Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अर्थतन्त्रमा कोरोना प्रभावः जीवनसँगै अर्थतन्त्र पनि बचाऔँ

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीको आज ५६ दिन पुगिसकेको छ । हिजोमात्र मन्त्रिपरिषदले थप १५ दिनका लागि बन्दाबन्दी लम्बाउने निर्णय गरेको छ । बन्दाबन्दीका बाबजुद कोरोना सङ्क्रमणको दर बढ्दो छ र यसकै कारण दुईजनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण उद्योग/व्यवसाय तथा पूर्वाधार निर्माणलगायतका सबै क्षेत्र बन्द […]

कोरोनासामु अरु समस्या गौण हुन् : मुख्यमन्त्री शाही

५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको संकट समाधानका लागि एकतावद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् । लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग वाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुलाई कोरोनाले निम्त्याएको समस्याका सामु अरु समस्या गौण रहेको मुख्यमन्त्री शाहीले बताए । विश्वव्यापी संकटका […]

सिसडोलबासीको कोरोना परीक्षण हुने, फोहोर विसर्जनको अवरोध हट्यो

५ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि […]

क्वारेन्टाइनमै रोग सर्ने चिन्ता !

५ जेठ, डोटी । मुगुको खत्याड गाउँपालिका-८ का ३० वर्षीय दीपक परियार अहिले कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा छन् । भारतको मथुरामा रोजगारी गर्दै आएका उनलाई कोरोना महामारीको कारण देखाउँदै मालिकले घर जान भने । उनी स्वदेश फर्किने सपना बोक्दै चार महिनाको बच्चा र श्रीमतीसहित नेपाल आए । तर उनको आफ्नो गाउँ यात्रा भारतको पालियामै रोकियो […]

सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्ने रत्तिभर विश्वास छैन : गगन थापा

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । सीमामा अलपत्र परेका नेपालीहरु र खाडी मुलुकमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन नसकेको उल्लेख गर्दै उनले भने, ‘जसले आफ्नो मान्छे चिन्न सक्दैन । जसले आफ्नाे मान्छे जोगाउन सक्दैन । त्यसले माटो जोगाउन पनि […]

कोरोनाको हटस्पट बनेको भारतीय तरकारी बजार

५ जेठ, काठमाडौं । मे ५ मा दक्षिण भारतको एक जिल्ला कलेक्टर भरत गुप्ताले चेन्नई सहरमा रहेको विशाल तरकारी बजार कोयाम्बेदु अस्थायी रुपमा बन्द हुँदैछ भन्ने कुरा थाहा पाए । कारण थियो, बजारका केही मजदुर र विक्रेतामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुनु र यहाँबाट आसपासका अन्य क्षेत्रमा पनि संक्रमण फैलिनु । गुप्तालाई यो […]

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल

५ जेठ, बुटवल । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ २० गते सम्म सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । ‘जिल्ला सिल […]

रौतहटका ८५ जना पत्रकारको बिमा

५ जेठ, रौतहट । कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ । नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कूल ८५ लाखको बिमा गरिएको हो । माधवनारायण नगरपालिकाका मेयर […]

‘देशको सेवा गर्दागर्दै कोरोना संक्रमित भएछु’

५ जेठ, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिन थालेको छ । कपिलवस्तु, काठमाडौं र बारामा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पटक बाराको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानमा जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अहिले कलैयास्थित कोरोना अस्पतालको […]

खाद्यको गोरखा शाखाबाट चामल वितरण राेकियाे

५ जेठ, गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, गोरखाले चामलको बिक्री–वितरण स्थगित गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै खाद्यले बिक्री–वितरण स्थगित गरेको हो । आगामी दिनमा हुनसक्ने खाद्य संकटलाई मध्यनजर गर्दै बिक्री–वितरण तत्काललाई रोकिएको कार्यालय प्रमुख नवीन बस्नेतले जानकारी दिए । ‘कोरोना महामारीले कार्यालयमा चामल ल्याउनसमेत समस्या भएको छ […]

वार्ता हुँदै गर्छ, सीमामा सेना पठाउनुपर्छ : पूर्वरक्षामन्त्री प्रधान

५ जेठ, काठमाडौं । पूर्वरक्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले सेनालाई सीमामा पठाउनन सरकारलाई आग्रह गरेका छन् । ‘वार्ता हुँदै गर्छ । सेनालाई सीमामा पठाउनुपर्छ । आफ्नो सीमा रक्षा गर्ने दायित्व सरकारको हो । सीमा खाली छोडेमा मिच्नेले मिचिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने । सेना […]

पत्रकार र काउन्सिलका कर्मचारीको कोरोना परीक्षण

५ जेठ, काठमाडौं । सोमबार नेपाल प्रेस काउन्सिलका पदाधिकारी, कर्मचारी र पत्रकारहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । नियमित रिपोर्टिङमा हिँड्ने पत्रकार, फोटो पत्रकार र अनुगमनमा हिँड्ने काउन्सिलका पदाधिकारी तथा कर्मचारीमा कोरोना संक्रमण परीक्षण गरिएको हो । काउन्सिल कार्यालयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका स्वास्थ्यकर्मी पुगेर पत्रकार, काउन्सिल पदाधिकारी र कर्मचारीको स्वाब संकलन गरेको हो ।

गुल्मीमा पनि देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो

५ जेठ, काठमाडौं । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष […]

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यस्तै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र दाङका एकएक पुरुषमा संक्रमण […]

रक्षामन्त्रीलाई प्रश्न : कालापानी भ्रमण औपचारिक कि व्यक्तिगत ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रमा गरेको निरीक्षण औपचारिक हो कि व्यक्तिगत भन्दै प्रश्न गरेका छन् । दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद बडूले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उक्त भ्रमणबारे यथार्थ जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरे । संसदको राज्य व्यवस्था […]

नीति तथा कार्यक्रम कोभिड-१९ को चुनौतीमा अल्झिने होइन : विष्णु पौडेल

५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका चुनौती सामना गर्ने र आर्थिक-समाजिक जीवनलाई गतिशील बनाउने संकल्पका साथ अघि बढ्नुपर्ने बताए । ‘नीति तथा कार्यक्रम […]

सिसडोलबासीले मागे कोरोनाको परीक्षण, रोकिए फोहोर बोकेका गाडी

५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर विर्सजनमा फेरि समस्या परेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत-जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिने अवस्था आएको हो । लकडाउनको कडाइको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध भएपछि काठमाडौं महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ककनी गाउँपालिकाले स्थानीयको स्वस्थ्य परीक्षणको माग गर्दै फोहोर विसर्जन गर्न रोक लगाएको […]

बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन एफएनसीसीआईको माग

५ जेठ, काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो । महासंघले एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडागरी घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि तीन […]

कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?

५ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको छ । सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी अघिल्लो दिनदेखि नै पटकपटक वान्ता गरेको, स्वास फेर्न कठिनाइ भएको, ज्वरो आएको थाहा हुँदाहुँदै अस्पताल किन नलगिएको भनी प्रश्न गरेका हुन् । […]

ठोरीको सीमा आइपुगेकाहरूलाई भारततर्फ फर्काइयो

५ जेठ, काठमाडौ । पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर […]

उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

५ जेठ, काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासका लागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् । उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास वितरण गर्ने निर्याणयले स्वतन्त्र र साना उद्योगी व्यवसायीलाई अप्ठ्यारो परेको गुनासोपछि उद्योग मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयको सोमबार बसेको बैठकले यस्तो निर्णय […]



from समाचार – Online Khabar https://ift.tt/3fZtdHr
via IFTTT
Powered by Blogger.