Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राजनीतिक प्रतिशोधको आधारमा मुख्यमन्त्रीको कार्यालयमा छापा : जसपा

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पु¥याउने कार्य गरेको भन्दै जसपाले यसलाई अत्यन्तै आपत्तिजनक र दूराशयपूर्ण […]

नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ

१५ असोज, काठमाडौं । नेटवर्किङ व्यवसायको नाममा अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको धुलिखेल घर भई काठमाडौंको चावहिल बस्ने २७ वर्षीय नवराज गौतम र रामेछापको खाँडादेवी गाउँपालिका घर भई काठमाडौंको बौद्ध बस्ने २५ वर्षीय विनोद महतेलाई बिहीबार पक्राउ गरेको हो । उनीहरुले भारतको सिलीगुडीमा […]

लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा, पोखरा ९ विकेटले पराजित

१५ असोज, काठमाडौं। चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार भएको दोस्रो खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो । अपराजित चितवन ६ अंकसहित शीर्ष स्थानमा छ । चितवनले यसअघि […]

‘सानो पाइला’ले एक लाख मास्क वितरण गर्ने

१४ असोज, वीरगञ्ज । ‘नेपाल मास्क अभियान’का लागि सानो पाइला नामक गैरसरकारी संस्थाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको छ । मास्क प्रयोग बढाउन सरकारले शुरु गरेको ‘नेपाल मास्क अभियान’मा ऐक्यबद्धता जनाउँदै सानो पाइलाले एक लाख मास्क वितरण गर्ने घोषणा गरेको हो । संस्थाका संस्थापक कञ्चन झाले भने, ‘आम नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित […]

थप १,०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्‍यु

१५ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट […]

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित मकवानपुरबाट एकजना पक्राउ

१५ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद […]

विधान महाधिवेशनमा ओलीको सम्बोधन : प्रचण्ड, माधव नेपाल र अदालतको आलोचना

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदनको सारसहित सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् […]

नवौं महाधिवेशनको कार्यदिशा सर्वसम्मत भयो भन्नु सकारात्मक : भुसाल

१५ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भयो भन्नु सकारात्मक भएको बताएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनको कार्यदिशा विधान महाधिवेशनमा पुग्दा सर्वसम्मत भएको उल्लेख छ । यो सकारात्मक भएको भन्दै उपमहासचिव भुसालले अनलाइनखबरसँग […]

धौलागिरिमा पहिलोपटक दुई नेपाली महिलाले गरिन् सफल आरोहण

१५ असोज, काठमाडौं। विश्वको सातौँ अग्लो धौलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन्। म्याग्दीको धौलागिरि गाउँपालिका-४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गरेको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । उक्त कम्पनीबाट आजै अन्य २० […]

खेलाडी नवीनको परिवारलाई आर्थिक सहयोग

१५ असोज, काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्वफुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट पीडित छन्। कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार […]

विवेकको अर्धशतक, पोखराले चितवनलाई दियो १२४ रनको लक्ष्य

१५ असोज, काठमाडौं। बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा अहिले भइरहेको खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य दिएको छ । टप अर्डर फ्लप हुँदा लोअर अर्डका विवेक यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ७ विकेट गुमाएर १२३ रन बनाएको हो। ४२ रनमै ५ विकेट गुमाएको […]

कुमार पौडेल हत्यामा यसरी जोडिए बादल र सर्वेन्द्र

सर्वोच्च अदालतले गत मंगलबार नेकपा विप्लव समूहका नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरी अधिकारीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा आदेश जारी गर्‍यो । कुमारकी आमा दुर्गादेवीले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको जाहेरी दर्ता नभएपछि सर्वोच्च अदालतले नै फौजदारी अभियोगको छानबिन प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि पूर्व गृहमन्त्री […]

पशुपतिका साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

१५ असोज, काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट पक्राउ गरेको महानगरीय परिसर काठमाडौंले जनाएको छ । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको परिसरका प्रवक्ता […]

डीडीसीले बढायो घिउको मूल्य

१५ असोज, काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए । सरकारले […]

सल्यानमा जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते

१५ असोज, सल्यान । आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् । सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएको जिल्ला इलाका प्रहरी […]

स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन : काठमाडौं प्रशासन

१५ असोज, काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिक/सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने […]

डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

१५ असोज, काठमाडौं । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् […]

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ

१५ असोज, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त […]

जनहितका योजना अघि बढाउन आवश्यक : राष्ट्रपति भण्डारी

१५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय […]

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

१५ असोज, काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा […]

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र […]



from समाचार – Online Khabar https://ift.tt/39SY5rh
via IFTTT
Powered by Blogger.