Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्वास्थ्य मन्त्रालयको टोली आज सिन्धुपाल्चोक जाँदै

४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो । सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ । […]

रौतहटका १० जना संक्रमित हालै भारतबाट आएका थिए

४ जेठ, रौतहट । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र  इशनाथ नगरपालिका ३ र ५  का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरू केही […]

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

४ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा […]

नीति तथा कार्यक्रममा छलफल सुरु हुँदै, प्रधानमन्त्रीको जवाफ मंगलबार

४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन् । नीति […]

इटालीद्वारा यात्रा प्रतिबन्ध हटाउने घोषणा, सिनेमा घर र उद्योग पनि खुल्ने

४ जेठ, काठमाडौं । इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो । यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरू खोल्ने अनुमति दिइएको छ । […]

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ संक्रमित

४ जेठ, लण्डन । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिबार (१६ मे २०२०) साँझसम्मको हो । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना […]

कोरोनाबाट ज्यान गुमाएकी महिला : टोखामा बस्थिन्, डेलिभरी भएपछि मात्र गाउँ लगिएको थियो

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला टोखा नगरपालिका-९ मा बस्दै आएको पाइएको छ । तीन महिना अघिसम्म बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाशप्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् । मृतकका एक जना आफन्तले अनलाइनखबरलाई बताएअनुसार त्यसयता टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै […]

कोरोनाबाट मृत्यु भएकाको शव परिवारले छुन नपाउने, एक मिटर परैबाट हेर्नुपर्ने

३ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएका छन् । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो । हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ […]

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल-भारत सीमानाको पिल्लर नम्बर १२५/१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन […]

दुई अध्यक्षको आँट र पहलका कारण एकीकरण अघि बढेको हो

आज नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको दुई वर्ष भयो । दुई भिन्न कार्यदिशा बोकेका र कतिपय अवस्थामा शत्रुतापूर्ण देखिने अन्तरविरोधको शिकार भएका पार्टीहरू बीचको एकतालाई अघि बढाउनु र सफल बनाउनु निकै कठिन र चुनौतीपूर्ण काम हो । बाह्रबुँदे सहमति, शान्ति सम्झौता, संविधान निर्माण र एउटै घोषणापत्रका […]

दुई अध्यक्षको आँटले एकता भयो भन्नु एकलकाँटे विश्लेषण हो

तत्कालीन  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको आज दुई वर्ष पुगेको छ । विगतमा भिन्न-भिन्न कार्यदिशा अँगालेर आएका दुई  ठूला कम्युनिस्ट पार्टीबीचको एकता वास्तवमा ज्यादै ठूलो महत्वको ऐतिहासिक घटना थियो । कतिपय साथीहरूले यस पार्टी एकतालाई तत्कालीन दुई पार्टीका अध्यक्षहरूको आँट र पहलको उपजका रुपमा विश्लेषण […]

कोरोना अपडेट : ९२ हजारमा परीक्षण, क्वारेन्टाइनमा १६३६६ जना

३ जेठ, काठमाडौं । हालसम्म नेपालमा ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । गत माघदेखि अहिलेसम्म आइपुग्दा कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या शनिबार साँझसम्म २८१ पुगेको छ । शनिबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र […]

विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना […]

कैलालीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

३ जेठ, कैलाली । लागू औषध ब्राउन सुगरसहित कैलालीमा २ जना पक्राउ परेका छन् । सामुदायिक सेवा केन्द्र धनगढीका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको टोलीले शनिबार  धनगढी उपमहानगरपालिका–६ बिजुलियाका सुरज चौधरी र ११ का अर्जनु चौधरीलाई पक्राउ गरेको हो । घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको घर खानतलास गर्दा लुकाएर राखेको  ब्राउन सुगर […]

डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय

३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा फर्कनसमेत कतिपय घरधनीले अवरोध गरेका समाचार आउन थालेका छन् । कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुलाई डेरा […]

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति […]

काठमाडौंका सफाइ कर्मचारीमा कोरोना संक्रमण देखिएन

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने सफाइ कर्मचारी कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ । महानगरमा काम गर्ने ९३४ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । महानगरले शुक्रबार ९३४ सफाइ कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट कोरोना संक्रमण परीक्षण […]

थपिए दुई जना कोरोना संक्रमित

३ जेठ, काठमाडौं । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर […]

भिडका बीच मेयरले गरे स्वास्थ्य चौकीको उद्घाटन

३ जेठ, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको विदेह नगरपालिकाका मेयरले ठूलो जमघटका बीच औपचारिक कार्यक्रममा सहभागी भएका छन् । मेयर बेचन दासले नगरपालिकाको वडा नं १ को झिझा टोलमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा रिबन काटेर आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरेका हुन् । उनले रिबन काटिरहँदा वरिपरि भिड जम्मा भएको थियो । जहाँ केही […]



from समाचार – Online Khabar https://ift.tt/2X0pn8o
via IFTTT
Powered by Blogger.