समाचार
४ जेठ, जनकपुरधाम । सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद […]
४ जेठ, काठमाडौं । भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्ट किट आइतबार प्रदान गरे । दूतावासका अनुसार ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ […]
४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]
४ जेठ, विराटनगर । झापाको भद्रपुर नगरपालिका– ५ कि प्रमिला ढकाल (परी) पेसाले नर्स हुन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र एक साता कोरोना संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि हालै उनी घर फर्किएकी छन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दरबन्दी विर्तामोडको दुर्गा माविमा थियो । तर लकडाउनका कारण घरमा २९ […]
४ जेठ, काठमाडौं । अहिले अरु क्षेत्रजस्तै जलविद्युत् क्षेत्रमा पनि कोभिड-१९का कारण विविध समस्या उत्पन्न भएका छन् । हाल ३ हजार मेगावाट बराबरको आयोजना निर्माणको क्रममा छन् । कूल ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भइसकको छ । अब कोरोनाका कारण उत्पन्न संकटले बनिरहेका, बन्ने तयारीमा रहेका र अध्ययनमा रहेका आयोजनाहरु सबै प्रभावित भएका छन् […]
४ जेठ, जनकपुरधाम । धनुषामा फेला परेका २ कोरोना संक्रमित २ महिनाअघि नै भारतको मुम्बईबाट फर्केर आएको पाइएको छ । मुम्बईबाट उनीहरु घर नआई चितवन गएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका धनुषाका थप २ पुरुष संक्रमित नगराइन नगरपालिका–१, घोरघासका हुन् । केही महिनाअघि यी दुवै जना भारतको मुम्बई गएको र फागु पूर्णिमाको समयमा […]
४ जेठ, काठमाडाैं । सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते सङ्घीय संसद्को दुवै सदनमा संयुक्त रूपमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव […]
विश्व अर्थतन्त्र तथा सामाजिक व्यवस्था अहिले जोखिममा छ । कोरोना नामक भाइरसले मानव जीवनलाई मात्र जोखिममा पारेको छैन । यसबाट बच्न अपनाइएको नीति भनौं वा तरिका अर्थात् लकडाउनले आर्थिक सामाजिक व्यवस्थामा पनि आमूल परिवर्तन गराएको छ । मानिसको आवतजावत, उठबस, खानपान, कार्यशैली, सोच तथा समाजमा घुलमिलको अवधारणालाई पनि जर्र्जर पारेको छ । साथै, यसलाई परिवर्तनको […]
४ जेठ, काठमाडौं । बाराको आदर्श कोतवाल गाउँपालिका–८ स्थित कोत्वाली गाउँमा आइतबार बिहान बेवारिसे अवस्थामा पैसा फेला परेको छ । ५ सयको १६ थान नोट बेवारिसे अवस्थामा फेला परेको बाराका डीएसपी गौतम मिश्रले अनलाइनखबरलाई जानकारी दिए । डीएसपी गौतमले भने, ‘बाटोमा पैसा भेटिएकोले कसैको खसेको हुन सक्छ । भेटिएको पैसा प्लास्टिकमा पोको पारेर सुरक्षित राखेका […]
४ जेठ, काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) का झण्डै पाँच हजार संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, पछिल्लो २४ घण्टामा भारतमा चार हजार नौ सय ८७ नयाँ संक्रमित देखिएका हुन्। यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० हजार नौ सय २७ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या […]
४ जेठ, बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए […]
३ जेठ, बुटवल । बुटवलका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले ‘नर्स रोबोट’ निर्माण गरेका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्रमानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरूले ‘गो कोरोना’ नामको नर्स रोबोट बनाएका हुन् । एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । चार फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक […]
४ जेठ, कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दीका बेला भारतबाट आएका ६२३ जना क्वारेन्टाइन अवधि पूरा गरी घर फिर्ता भएका छन् । भारतबाट फर्केकाहरु जिल्लाका नौवटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा १४ देखि २१ दिनसम्म बसेर घर फिर्ता भएका हुन् । क्वारेन्टाइनमा बस्दा खानपानको सम्पूर्ण व्यवस्था स्थानीय तहले मिलाएका थिए । क्वारेन्टाइनमा बस्नका लागि आउँदा सामान्य स्वास्थ्य जाँच […]
४ जेठ, हेटौंडा । कोरोना भाइरस महामारीका कारण एक जनाको मृत्यु भएपछि बागमती प्रदेशले सतर्कता अपनाउन थालेको छ । प्रदेश सरकार कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गम्भीर भएर लकडाउनको कार्यान्वयनमा लागेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले बताए । उनले प्रदेशका सबै जिल्लामा कडाईका साथ लकडाउन कार्यान्वयनका लागि निर्देशन दिएको बताए । कोरोना संक्रमणका […]
४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक जना महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र […]
४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो । सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्ने छ । […]
४ जेठ, रौतहट । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ । राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरू केही […]
४ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा आठ सय १६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा […]
४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर […]
४ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा आइतबार संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आइतबार बिहान ११ बजे संसद बैठक बस्दै छ । संसदीय प्रचलनअनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरूले आफ्ना धारणा राख्नेछन् । नीति […]
४ जेठ, काठमाडौं । इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो । यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरू खोल्ने अनुमति दिइएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3fW2R9y
via IFTTT






















