समाचार
२७ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् । यससँगै शनिबार […]
२७ वैशाख, काठमाडौं । सरकारको अनुमान छ— कोरोनाको संक्रमणका कारण विदेशबाट करिब पाँच लाख श्रमिक तुरुन्तै नेपाल फर्किन्छन् । अन्तर्राष्ट्रिय उडान खुलेपछि भिसा अवधि सकिएका र अवैध रुपमा बसिरहेका करिब एक लाख २७ हजार र जागिर गुमाएर फर्किने करिब दुई लाख ८० हजार श्रमिक तुरुन्तै नेपाल आउने वैदेशिक रोजगार बोर्डको अनुमान छ । यसरी विदेशबाट […]
२७ वैशाख, वीरगञ्ज । नेपाली सेनाले नेपाल एकीकरणको क्रममा अँग्रेजसँग भएको युद्धको स्मरणमा पार्क निर्माण गर्ने भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा केन्द्र सरकार र प्रदेश २ सरकारको सहयोगमा नेपाली सेनाले एकीकरण स्मृति उद्यान बनाउने भएको हो । पार्कको शनिबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरे । पार्क वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा […]
२७ वैशाख, दार्चुला । कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत चौरासिया र गौमा धामी अध्ययन बिदाबाट फर्किएका छैनन् । उनीहरुको समायोजनका बेला […]
२७ वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर […]
२७ वैशाख, बुटवल । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका लागि कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्स्ट्रयाक्सन’ किट आइपुगेको छ । किट अभावमा प्रयोगशालामा बैसाख २२ गतेदेखि कोरोना परीक्षण रोकिएको थियो । ‘किट सकिएको एक सातापछि एक हजार थान आइपुगेको छ’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइनखबरसँग भने, ‘किट आएपछि रोकिएको परीक्षण सुचारु हुन्छ […]
२७ वैशाख, काठमाडौं । भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार […]
२७ वैशाख, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रममा छुट्टयाइएको बजेटको विषयलाई लिएर पत्रकारले खेदेको खेदै गरेको भन्दै सांसदहरुले गुनासो गरेका छन् । शनिबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ भन्ने छलफलमा बोल्दै समितिका सदस्य सांसदहरूले पत्रकारसँग गुनासो गरेका हुन् । स्थानीय विकास साझेदारी कार्यक्रमलाई सांसद विकास कोष भनेर पनि बद्नाम […]
२७ वैशाख, जुम्ला । कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि १२ जना भारतको पिथौरागढबाट पैदल हिँडेर जुम्ला आइपुगेका छन् । हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका-२ ओदीगाउँका उनीहरू जुम्ला आइपुगेका हुन् । रोजगारीका लागि उनीहरू तीन महिनाअघि पिथौरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै साता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले […]
२७ वैशाख, काठमाडौं । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिए । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी […]
२७ वैशाख, काठमाडौं । नेपाल तरुण दलले सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै तरुण दलले भूमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले शनिबार विज्ञप्ति […]
२७ वैशाख, रौतहट । लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो थपेर बाँधको उचाइ बढाइरहेको छ । जंगे पिलर संख्या ३४७ को पूर्व, मझौला पिलर ३४६-५ हुुँदै बन्जरहासम्म भारतले एक दशक अघि बाँध बनाएको थियो । […]
२७ वैशाख, कैलाली । भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् । उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका […]
२७ वैशाख, काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । युवाहरुको एउटा समूहले प्रदर्शन गरेको हो । नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता […]
२७ वैशाख, काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरू बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको प्राकृति संशाधन मन्त्रालयको यो टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्री सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वतारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष […]
२७ वैशाख, काठमाडौं । नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । तर, उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता […]
२७ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको छ । नियमित सेवालाई वडा नं. २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टर बनाइएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उनले बताए । तिलोत्तमा नगरपालिकाले […]
२७ बैशाख, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतले नेपाली भूमि अक्रिमण गरेर सडक निर्माण गरेको विषय आफूहरुले सरकारलाई जानकारी गराएको दाबी गरेको छ । नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन भएको भोलिपल्ट मोर्चाका अध्यक्ष सीपी गजुरेलले विज्ञप्तीमार्फत यस्तो दाबी गरेका हुन् । ‘नेपालको सीमाभित्र भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारीसहित हामीले उक्त […]
२७ वैशाख, पोखरा । जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरी प्रेस विज्ञप्ति जारी गरेको भन्दै नेकपा नेता एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापालाई पार्टीभित्रैबाट कारवाहीको माग गरिएको छ । कास्की क्षेत्र नम्बर २ ‘क’ का सांसद तथा नेकपा जिल्ला अध्यक्षसमेत रहेका थापालाई कारबाही गर्न पार्टीभित्रैबाट उजुरी परेको हो । नेकपानिकट दलित नेता एवं संगठनले […]
२७ बैशाख, काठमाडौं । सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ । ‘नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको टुलुटुलु […]
२७ बैशाख, विराटनगर । लकडाउनका कारण डेढ महिनादेखि ठप्प रहेका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका केही उद्योगहरु सञ्चालनमा आउन थालेका छन् । तर, सरकारले गरेको आंशिक रुपमा उद्योग खोल्ने निर्णयबाट आफूहरु अलमलमा परेको उद्योगीहरुको गुनासो छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्ने सरकारी निर्णयसँगै सुनसरी मोरङ औद्योगिक कोरिडर क्षेत्रका केही उद्योग आंशिकरुपमा सञ्चालनमा […]
from समाचार – Online Khabar https://ift.tt/3dyXdrV
via IFTTT






















