Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द गर्ने निर्णयको विरोध

७ जेठ, दाङ । ओपीडी सेवा बन्द गरेर कोरोना संक्रमितको मात्रै उपचार गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन भन्दै प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिदिएपछि दाङबासी रुष्ट बनेका हुन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन […]

दशगजामा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हट्यो

७ जेठ, काठमाडौं । पर्साको ठोरीका वासिन्दाको विरोध र अवरोधपछि सीमा नाका दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटेको छ । ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको नागरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठले बताए । भारतको वन विभागको टोलीले […]

वैंशालु मौसम र बकुल्लाको स्वच्छन्द मधुमास

वसन्त ऋतुको यो मोहक मौसम । अरुबेला जस्तो काठमाडौंको आकास धुलो र धुँवाका कणहरुले उकुसमुकुस हुँदो हो त यहाँ विचरण गर्ने चराचुरुङ्गीको यौवना यसरी फक्रने थिएन होला । तर, ३० लाख हाराहारी जनसंख्यालाई थेगेको यो शहर अहिले आफ्नै लयमा सुस्ताउन पाएको छ । यहाँको माटो अन्नबाली र रंगबिरंगी फूलहरुले हराभरा छ । खोलानाला गतिशील छ […]

निरीक्षणका लागि छाउनी जाँदैछन् प्रधानमन्त्री

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिँदैछन् । छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैछन् । कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि […]

संक्रमित चिकित्सक रिपोर्ट आउने अघिल्लो दिन स्वास्थ्य मन्त्रालयको बैठकमा

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका मन्त्रालयका एक अधिकारीले जानकारी दिएका […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

७ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको ल्योसिखेल सिल

७ जेठ, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । आउजाउ गर्ने बाटोमा बाँसको तगारो लगाएर बन्द गरिएको छ । सो क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ । मानिसहरु आ-आफ्नो घरभित्रै छन् । बाहिरका मानिसहरुलाई पनि सो क्षेत्रमा आउन रोक लगाइएको छ । मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना […]

नक्सा सार्वजनिक भएको विषयमा कसैको देवत्वकरण नगरौं : बामदेव

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयाँ नक्सा सार्वजनिक भएको विषयमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । बुधबार बिहान विज्ञप्ति जारी गरी उनले नक्सा सार्वजनिक हुनु पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार भएको बताएका छन् । ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन […]

१० जनामा कोरोना भेटिएपछि कचनकवलका ५ वडा सिल

७ जेठ, झापा । जिल्लाको कचनकवल गाउँपालिकाका–१० जना कोरोना संक्रमित भएसँगै ५ वडा मंगलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वडा रहेका छन् । शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, […]

गोकर्णेश्वर नगरपालिकाका १ जनामा कोरोना संक्रमण

७ जेठ, काठमाडौं । काठमाडौंमा मंगलबार भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एकजना गोकर्णेश्वर नगरपालिका–४ को रहेको खुलेको छ । डेढ हप्ताअघि भैरहवाबाट तरकारी बोक्ने गाडी चढेर काठमाडौं आएका उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णेश्वर नगरपालिकाले हालै बाहिरी जिल्लाबाट आएका मानिसको खोजी गर्दा उनलाई भेटेर परीक्षण गर्न पठाएको थियो […]

कालीमाटीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अनलाइनखबरलाई बताएअनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाको उपचार, ओपीडी बन्द

७ जेठ, घोराही । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित व्यक्तिहरुको उपचार सुरु हुने भएपछि बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । प्रतिष्ठानले सूचना जारी गरी बहिरंग सेवा बन्द गरिएकाले अन्य बिरामीहरुलाई तुलसीपुर प्रादेशिक अस्पताल वा अरु कुनै स्वास्थ्य संस्थामा जान भनेको छ । साथै आफ्नो आकस्मिक कक्ष तथा अन्य वार्डमा रहेका बिरामीहरुको व्यवस्थापन […]

कर्णालीमा हेलिकप्टर प्रयोग गरेर स्वाब संकलन

७ जेठ, सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालीकोटका नौ स्थानबाट ६५३ जनाको र मुगुका दुई स्थानबाट पनि हेलिकोप्टरबाट स्वाब जुम्ला ल्याइएको हो । गाडीबाट ल्याइएको थप ५०० जनाको गरी एक हजार ७५३ जनाको स्वाब जुम्ला ल्याइएको […]

डाक्टरको द्विविधा : कसको उपचार गर्ने, कसको नगर्ने ?

७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का संक्रमित दिनानुदिन बढ्दै छन् । त्यसैले स्वाभाविकरुपमा नै विश्वभरका कोभिड अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । यस्तोमा धेरै अस्पतालहरूको अवस्था यस्तो भइसकेको छ कि उपचारको लागि बेड, भेन्टिलेटर र औषधिको अभाव पनि देखिएको छ । अन्तिम श्वास लिँदा पनि बिरामीलाई बचाउने प्रयास गर्नु डाक्टरको धर्म हो […]

ब्राजिलमा कोरोनाका नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै बढी

७ जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । एकैदिनमा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । यससँगै ब्राजिलमा कोरोना […]

तरकारी बोक्ने गाडीमा काठमाडौं आएका थिए मकवानपुरका संक्रमित

७ जेठ, काठमाडौं । मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ देउरालीका एकजना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरको एकजनामा संक्रमण पुष्टि भएको भनिएका व्यक्ति टिष्टुङकै भएको थाहा भएको छ । सवारी चालकको पेशा गर्दै काठमाडौं बाफलमा बस्दै आएका पुरुषलाई कोरोना पुष्टि भएको छ । […]

राष्ट्र बैङ्कले उठायो करिब डेढ खर्ब आन्तरिक ऋण

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये करिब डेढ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ। राष्ट्र बैङ्कले एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । भट्टका अनुसार यसका अतिरिक्त केही दिनभित्रै थप ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठ्दैछ । चार […]

अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमले माग्यो सुरक्षा

६ वैशाख, काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन दबाव आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन दबाव दिएको भन्दै निगमले गम्भीर आपत्ति जनाएको हो । स्थानीय असंगठित समूहले जसरी पनि डिपोको भिडभाड बन्द गराउनुपर्ने भन्दै दबाब […]

दीपावली अहिले होइन, भूमि फिर्ता आएपछि

७ जेठ, काठमाडौं ।  सात महिना अगाडि भारतले नयाँ नक्सा जारी गर्दा नेपालले पनि आफ्नो नक्सा सच्याएर भारतलाई काउन्टर दिनुपर्ने माग व्यापकरुपमा उठेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘हामी भूमि फिर्ता ल्याउने प्रयासमा छौं, नक्सा छाप्नु त के ठूलो कुरा भयो र ?’ आफ्नो उक्त अभिव्यक्तिको भावलाई आफैंले चिर्दै ओलीले मन्त्रिपरिषदबाट […]

भक्तपुरका कोरोना संक्रमित व्यक्ति काठमाडौं महानगरको गाडी चालक

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका भक्तपुरका व्यक्ति काठमाडौं महानगरपालिकाको गाडी चालक भएको खुलेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित व्यक्ति वडा नम्बर ५ का बासिन्दा हुन् । उनको घरसहित वरपरको क्षेत्रलाई मंगलबार रातिदेखि नै सिल गरिएको छ । संक्रमित व्यक्तिलाई मंगलबार राति नै अस्पताल लगिसकेको भक्तपुर नगरपालिका प्रमुख […]

काठमाडौंमा कार्यरत दुई प्रहरीमा देखियो कोरोना संक्रमण

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोना पोजेटिभ देखिएको हो । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै […]



from समाचार – Online Khabar https://ift.tt/3bM2g6Z
via IFTTT
Powered by Blogger.