Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न झापामा हवाई फायर

३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन […]

कोरोना अपडेट : ९२ हजारमा परीक्षण, क्वारेन्टाइनमा १६३६६ जना

३ जेठ, काठमाडौं । हालसम्म नेपालमा ९२ हजार ४४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । गत माघदेखि अहिलेसम्म आइपुग्दा कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या शनिबार साँझसम्म २८१ पुगेको छ । शनिबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र […]

कैलालीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

३ जेठ, कैलाली । लागू औषध ब्राउन सुगरसहित कैलालीमा २ जना पक्राउ परेका छन् । सामुदायिक सेवा केन्द्र धनगढीका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको टोलीले शनिबार  धनगढी उपमहानगरपालिका–६ बिजुलियाका सुरज चौधरी र ११ का अर्जनु चौधरीलाई पक्राउ गरेको हो । घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको घर खानतलास गर्दा लुकाएर राखेको  ब्राउन सुगर […]

डेरामा डाक्टर र नर्सलाई अवरोध नगरौं : स्वास्थ्य मन्त्रालय

३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा फर्कनसमेत कतिपय घरधनीले अवरोध गरेका समाचार आउन थालेका छन् । कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुलाई डेरा […]

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति […]

काठमाडौंका सफाइ कर्मचारीमा कोरोना संक्रमण देखिएन

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने सफाइ कर्मचारी कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ । महानगरमा काम गर्ने ९३४ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । महानगरले शुक्रबार ९३४ सफाइ कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट कोरोना संक्रमण परीक्षण […]

थपिए दुई जना कोरोना संक्रमित

३ जेठ, काठमाडौं । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।

भिडका बीच मेयरले गरे स्वास्थ्य चौकीको उद्घाटन

३ जेठ, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको विदेह नगरपालिकाका मेयरले ठूलो जमघटका बीच औपचारिक कार्यक्रममा सहभागी भएका छन् । मेयर बेचन दासले नगरपालिकाको वडा नं १ को झिझा टोलमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा रिबन काटेर आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरेका हुन् । उनले रिबन काटिरहँदा वरिपरि भिड जम्मा भएको थियो । जहाँ केही […]

सिंहदरवार प्रवलीकरणको काम फेरि सुरु

३ जेठ, काठमाडौं । कोरोना कहरका बीच सिंहदरबारमा पुनर्निर्माणको कामले गति लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लकडाउनका कारण केही समय रोकिएको सिंहदरबार प्रबलीकरणको काम पुनः सुचारु भएको हो । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको […]

‘मेरो सरकार’ र ‘यस सरकार’ को नीति कार्यक्रम : केही उस्तै, केही दुरुस्तै !

३ जेठ, काठमाडौं । झण्डै तीन घण्टा लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गरिन् । देश र सिङ्गै विश्व असामान्य परिस्थितिबाट गुज्रिएका बेला सरकारको नीति-कार्यक्रम कस्तो आउला भन्ने धेरैको चासो थियो । शाब्दिक हिसाबले भद्दा र लम्बेतान नीति तथा कार्यक्रम अन्तरवस्तुमा कमजोर देखियो । कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख भए […]

कोरोना संक्रमित परिवारको पीडा : आत्मबल बढाउनुको साटो खुच्चिङ भने

३ वैशाख, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या बढ्दो छ । कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरूले अस्पतालमा राम्रो उपचार नपाउने समस्या त छँदैछ, संक्रमितको परिवारका सदस्यहरूले मानसिक यातना र दुर्व्यवहारसमेत व्यहोर्नुपरेको पाइएको छ । वीरगञ्जका पत्रकार सुरेश बिडारीलाई कोरोना संक्रमण भएको ३० वैशाखमा पुष्टि भयो । उनी पत्नी र ८ वर्षे छोरासँगै […]

कांग्रेसको माग : एमसीसी अनुमोदन गरौं, नीति कार्यक्रम पुनर्लेखन गरौं

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने […]

नेपाली सेनाका मध्यपूर्वी पृतनापतिलाई कोरोना संक्रमण

३ जेठ, काठमाडौं । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पाइएको छ । स्वास्थ्य मन्त्रायलले शनिबार अपराह्न काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । उनीहरू नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई बताएका थिए […]

विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस्

३ जेठ २०५० सालको अत्यासलाग्दो दासढुंगा दुर्घटनामा बुबा जीवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ वर्ष पूरा भएको छ । मदन–आश्रित बितेका यी २७ वर्ष हाम्रो परिवारको मात्र होइन, समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभूति हुन्छ । उहाँहरु जीवित भएको भए, २०५२ पछि माओवादीको हिंसात्मक आन्दोलन र त्यसले उत्पन्न गरेका अरु राजनीतिक घटना […]

एमसीसी संसदको यही अधिवेशनबाट पारित गराउने सरकारको तयारी

३ जेठ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा एमसीसी अनुदानबाट सम्पन्न गरिने आयोजना समेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको २११ औं बुँदामा भनिएको छ ‘लप्सीफेदी–राटमाटे, […]

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको […]

तीनथानाबाट लाखौं मूल्यका धनमाल चोरी, ६ जना पक्राउ

३ जेठ, काठमाडौं । राजधानीको तीनथानास्थित एक घरबाट लाखौं रुपैयाँबराबरको धनमाल चोरी भएको छ । स्थानीय राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई […]

बर्दिया गुलरियाको लालपुर सिल

३ जेठ, गुलरिया । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा शनिबारदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको सूचनामा बर्दियामा २८ वर्षीया महिलामा कोभिड १९ पुष्टि भएको […]

सेनाले काठमाडौं ल्यायो पहिलो चरणको स्वास्थ्य सामग्री

३ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट एक हजार एक सय ८० क्युविक मिटर सामग्री काठमाडौं ल्याइपुर्‍याएको छ । चीनको ग्वान्झाओबाट २ वैशाखमा काठमाडौंका लागि हिँडेको कन्टेनर शनिबार काठमाडौं आइपुगेको हो । नेपाली सेनाको जंगीअड्डाले सेनाको सामग्री शुक्रबार आइपुग्ने बताएको थियो । तर, तातोपानी नाकामा १० वटा ट्यांकरको भन्सारसम्बन्धी कामका कारण शुक्रबार आइपुग्न सकेन । […]

नीति तथा कार्यक्रममा निजी क्षेत्रको असन्तुष्टि

३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । कठिन अवस्थमा समेत मुलुकको अर्थतन्त्रलाई अगाडि लैजाने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको निजी क्षेत्रको प्रतिक्रिया छ । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै निजी क्षेत्रका प्रमुख तीन संगठनका प्रतिनिधिले नीति […]



from समाचार – Online Khabar https://ift.tt/2ZgKlTr
via IFTTT
Powered by Blogger.