समाचार
२७ बैशाख, काठमाडौं । सरकारले अधिकांश क्षेत्रका सेवा सन्चालनको निर्णय गरेसँगै आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्ने छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै […]
२७ वैशाख, राजापुर । बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ । कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहुँ छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो चरणमा […]
२७ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीले, भारतले नेपालको भूमि हुँदै चीनको मानसरोबरसम्म जाने बाटो खोलेको विषयमा विरोध गर्न सरकार, सांसद र देशभक्त नेपालीहरुमा अपिल गरेका छन् । भारतले लिपुलेक लगायतका नेपाली भूभागलाई आफ्नो नक्साभित्र पार्नुको उद्देश्य नेपालमाथि हस्तक्षेप गर्नु नै रहेछ भन्ने कुरा अहिले प्रष्ट भएको बताउँदै सहअध्यक्ष सुवेदीले सरकार किन […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद कतिपय देशहरुले मस्जिदहरु खोलेका छन् । रमजानको क्रममा शुक्रबारको नमाजका लागि केही देशहरुले मस्जिद खोलेका हुन् । सिरियामा सरकार नियन्त्रित केही क्षेत्रका मस्जिद खोलिएको थियो । यद्यपि मस्जिदलाई किटाणुरहित बनाएपछि खोलिएको थियो भने प्रार्थना गर्न आएकाहरुलाई मास्क लगाउन भनिएको थियो । सामाजिक दुरी पनि पालना गराइएको […]
२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण इटलीमा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । शुक्रबार थप २४३ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ३० हजार २ सय १ पुगेको हो । शुक्रबार मृत्यु भएकाको संख्या बिहीबारको तुलनामा भने कम हो । बिहीबार २७४ जनाको मृत्यु भएको थियो । इटलीमा कोरोना संक्रमितको संख्या […]
२७ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ८३ हजार ८ सय २९ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७७ हजार १ सय ७८ छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सको एक जना प्रमुख सहयोगीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरी केटी मिलरमा कोरोना पोजेटिभ […]
२६ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवेल कोरोना भाइरस) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने भएको हो। अन्य रोगविरुद्ध प्रयोग भइरहेको औषधि कोभिड-१९ मा प्रभावकारी हुने सम्भावना देखेर […]
२६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्रीलाई आग्रह गरे । राजनीतिक दल फुटाउने र संवैधानिक परिषद्मा विपक्षी दलको नेता नभए पनि निर्णय गर्न सक्ने गरी सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी […]
२६ वैशाख, काठमाडौं । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रद्द गरेर रोजगारदाताले अन्तर्राष्ट्रिय कानून उल्लंघ गरेको बताएका छन् । नेपाली श्रमिक कोरोनाको संक्रमणका कारण जोखिममा परेकोले नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ । ‘खास गरी करार अवधि सकिएर स्वदेश र्फकने क्रममा […]
२६ वैशाख, काठमाडौं । शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो दिन नै संसदमा विवादास्पद अध्यादेश, सांसद ‘अपहरण’ प्रकरण र कोरोना भाइरस (कोभिड–१९) को परीक्षणले प्राथमिकता पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको बचाउ गर्दा विपक्षीहरुले चर्को आलोचना गरेका छन् । उनीहरुले कोरोनाको परीक्षण दायरा सांघुरो भएको, स्वास्थ्य सामाग्री तथा उपकरणहरुको उपलब्धता नभएको, राहत […]
२६ वैशाख, काठमाडौं । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । […]
२६ वैशाख, काठमाडौं । स्वदेश फर्कन पाउनुपर्ने माग राखेर सिंहदरबार अगाडि धर्ना दिएका चिनियाँ नागरिक पक्राउ परे । लकडाउन उल्लंघन गरेर निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चिनियाँहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको अवस्था आएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल बताउँछन् । भिडियोमा प्रहरी अधिकारीले ‘निषेधित क्षेत्र प्रदर्शन नगर्नुस्’ भनेर सम्झाएको देखिन्छ । शुक्रबार प्रदर्शनमा उत्रेका […]
२६ वैशाख, वीरगञ्ज । एउटै परिवारका १८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि वीरगञ्ज उपमहानगरपालिका–३ छपकैयामा पीसीआर विधिबाट परीक्षणलाई तीब्र बनाइएको छ । शुक्रबार मात्र छपकैया–३ बाट २७२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । बिहीबार ८९ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी […]
२६ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी […]
२६ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को ‘पुल टेस्टिङ’लाई स्वीकृति दिएको छ । क्वारेन्टाइनमा बसेका र कम जोखिममा रहेकाहरूको पुल टेस्टिङ गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले गरेको अध्ययनमा सकारात्मक रिजल्ट आएकाले एक पटकमा पाँच जनासम्मको नमुना मिसाएर परीक्षण गर्न स्वीकृति दिइएको […]
२६ वैशाख, बुटवल । भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी गरेर स्वदेश फर्कने क्रममा लकडाउनमा परेर भारतीय क्वारेन्टाइनमा २४ दिन बसेका उनीहरू अझै स्वदेश फर्कन पाएका छैनन् । रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय […]
२६ वैशाख, काठमाडौं । उत्पादनमुलक उद्योधन्दा सञ्चालनमा आएसँगै ढुवानीको साधन सञ्चालन गर्नदिन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । उद्योगको उत्पादन बजारसम्म पुर्याउन ढुवानी सेवा सुचारु हुन जरुरी भएको भन्दै ढुवानी सुचारु गर्न नेपाल समुन्द्रपार निकासी पैठारी संघले सरकारको ध्यानाकर्षण गराएको छ । उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ […]
२६ वैशाख, जनकपुरधाम । कोशी व्यारेजस्थित एक प्राथमिक विद्यालयको क्वारेन्टाइनस्थलबाट १९ जना भारतीय नागरिक भागेपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहको उक्त क्वारेन्टाइनमा डेढ सातादेखि बसेका ७२ भारतीय नागरिकमध्ये १९ जना भागेपछि छानबिन सुरु गरिएको हो । स्रोतका अनुसार उनीहरुलाई प्रहरीकै सहयोगमा भारततर्फ पठाइएको हो । कोशी नदीबाट डुंगामार्फत रक्सी, […]
२६ वैशाख, काठमाडौं । उद्योगी व्यवसायीले सरकारको निर्णयअनुसार उद्योग तथा व्यवसाय सञ्चालन गर्न प्रहरीले सहयोग नगरेको गुनासो गरेका छन् । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर नेपाल बिजनेस इनिसियटिभ समूह (एनबीआई)ले यस्तो गुनासो गरेको हो । सरकारी निर्णय स्वागतयोग्य भए पनि प्रहरीबाट सहयोग नपाइएको एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री भट्टलाई जानकारी गराएका […]
२६ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड १९) को सम्भावित महामारी नियन्त्रणका लागि प्रदेश सरकारले ‘थ्री टी’ को अवधारण अघि सारेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले ‘थ्री टी’ को अवधारण अनुसार कोरोना नियन्त्रण अभियान सञ्चालन गरिरहेको बताएका हुन् । प्रदेश १ मा ‘थ्री टी’ अर्थात ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ (खोजी, […]
२६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरा/लिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् । भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा […]
from समाचार – Online Khabar https://ift.tt/3ckVqGK
via IFTTT





















