Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कामदारसँगको करार सम्झौता अनिवार्य पालना हुनुपर्छ : गोकर्ण बिष्ट

२६ वैशाख, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । नेपाली श्रमिक कोरोनाको संक्रमणका कारण जोखिममा परेकोले नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ । ‘खास गरी करार अवधि सकिएर स्वदेश र्फकने क्रममा […]

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । […]

‘चिनियाँलाई स्वदेश फर्कन नेपालले रोकेको होइन’

२६ वैशाख, काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे । लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् । भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका […]

वीरगञ्जको छपकैयामा थप २७२ जनाको थ्रोट स्वाब संकलन

२६ वैशाख, वीरगञ्ज । एउटै परिवारका १८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयामा पीसीआर विधिबाट परीक्षणलाई तीब्र बनाइएको छ । शुक्रबार मात्र छपकैया–३ बाट २७२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । बिहीबार ८९ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी […]

नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोल्यो

२६ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी […]

दशगजामा २५ सय नेपाली : भारतले जा भन्छ, नेपाल प्रहरीले बाटो छेक्छ

२६ वैशाख, बुटवल । भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी गरेर स्वदेश फर्कने क्रममा लकडाउनमा परेर भारतीय क्वारेन्टाइनमा २४ दिन बसेका उनीहरू अझै  स्वदेश फर्कन पाएका छैनन् । रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय […]

ढुवानीको साधन सञ्चालन सहज बनाउन माग

२६ वैशाख, काठमाडौं । उत्पादनमुलक उद्योधन्दा सञ्चालनमा आएसँगै ढुवानीको साधन सञ्चालन गर्नदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । उद्योगको उत्पादन बजारसम्म पुर्‍याउन ढुवानी सेवा सुचारु हुन जरुरी भएको भन्दै ढुवानी सुचारु गर्न नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारको ध्यानाकर्षण गराएको छ । उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ […]

क्वारेन्टाइनबाट १९ भारतीय भागेपछि प्रहरी प्रमुख तानिए

२६ वैशाख, जनकपुरधाम । कोशी व्यारेजस्थित एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको उक्त क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि छानबिन सुरु गरिएको हो । स्रोतका अनुसार उनीहरुलाई प्रहरीकै सहयोगमा भारततर्फ पठाइएको हो । कोशी नदीबाट डुंगामार्फत रक्सी, […]

उद्योग चलाउन प्रहरीले सहयोग नगरेको उद्योगीको गुनासो

२६ वैशाख, काठमाडौं । उद्योगी व्यवसायीले सरकारको निर्णयअनुसार उद्योग तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले सहयोग नगरेको गुनासो गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर नेपाल बिजनेस इनिसियटिभ समूह (एनबीआई)ले यस्तो गुनासो गरेको हो । सरकारी निर्णय स्वागतयोग्य भए पनि प्रहरीबाट सहयोग नपाइएको एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री भट्टलाई जानकारी गराएका […]

कोरोना रोक्न प्रदेश १ ले ल्यायो ‘थ्री टी’ को अवधारणा

२६ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारण अघि सारेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताएका हुन् । प्रदेश १ मा ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, […]

भारतले मानसरोवर जाने बाटो खोलेकोमा कमल थापाको विरोध

२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा/लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् । भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा […]

अब एउटै किटबाट पाँच जनाको कोरोना परीक्षण

२६ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को ‘पुल टेस्टिङ’लाई स्वीकृति दिएको छ । क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरूको पुल टेस्टिङ गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले गरेको अध्ययनमा सकारात्मक रिजल्ट आएकाले एक पटकमा पाँच जनासम्मको नमुना मिसाएर परीक्षण गर्न स्वीकृति दिइएको […]

दुबईमै पतिको शव जल्यो, नेपालमा किरियाघर नपाउँदा पत्नीको मन जल्यो !

२६ वैशाख, पोखरा । घरिघरि टोलाइरहन्छिन्, मीना सुनार । आफैंसँग झस्किन्छिन् । घरि भक्कानो छोडेर रुन्छिन् त घरि सुँक्क सुँक्क गर्दै घर भित्र–बाहिर गरिरहन्छिन् । आफ्नै घर बिरानोजस्तो लागेको छ । छोरा आइपुग्छन् र थम्थम्याउँछन् । कालीखोला सुसाएझैं मीनाको मन यसै सुसाइरहेको होइन । एकातिर श्रीमान बित्दाको चोट छ, अर्कोतर्फ समाजले गरेको विभेद । मीनालाई […]

लकडाउनमा बजार अनुगमन : पर्वत उत्कृष्ट, म्याग्दीको डामाडोल !

२६ वैशाख, पोखरा । उपभोक्त मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको […]

सेभ द चिल्ड्रेनले बुझायो प्रदेश २ सरकारलाई २६३ थान पीपीई

२६ वैशाख, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्व लड्न प्रदेश २ सरकारलाई २ सय ६३ थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) प्रदान गरिएको छ । शुक्रबार सेभ द चिल्ड्रेनले पीपीई प्रदेश सरकारलाई बुझाएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त सामग्री प्रदान गरेको सेभ द चिल्ड्रेनका पूर्वाञ्चल फिल्ड कार्यालयका सहनिर्देशक डा. अजयकान्त झाले बताए […]

आयुर्वेदिक औषधि र पुष्पगुच्छा बोकेर बिदा भए निको भएका संक्रमित

२६ वैशाख, विराटनगर । कोशी अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा विराटनगर महानगरपालिका १७ का ६० वर्षका इजराइल मियाँ हर्षित देखिन्थे । कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका उनी आफूलाई सुरुदेखि नै डर नलागेको बताउँछन् । ‘यहाँ आउँदा डराएको थिइन । अहिले डिस्चार्ज हुँदैछु । कोरोना लाग्यो भनेर यहाँ बसे तर मलाई लक्षण देखिएन’ उनले भने । […]

दुई पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित

२६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई जना पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । २०६४ सालको संविधानसभा सदस्यद्धय विश्वनाथ अग्रवाल र शिवनारायण उरावको निधनप्रति दुख व्यक्त गर्दै शुक्रबार बसेको दुबै सभाको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको हो । अग्रवालको ७५ बर्षको उमेरमा फागुन ३० गते ललितपुरस्थित आफ्नै निवासमा निधन भएको थियो […]

विद्यालयको नतिजा वडा कार्यालयले प्रकाशन गरिदिने

२६ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १३ मा सामुदायिक विद्यालयको परीक्षाफल वडा कार्यालयले नै प्रकाशन गरिदिने भएको छ । आइतबार वडा कार्यालयबाटै सबै सामुदायिक विद्यालयको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिरहेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । ‘लकडाउन थपिँदै जाँदा विद्यार्थी, विद्या र शिक्षक सबैलाई मानसिक तनाव भएको छ । यस्तो बेला एकीकृत […]

३६ दिनपछि निको भएर फर्किइन् सुदूरपश्चिमकी संक्रमित महिला

२६ वैशाख, कैलाली । नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया  महिलालाई शुक्रबार अस्पतालले घर पठाएको हो । सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो । दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण […]

तीन दिनभित्र ४ हजार पीसीआर परीक्षण गरिने

२६ वैशाख, काठमाडौं । सरकारले २८ वैशाखभित्र चार प्रदेशका १२ जिल्लामा ४ हजार ३७० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने लक्ष्य लिएको छ। कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले वैशाख २६, २७ र २८ गते ४ हजार ३७० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह—प्रवक्ता […]

धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध गर्ने प्रशासनको निर्णय

२६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संकट व्यवस्थापन केन्द्र धादिङको शुक्रबार बसेको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागु गर्दै धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णत: निषेध गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान […]



from समाचार – Online Khabar https://ift.tt/2YGv9P4
via IFTTT
Powered by Blogger.