Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रौतहटका ८५ जना पत्रकारको बिमा

५ जेठ, रौतहट । कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ । नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कूल ८५ लाखको बिमा गरिएको हो । माधवनारायण नगरपालिकाका मेयर […]

‘देशको सेवा गर्दागर्दै संक्रमित भएछु’

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । कपिलवस्तु, काठमाडौं र बारामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पटक बाराको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानमा जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अहिले कलैयास्थित कोरोना अस्पतालको […]

खाद्यको गोरखा शाखाबाट चामल वितरण राेकियाे

५ जेठ, गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, गोरखाले चामलको बिक्री–वितरण स्थगित गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै खाद्यले बिक्री–वितरण स्थगित गरेको हो । आगामी दिनमा हुनसक्ने खाद्य संकटलाई मध्यनजर गर्दै बिक्री–वितरण तत्काललाई रोकिएको कार्यालय प्रमुख नवीन बस्नेतले जानकारी दिए । ‘कोरोना महामारीले कार्यालयमा चामल ल्याउनसमेत समस्या भएको छ […]

वार्ता हुँदै गर्छ, सीमामा सेना पठाउनुपर्छ : पूर्वरक्षामन्त्री प्रधान

५ जेठ, काठमाडौं । पूर्वरक्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् । ‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने । सेना […]

पत्रकार र काउन्सिलका कर्मचारीको कोरोना परीक्षण

५ जेठ, काठमाडौं । सोमबार नेपाल प्रेस काउन्सिलका पदाधिकारी, कर्मचारी र पत्रकारहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । नियमित रिपोर्टिङमा हिँड्ने पत्रकार, फोटो पत्रकार र अनुगमनमा हिँड्ने काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा कोरोना संक्रमण परीक्षण गरिएको हो । काउन्सिल कार्यालयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मी पुगेर पत्रकार, काउन्सिल पदाधिकारी र कर्मचारीको स्वाब संकलन गरेको हो ।

रक्षामन्त्रीलाई प्रश्न : कालापानी भ्रमण औपचारिक कि व्यक्तिगत ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रमा गरेको निरीक्षण औपचारिक हो कि व्यक्तिगत भन्दै प्रश्न गरेका छन् । दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद बडूले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उक्त भ्रमणबारे यथार्थ जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरे । संसदको राज्य व्यवस्था […]

नीति तथा कार्यक्रम कोभिड-१९ को चुनौतीमा अल्झिने होइन : विष्णु पौडेल

५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका चुनौती सामना गर्ने र आर्थिक-समाजिक जीवनलाई गतिशील बनाउने संकल्पका साथ अघि बढ्नुपर्ने बताए । ‘नीति तथा कार्यक्रम […]

सिसडोलबासीले मागे कोरोनाको परीक्षण, रोकिए फोहोर बोकेका गाडी

५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत-जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो । लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको […]

बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन एफएनसीसीआईको माग

५ जेठ, काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो । महासंघले एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडागरी घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि तीन […]

कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् । […]

ठोरीको सीमा आइपुगेकाहरूलाई भारततर्फ फर्काइयो

५ जेठ, काठमाडौ । पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर […]

उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

५ जेठ, काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासका लागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् । उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास वितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासोपछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय […]

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको प्रस्ताव

५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका […]

सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफू र अर्का सांसद महेश बस्नेतमाथि लागेको सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसधभाको बैठकमा बोल्दै उनले आफुहरुलाई लगाइएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन पनि चुनौती दिए । ‘यहाँ सांसद अपहरणका कुराहरु आए । म […]

पत्नी भन्दै जनप्रतिनिधिको शव अर्कैले जिम्मा लिए

५ जेठ, सप्तरी । डेढ महिना अघिदेखि वेपत्ता रहेकी खड्क नगरपालिका वडा नम्बर ११ कि सदस्य दुर्गाकुमारी साहको शव अर्कै व्यक्तिले बुझेको पाइएको छ । पति हुँदाहुँदै गाउँकै अर्का व्यक्तिले आफ्नी पत्नी भनी उनको शव बुझेको पाइएको हो । उनको मृत्यु सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको देखिएको प्रहरीको भनाइ छ । ‘गत वैशाख […]

‘पर्साका संक्रमितलाई बागलुङबाट सरेको होइन कोरोना’

५ जेठ पोखरा । वैशाख अन्तिममा पर्सामा एकै दिन ३९ लाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये १४ जना बागलुङबाट पोखरा हुँदै वैशाख १३ गते पर्सा पुगेका थिए । ४२ जनाको समूहमा गएका उनीहरुलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । गलकोटमा मजदुरी गरेर पर्सा फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएपछि बागलुङमा त्रास बढेको […]

महँगियो भान्सा, खाद्य सामग्रीको मूल्यवृद्धि उच्च

५ जेठ, काठमाडौं । कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन-चैत)सम्मको आँकडाअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ । यस अवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्य वृद्धिदरलाई नियन्त्रणभित्र राख्न […]

घट्यो रेमिट्यान्स, नौं महिनामा भित्रियो ६२७ अर्ब

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ६२६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो । अघिल्लो वर्ष २०७५/७६ को सोहि अवधिको तुलनामा ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष […]

खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

५ जेठ, कैलाली । धनगढीमा नुनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु १ लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से १ ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ […]

अहिलेको मुख्य प्राथमिकता बाँच्नु र बचाउनु हो : विनोद चौधरी

५ जेठ, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले कोरोना महामारीको अहिलेको समयमा बाँच्नु र बचाउनु नै सरकारको मुख्य प्रथमिकता हुनुपर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले नीति तथा कार्यक्रममा विगतदेखि सञ्चालनमा रहेका कतिपय आयोजनाको व्याख्या गरिए पनि आजका प्राथमिकता बाच्नु र बचाउनु नै रहेको […]

सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन : महेन्द्र राय यादव

५ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने […]



from समाचार – Online Khabar https://ift.tt/2WKNucx
via IFTTT
Powered by Blogger.