Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हेल्लो सरकार, यही हो त क्वारेन्टाइन ?

४ जेठ, कपिलवस्तु । भारतबाट आएका वा स्थानीय व्यक्तिमा कोरोना संक्रमणको आशंका देखिए क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । त्यस्ता क्वारेन्टाइनस्थल विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार हुनुपर्छ । आशंकित व्यक्तिहरु घरमा भन्दा क्वारेन्टाइनमा बस्दा स्वास्थ्यकर्मीको निगरानी हुने र अरुलाई सार्ने सम्भावना कम हुने भएकैले शायद क्वारेन्टाइनमा बस्न भनिएको हो । क्वारेन्टाइनस्थलमा पर्याप्त स्वास्थ्य सुविधा वा […]

शेरबहादुर देउवाका ७ टिप्पणी : लकडाउनमा सरकार आत्म प्रशंसामा रमायो !

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन पूर्णतः असफल भएको बताएको छ । कांग्रेसले जेठ २ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले अहिलेको समयको सही विश्लेषण गर्न नसकेको बताएको हो । आइतबारदेखि प्रतिनिधिसभा बैठकमा सुरु भएको […]

लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै […]

संक्रमितको उपचारमा खटिने नर्सको अनुभव : काखको छोरा छोड्दा रुवाबासी, घर फर्कंदा पनि रुवाबासी

४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत […]

गृहमन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीलाई घरबाट ननिकाल्नू, दुर्व्यवहार नगर्नू

४ जेठ, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, आवागमनका क्रममा दुर्व्यवहार गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरेको छ । कोरोना संक्रमणविरुद्ध सतर्कता अपनाएको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेकालाई निकाल्ने गरेको भन्दै गृह मन्त्रालयले त्यसो गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । ‘विश्‍वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी […]

कोरोना ‘रोक्न’ काठमाडौंका भित्री गल्लीमा बाँसको तगारो !

४ चैत, काठमाडौं । दुई महिनादेखि जारी लकडाउनका कारण काठमाडौं उपत्यका ठप्प जस्तै छ । मानिसहरुको आवत जावत लगभग रोकिएको छ । गृह प्रशासनले पनि मानिसहरुलाई घरभित्रै बस्न र अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन भनेको छ । तर काठमाडौंको प्युखा न्यूरोड लगायतका भित्री गल्लीमा मानिसहरुमा कोरोना भाइरस (कोभिड–१९) को त्रास कम भएको छैन । त्यसैले […]

सर्वोच्चको आदेश : तरकारी र फलफूल आयात गर्दा कोरोना परीक्षण गर्नू

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश […]

बाह्रबिसेका मेयरको गुनासो : गाउँमा जुवातास रोकिएन, जुलुस निकाल्नेलाई प्रहरीले चिया खुवायो !

४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । काठमाडौंको टोखा […]

नीति तथा कार्यक्रममा संविधान संशोधन र संघीयता खारेजीको माग

४ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारबाट संघीय संसदका दुबै सभामा छलफल सुरु भएको छ । सरकारको एक वर्षे कार्यक्रममा संविधान संशोधनदेखि संघीयता खारेजीको व्यवस्था गर्नुपर्ने मागसहितको संशोधन दर्ता भएका छन् । नीति कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका तर्फबाट सात वटा संशोधन प्रस्ताव पनि दर्ता भएको छ । एकल र संयुक्त […]

नारायणीमा डुबेर दुई युवा वेपत्ता

४, जेठ, चितवन । चितवनको नारायणी नदीमा डुबेर दुई युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं १६ को गणेश मन्दिर नजिकबाट पौडी खेल्न नारायणीमा पुगेका युवा आइतबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रविन रेग्मीले बताए । उनीहरु वडा नं १६ शान्तिचोककै भएको वडाध्यक्ष अमृतराज हमालले अनलाइनखबरलाई […]

बुझेर पनि बुझ पचाएपछिको झट्का ! अब सुरु गरेको तयारीले महामारी धान्ला ?

४ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो संक्रमितबाट दोस्रो भेटिन ५८ दिन लागेको थियो । त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको दाबी थियो, ‘१ बाट २ भयो, अब १०० कट्न दिन्नौं ।’ उनीहरूले आफ्नो दाबी प्रमाणित गर्न केही विज्ञहरूलाई कोरोनाको महामारी पूर्वानुमान गर्न लगाए । विज्ञ टोलीको अध्ययनले भन्यो, ‘जेठको पहिलो साताबाट नेपालमा संक्रमित […]

कोरोनाबाट मृत्यु भएका युवक : मुम्बईबाट दुई हप्ता लगाएर आइपुगेका थिए नरैनापुर

४ जेठ, बुटवल । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेको पाइएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो । उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता […]

दिवेश पोखरेलको भाग्यपरीक्षा भोलि, उपाधिको सम्भावना कति ?

काठमाडौं । कोरोनाको त्राश र लकडाउन झेल्दै अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को भिडन्त क्लाइमेक्समा पुगेको छ । जारी १८औं संस्करणमा नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले पनि उपाधिको दावेदारी प्रस्तुत गरिरहेका छन् । क्यालिफोर्नियाको समयअनुसार आइतबार बेलुकी ८ बजे (नेपालमा सोमबार बिहान) टप ७ को प्रतिस्पर्धा सुरु हुनेछ । सुरुमा अघिल्लो साता […]

सर्वोच्चले भन्यो – नागरिकता नभए पनि विपन्नलाई राहत दिनू

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता नभए पनि विपन्नलाई राहत दिन सरकारलाई आदेश दिएको छ । सरकारले २०७६ चैत १९ गतेदेखि लागू हुने गरी जारी गरेको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ मा राहत पाउने व्यक्तिसँग नेपाली नागरिकता, गरिब घरपरिवार परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको प्रतिलिपी हुनुपर्ने भनिएको छ […]

सैनिक पोशाक लगाएर सवारी चलाउनेमाथि जंगीअड्डाको छड्के

४ जेठ, काठमाडौं । नेपाली सेनाले सैनिक पोसाक लगाएर सवारी चलाउनेहरुको चेकजाँच थालेको छ । अवकाश प्राप्त सैनिक तथा सर्वसाधारण समेत सैनिक पोशाकमा सडकमा निस्किन थालेपछि जंगीअड्डाले सडकमा चेकजाँच थालेको हो । जंगीअड्डाको उच्च तहको निर्देशनमा सैनिक प्रहरी गणले उपत्यकाका विभिन्न स्थानमा टोली पठाएर छड्के जाँच गर्न थालेको हो । जंगीअड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले पनि […]

भारत तथा तेस्रो मुलकबाट हरेक दिन ६ हजारको उद्धार गर्ने प्रस्ताव

४ जेठ, काठमाडौं । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरूको उद्धार गर्ने तयारी गरेको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ । ‘यूएईलगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाब समेत दिन थालेका छन् । त्यसैले उद्धारका लागि गृहकार्य थालेका छौं’ एक मन्त्रीले भने, ‘बाँकी प्रधानमन्त्रीमा भरपर्छ ।’ […]

कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना भागे

४ जेठ, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् । शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको […]

बर्दियाका कोरोना संक्रमित कालीमाटीका मासु पसल सञ्चालक

४ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुष काठमाडौँ, कालीमाटीका व्यवसायी भएको पत्ता लागेको छ । जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका स्थायी बासिन्दा उनी बन्दाबन्दीमा घर आएका र पाँच दिनअघि काठमाडौँ फर्किएको स्थानीय प्रशासनले जनाएको छ । काठमाडौं स्वाब परीक्षणपछि मात्र उनमा कोरोनाको संक्रमण भएको पुष्टि हो । उनलाई […]

कपिलवस्तुमा कोरोना संक्रमित नर्सको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

४ कपिलवस्तु, बुटवल । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाकी संक्रमित नर्सको सम्पर्कमा रहेका अस्पतालका ६ जना डाक्टर र नर्सको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । नर्ससँग सम्पर्कमा रहेका र स्वाब परीक्षणको रिपोर्ट आएका सबैको नतिजा नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश क्षेत्रीले बताए । बिहीबार ७ र शुक्रबार १ सय ४ […]

मे ३१ सम्म लकडाउन लम्ब्याउने भारतको निर्णय

४ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएकाे लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चाैथाे चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै मुलुकमा लकडाउन बढ्ने […]



from समाचार – Online Khabar https://ift.tt/2WHpWoR
via IFTTT
Powered by Blogger.