Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । गलैचा उद्योगीहरुले नेपाल गलंैचा उद्योगहरुको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने बताएका छन् । गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उद्योगीहरुको गुनासो छ । गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई […]

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै

१५ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् । त्यसपछि विभिन्न समूह […]

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसंघका ७ कर्मचारी देश निकाला

१५ असोज, काठमाडौं । इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन […]

चेन्नाई प्लेअफमा हैदरावाद बाहिरियो

१५ असोज, काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो । ११ खेल खेल्दा ९ खेल जितेको चेन्नाई १८ अंकसहित शीर्ष स्थानमा छ । […]

आज ज्येष्ठ नागरिक दिवस, ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस […]

कर्णाली सरकारको ओएनएम कार्यान्वयन नगर्न अन्तरिम आदेश

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाएको संगठन, संरचना तथा दरबन्दी (ओएनएम) कार्यान्वयन नगर्न उच्च अदालत, सुर्खेतले अन्तरिम आदेश दिएको छ । प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका कर्मचारीहरुका तर्फबाट दायर भएको रिटमा अदालतले बिहीबार ओएनएम अगाडिकै संरचनालाई यथास्थितिमा राख्न आदेश दिएको हो । ओएनएम स्वीकृत गरेर प्रदेश सरकारले संघीय निजामती समायोजन ऐनबमोजिम समायोजन […]

एमालेको विधान महाधिवेशन सुरु हुँदै, हुने छैनन् पार्टीका पूर्वप्रमुखहरु

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन […]

स्वास्थ्य प्रोटोकलभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने उद्देश्य छैन : गृह मन्त्रालय

१४ असोज, काठमाडौं । सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल […]

‘कालोधन’सँग दलहरुको खेलाँची

१४ असोज, काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत आयकर ऐन २०५८ संशोधनको प्रस्ताव राख्यो । ऐनको दफा ११ मा ‘राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजना तथा उद्योगलाई सहुलियत’ शीर्षकको व्यवस्थामा निम्न विषयवस्तु थप्न खोजिएको थियो । ‘राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन […]

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल

१४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद वैठकले डा. इन्ऽ ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको हो । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले […]

गृहमन्त्री भेट्न सिंहदरबार धाइरहेका राजकुमार शहनी (भिडियो)

१४ असोज, काठमाडौं । हरेक दिन बिहान १० बजे सिंहदरबार पुग्नु र अपरान्ह कर्मचारीहरु सँगसँगै फर्किनु राजकुमार सहनीको दैनिकी बनिसकेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सहयोगको अपेक्षा उनी एक महिनादेखि गृह मन्त्रालय धाइरहेका छन् । तर औरही गाउँपालिका–२, चक्करका सहनीले अहिलेसम्म गहमन्त्री बालकृष्ण खाणलाई भेट्न पाएका छैनन् । उनी हरेक दिन […]

केपी ओली हिँडेको ‘प्रचण्डपथ’

१४ असोज, काठमाडौं । शुक्रबारदेखि शुरू हुने नेकपा एमालेको विधान महाधिवेशनलाई तीन कारणले चासोका साथ हेरिएको छ । पहिलो– भर्खरै पार्टी विभाजन भएको छ र पहिलोपटक विधान महाधिवेशन हुँदैछ । यसअघि एमालेले नीति तथा कार्यक्रम पनि पार्टी महाधिवेशनसँगै गर्ने गरेको थियो । तर यसपटक नेतृत्व चयन र नीति निर्माण अलग–अलग महाधिवेशनबाट गर्दैछ । नेतृत्व चयन हुने […]

कुमार पौडेल इन्काउन्टर प्रकरण : दुर्गादेवीको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

१४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो । कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई बिहीबार प्रज्ञा भवनमा […]

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

१४ असोज, काठमाडौं । कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । खड्कालाई कोभिड निमोनिया भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. प्रवीण नेपालका अनुसार खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘उहाँलाई कोभिड निमोनिया भएको छ, स्वास्थ्य सुधारोन्मुख र स्थिर छ,’ उनले […]

पोल भाडा बढेपछि केवल टेलिभिजनहरू आन्दोलनको तयारीमा

१४ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकेको पोल भाडाले मार परेको भन्दै केबल टेलिभिजन व्यवसायी पनि आन्दोलनमा तयारी गरेका छन् । काठमाडौंमा बुधबार भएको केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलाले ‘काठमाण्डौ घोषणा पत्र-२०७८ जारी गर्दै प्राधिकरणाको निर्णयको प्रतिवाद गर्ने उद्घोष गरेको हो। सम्मेलनले राज्यले अंगिकार गरेको नीतिका कारण व्यवसाय नै बन्द हुने अवस्था आएको ठहर […]

दशैंअघि गरिब परिवारलाई १० हजार अनुदान दिन कठिन

१४ असोज, काठमाडौं । सरकारले बजेटमार्फत ल्याएको गरिब घर–परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम दशैं अगाडि लक्षित वर्गसम्म पुग्ने सम्भावना न्यून बनेको छ । अर्थ मन्त्रालयले अनुदान वितरणसम्बन्धी कार्यविधि तयार पारेपनि यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छैन । कार्यविधि  तयार गरेर कार्यान्वयन शुरु भएपछि पनि प्रक्रिया पूरा गर्दा दशैं अगाडि लक्षित वर्गसम्म अनुदान रकम […]

एमालेको विधान महाधिवेशनका लागि तयार भयो गोदावरीको सम्मेलन केन्द्र (फोटो फिचर)

१४ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा तयारी पूरा भएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ । शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा प्रतिनिधिहरुको सिट […]

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१४ असोज, झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दैगर्दा हात्तीले सूँढले च्याप्दा लतुमाईको मृत्यु भएको […]

दशैंअघि भित्रियो १० अर्बको १५ लाख मोबाइल

१४ असोज, काठमाडौं । सिन्धुलीका सुमन देवकोटा दशैंमा घर जाँदा आमाका लागि ‘इन्ट्री लेभल’को स्मार्ट मोबाइल लैजाने योजनामा छन् । भिडियो कल गर्न मिल्ने सस्तो र राम्रो फोन खोजिरहेका उनलाई १५ हजारभन्दा घटीको मोबाइल भेटाउन मुस्किल परिरहेको छ । ‘धेरै पसल चाहार्दा पनि भेटिएन,’ नयाँबानेश्वरस्थित एक मोबाइल पसलमा भेटिएका देवकोटाले भने, ‘अब २० हजार आसपासको […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : जनवरीदेखि आन्तरिक उडान थाल्ने तयारी

१४ असोज, पोखरा । पोखरा क्षेत्रीय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले नागरिक उड्ड्यन प्राधिकरणलाई जनवरी १ देखि नै उडान खुला गर्न सिफारिस गरेको कार्यदलका संयोजक विक्रम गौतमले जानकारी दिए । शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि मात्रै अन्तर्राष्ट्रिय उडान […]



from समाचार – Online Khabar https://ift.tt/2YjF1jM
via IFTTT
Powered by Blogger.