समाचार
६ जेठ, काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका– ८ का एक वृद्धको मृत्यु भएको थियो । ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ […]
६ जेठ, वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसलगायत अन्य क्वारेन्टाइनमा बसेका २०० बढी भारतीय नागरिकलाई मंगलबार भारत पठाइएको छ । लकडाउन सुरुभएदेखि नेपालका विभिन्न भागमा मजदुरी गरी भारत फर्किने क्रममा वीरगञ्ज पुगेका उनीहरुलाई मंगलबार भारत पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनीहरुलाई अलौ सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी) नाका हुँदै […]
६ जेठ, काठमाडौं । दाङका इँटा भट्टामा कार्यरत भारतीय मजदुरहरुले आफूहरुलाई स्वदेश फर्काइदिन माग गर्दै घोराहीमा प्रदर्शन गरेका छन् । हिन्दी भाषमा ‘नेपाल सरकार हामीलाई घर पठाऊ होइन भने यहीँ गोली हान्देऊ’ लेखिएका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् । लकडाउनसँगै इँटाभट्टामा काम बन्द भएपछि भारतका मजदुरहरु सोमबार साँझ आफैं गाडीको व्यवस्था गरेर घर जाने भन्दै […]
६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेको छ । सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरिएको हो । मसाल महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई […]
६ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने भएको छ । विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो […]
६ वैशाख, काठमाडौं । सरकारी स्वमित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले राहत वितरणका लागि पालिकाहरुलाई झण्डै ११ लाख किलो खाद्यन्न बिक्री गरेको छ । लकडाउनको ५५ औं दिनसम्म दश लाख ८० हजार ६४६ किलो खाद्यन्न बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । यस अवधिमा ७८ हजार २१३ किलो नून, ५३ हजार ८८६ लिटर तेल, ६ […]
६ जेठ, काठमाडौं । कतारको जेलमा रहेका ८ जना नेपालीहरुले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियोगमा बन्दी जीवन बिताइरहेका ८ जना नेपालीहरूलाई क्षमादान दिएको कतारस्थिति नेपाली दूतावासले जनाएको छ । क्षमादान प्राप्त गर्नेहरुमा ४ जना कुटपिट, २ जना चोरी […]
६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी/पीसीआर गर्न पाउनेछन् । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने […]
६ जेठ, सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका– १, भारदहले वडाका अतिविपन्नलाई प्रतिपरिवार ११ सय ५० रुपैयाँको राहत प्याकेजमा १५ किलो चामल, दुई किलो दाल, एक लिटर खानेतेल र एक किलो नुन वितरण गर्यो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकमा लकडाउन गरेको बेला वडा कार्यालयले वितरण गरेको राहत लिन भारदह चोक पुगेका २५ जनाभन्दा बढी […]
६ जेठ, जनकपुरधाम । ४ वर्षअघि गोली प्रहार गरी मोटरसाइकल लुटपाट गरेको घट्नामा फरार रहेका एक व्यक्ति धनुषाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–७, का ‘चाणक्य’ भनिने विजय यादव छन् । यादवले ०७३ फागुन १ गते सिरहाको कल्याणपुर नगरपालिका–८, अरंगका लालु खानलाई गोली प्रहार गरी घाइते बनाएका थिए । खान घाइते भएपछि […]
६ जेठ, काठमाडौं । मन्त्रिपरिषदले मंगलबार नेपालको नयाँ नक्सालाई स्वीकृति दिएसँगै देशभित्र राष्ट्रवादको ठूलै तरंग उब्जेको छ । देशका मिडियाहरुमा महत्वका साथ समाचार प्रकाशन–प्रशारण भइरहेका छन् । एउटा देशले आफ्नो नक्सा परिवर्तन गर्नु भनेको अन्तर्राष्ट्रिय चासोको विषय पनि हो । त्यसैले यो विषयले अन्तर्राष्ट्रिय मिडियाहरुको पनि ध्यान तान्ने अपेक्षा थियो । तर, भारतबाहेक विश्वका प्रमुख […]
६ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताएका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रम@kpsharmaoliको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल […]
६ जेठ, काठमाडौं । सरकारले नेपालको अतिक्रमित भू-भागलाई समेटेर नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । नेपाल-भारतबीच दुई सय वर्ष पहिला भएको सुगौली सन्धिलगायतका तथ्य तथा प्रमाणका आधारमा नेपालले आफ्नो वास्तविक नक्सा सार्वजनिक गरेको हो । तर, नक्सा सार्वजनिक गर्नु नै सबथोक भने होइन । स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नक्सा छापेर मात्रै […]
५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा संसदीय दलको नेता दिनानाथ शर्माले सरकारले नेपालको एक कण माटो पनि नछोड्ने बताएका छन् । लिम्पियाधुरा क्षेत्रलाई समेटेर सरकारले नक्सा पारित गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेता शर्माले यस्तो बताएका हुन् । ‘सरकारले एक इन्च हाम्रो एक कण […]
६ जेठ, काठमाडौं । चीनको न्यालम राज्यले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार तातोपानी भन्सारमा आयोजित कार्यक्रममा चिनियाँ अधिकारीले एक करोड तीन लाख नेपाली रुपैयाँ बराबरको मास्क, थर्माेमिटर, पीपीई तथा कोरोना परीक्षण गर्ने टेष्ट किट हस्तान्तरण गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनसँग सिमाना जोडिएको जिल्लाहरुमा दिइने सहयोग अनुसार न्यालम राज्यले […]
६ जेठ, काठमाडौं । सरकारको आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको […]
६ जेठ, विराटनगर । मंगलबार एकै पटक कोरोना संक्रमण पुष्टि भएका झापाका ९ जना हालै भारतबाट नेपाल प्रवेश गरेकाहरु रहेको पाइएको छ । सोमबार कचनवल गाउँपालिका ३ पथरीयाका एक युवकमा कोरोना देखिएको थियो, ती युवक भारतबाट आएका थिए । मंगलबार संक्रमण पुष्टि भएकाहरु पनि भारतबाट नै आएका हुन् । ‘चोरबाटो नेपाल प्रवेश गर्न खोज्दा पाठामारीबाट […]
६ जेठ, बनियानी (झापा) । झापाको विर्तामोड नगरपालिकामा मंगलबार पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बिहान ८ बजे बिर्तामोड नगरपालिका-१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई उचित सम्बोधन गर्न नसकेको गुनासोप्रति कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधि सभामा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै कोरोनाले समेत ठूलो-सानो मानिस नचिन्ने जवाफ दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मंगलबार उनले स्पष्टसँग […]
६ जेठ, विराटनगर । सोमबार संक्रमण पुष्टि भएका सुनसरीको गढी गाउँपालिकाका युवक १० जना साथीसँगै भारतको दिल्लीबाट आएको खुलेको छ । गढी गाउँपालिका– १ का २४ वर्षका युवक १० जना साथीसँगै दिल्लीबाट ११ दिन हिँडेर आएका गाउँपालिकाले जनाएको छ । वैशाख २९ गते राति विराटनगरको सीमावर्ती क्षेत्र जोगवनी आइपुगेका उनीहरुलाई मध्यरातमा भारतीय प्रहरीले चोरबाटो हुँदै […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकबारे चीनसँग पनि कुराकानी भएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरूको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि एक सांसदले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको भारतलाई जस्तै चीनलाई कूटनीतिक नोट पठाएको वा नपठाएको सोधेका थिए । जवाफमा प्रधानमन्त्री […]
from समाचार – Online Khabar https://ift.tt/2TmDnbx
via IFTTT





















