका अधिकांश उद्योग-प्रतिष्ठान बन्द छन् । ती उद्योगमा दैनिक ज्यालादारीमा काम गर्नेहरू त बेखर्ची छन् भने नियमित कर्मचारीले पनि मासिक तलब पाइरहेका छैनन् । धेरै उद्योगी व्यवसायीहरूले चैत्र महिनाकै तलब दिन आनाकानी गरिरहेका छन् । वैशाख महिनाको तलब पनि अधिकांश कामदारले पाएका छैनन् । प्रायः […]
५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा […]
५ जेठ, सप्तरी। लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका सप्तरीका स्थानीयको घर हात्तीले भत्काइदिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन वटा हात्तीको समूहले गएराति अग्निसाइर कृष्ण सवरण गाउँपालिका–६, मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ । हात्तीले घर भत्काइ अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । रूपनी गाउँपालिका–६ मा […]
५ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]
५ जेठ, वीरगञ्ज । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र र सिञ्चाई डिभिजन कार्यालयको भवनलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । उपमहानगरपालिका–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र वडा नम्बर–५ स्थित सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले दुवै स्थानमा ५०/५० शय्याको कोरोना अस्पताल […]
from समाचार – Online Khabar https://ift.tt/2TfHXIC
via IFTTT






















