Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ठोरीको सीमा आइपुगेकाहरूलाई भारततर्फ फर्काइयो

५ जेठ, काठमाडौ । पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर […]

उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

५ जेठ, काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासकालागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् । उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास बितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासो पछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय […]

विपन्नलाई मासिक ५ हजार दिन कांग्रेस सांसदको प्रस्ताव

५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई तीन महिनाका लागि मासिक ५ हजार दिने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । मुलुकलाई रोग र भोकबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘रोजगारी गुमाएका […]

सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफू र अर्का सांसद महेश बस्नेतमाथि लागेको सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसधभाको बैठकमा बोल्दै उनले आफुहरुलाई लगाइएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन पनि चुनौती दिए । ‘यहाँ सांसद अपहरणका कुराहरु आए । म […]

पत्नी भन्दै जनप्रतिनिधिको शव अर्कैले जिम्मा लिए

५ जेठ, सप्तरी । डेढ महिना अघिदेखि वेपत्ता रहेकी खड्क नगरपालिका वडा नम्बर ११ कि सदस्य दुर्गाकुमारी साहको शव अर्कै व्यक्तिले बुझेको पाइएको छ । पति हुँदाहुँदै गाउँकै अर्का व्यक्तिले आफ्नी पत्नी भनी उनको शव बुझेको पाइएको हो । उनको मृत्यु सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको देखिएको प्रहरीको भनाइ छ । ‘गत वैशाख […]

‘पर्साका संक्रमितलाई बागलुङबाट सरेको होइन कोरोना’

५ जेठ पोखरा । वैशाख अन्तिममा पर्सामा एकै दिन ३९ लाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये १४ जना बागलुङबाट पोखरा हुँदै वैशाख १३ गते पर्सा पुगेका थिए । ४२ जनाको समूहमा गएका उनीहरुलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । गलकोटमा मजदुरी गरेर पर्सा फर्किएका उनीहरुलाई कोरोना पुष्टि भएपछि बागलुङमा त्रास बढेको […]

महँगियो भान्सा, खाद्य सामग्रीको मूल्यवृद्धि उच्च

५ जेठ, काठमाडौं । कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन–चैत)सम्मको आंकडा अनुसार खाद्य तथा पेय पदार्थ समूहको मूद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ । यसअवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्यवृद्धिदरलाई नियन्त्रण भित्र राख्न गैरखाद्य […]

घट्यो रेमिट्यान्स, नौं महिनामा भित्रियो ६२७ अर्ब

५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ६२६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो । अघिल्लो वर्ष २०७५/७६ को सोहि अवधिको तुलनामा ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष […]

खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद

५ जेठ, कैलाली । धनगढीमा नुनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु १ लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिइएको प्रहरी टोलीले गोदावरी नगरपालिका–४ का नरेन्द्रसिंह महराले चलाइराखेको से १ ख २०१० नम्बरको मिनिट्रकमा जाँचका क्रममा रु एक लाख १५ हजार ९२५ […]

अहिलेको मुख्य प्राथमिकता बाँच्नु र बचाउनु हो : विनोद चौधरी

५ जेठ, काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीले कोरोना महामारीको अहिलेको समयमा बाँच्नु र बचाउनु नै सरकारको मुख्य प्रथमिकता हुनुपर्ने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले नीति तथा कार्यक्रममा विगतदेखि सञ्चालनमा रहेका कतिपय आयोजनाको व्याख्या गरिए पनि आजका प्राथमिकता बाच्नु र बचाउनु नै रहेको […]

सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन : महेन्द्र राय यादव

५ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन’ सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै नेता यादवले भने […]

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

५ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा […]

छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन

५ जेठ, दार्चुला । जिल्लाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङरु र तिंकर ६ महिनादेखि सञ्चारविहीन भएको छ । गत मंसिरमा व्यासका स्थानीयवासी खलंगा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो । छाङरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मंसिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । ‘हिमपातले […]

लकडाउनमा म्याद गुज्रिएका मुद्दालाई के गर्ने ? सर्वोच्चमा आज छलफल हुँदै

५ जेठ, काठमाडौं । कोरोना महामारीका कारण अदालतका धेरै सेवा बन्द हुँदा म्याद गुज्रिएका मुद्दाका विषयमा के गर्ने भनी सोमबार सर्वोच्च अदालतमा छलफल हुँदैछ । त्यसका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सबै न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास गठन गरेको छ । बृहत् पूर्ण इजलासमा सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको प्रतिवेदनमाथि छलफल हुने सर्वोच्चका सूचना अधिकारी […]

महांकालमा २ पांग्रे सवारी साधन चलाउन रोक

५ जेठ, ललितपुर । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महा‌ंकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । […]

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार प्रकरण : अभद्र व्यवहारको मुद्दा चल्ने

५ जेठ, काठमाडौं । नागढुंगामा स्वयम्सेवी युवक भन्ने व्यक्तिबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले अभद्र व्यवहार सम्बन्धी कसूरमा जाहेरी दखास्त परेको अनलाइनखबरलाई बताए । […]

वीरगञ्जका संक्रमितले पाउन थाले पोषिलो खाना

५ जेठ, वीरगञ्ज । वीरगञ्जका कोरोना संक्रमितले पोषिलो खाना र खाजा पाउन थालेका छन् । सानो पाइला नामक एक सामाजिक संस्थाले अस्पतालमा उपचाररत संक्रमितहरूलाई पोषिलो खाना र खाजा सोमबार बिहानदेखि खुवाउन सुरु गरेको हो । अस्पतालको आइसोलेसनमा रहेका बिरामीहरूले पोषणयुक्त भोजन नपाएको गुनासो आएपछि उक्त संस्थाले पोषणयुक्त खाना र खाजा खुवाउन सुरु गरेको हो । […]

मृतक महिलालाई राहत बाँड्ने जनप्रतिनिधिको कोरोना परीक्षण

५ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको सम्पर्कमा आएका टोखा नगरपालिकाका २४ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । ती महिलाको परिवार डेरा गरी बस्ने घरका घरबेटी, सँगै भाडामा बस्ने अन्य बासिन्दा, सामान किनमेल गर्ने पसल सञ्चालक र राहत वितरण गर्ने तीन जनप्रतिनिधिको कोरोना परीक्षण गरिएको हो । ती जनप्रतिनिधि संक्रमित महिलाको […]

बारामा नोट आतंक !

५ जेठ, काठमाडौ । २४ घण्टा बित्न नपाउँदै बारामा फेरि बेवारिसे नोट फेला परेको छ । तर, यो पटक सडकमा भेटिएको नोट भने नक्कली रहेको पाइएको छ । बच्चाहरूले खेल्ने भारतीय नक्कली नोट (भारतीय चिल्ड्रेन करेन्सी) बाराको पचरौता नगरपालिका-९ स्थित भलदुसवा टोलमा भेटिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । सोमबार बिहान सडकमा बेवारिसे अवस्थामा […]

पर्सामा चरेस र गाँजा बरामद

५ जेठ, वीरगञ्ज । पर्साबाट प्रहरीले चरेसको धुलो र गाँजा बरामद गरेको छ। पटेर्वासुगौली वडा नम्बर ५ स्थित एक गोठबाट १८ केजी चरेसको धुलो र ५ किलो गाँजा बरामद गरेको हो। विशेष सुराकीको आधारमा ऐलानी जमिनमा बनाइको दुईतीन वटा गोठमा छापामारी गर्दा एउटा गोठबाट उक्त परिमाणको चरेसको धुलो र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय […]

बारामा कोरोना उपचार : गंगापुरमा अस्पताल, क्वारेन्टाइन पनि दोब्बर पारिने

५ जेठ, काठमाडौं । सोमबार करैयामाईका एक जना पुरुष संक्रमित थपिएपछि बारामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरूको संख्या ५ पुगेको छ । सोमबार पुष्टि भएका ३८ वर्षीय पुरुष पत्रकार हुन् । बारा जिल्लाको पहिलो संक्रमित जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान हुन् । बारामा अब कोरोना संक्रमित व्यक्तिहरूको परीक्षणको दायरा बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिले क्वारेन्टाइनको […]



from समाचार – Online Khabar https://ift.tt/2WHzj7Z
via IFTTT
Powered by Blogger.