Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अख्तियारले मुख्यमन्त्री कार्यालयमा गरेको छापामारीविरुद्ध जसपाले मसाल जुलुस निकाल्ने

१५ असोज, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गर्ने भएको छ । जसपाको प्रदेश समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मसाल जुलुस र विरोध प्रदर्शन गर्ने जनाएको छ । शनिबार प्रदेशका जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन र आइतबार […]

सजिलै प्याड किन्न देऊ न ! (फोटो फिचर)

१५ असोज, काठमाडौं । स्यानिटरी प्याडमा कर नलिन माग गर्दै महिलाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुले ‘रातो घर, माफ गर’, ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’, ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

सुन तस्करी प्रकरण : शुक्रबार १३ जनाले गरे बहस

१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल […]

कुमार पौडेल हत्यामा यसरी जोडिए बादल र सर्वेन्द्र

सर्वोच्च अदालतले गत मंगलबार नेकपा विप्लव समूहका नेता कुमार पौडेलको हत्यामा संलग्न प्रहरी अधिकारीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा आदेश जारी गर्‍यो । कुमारकी आमा दुर्गादेवीले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको जाहेरी दर्ता नभएपछि सर्वोच्च अदालतले नै फौजदारी अभियोगको छानबिन प्रक्रिया अघि बढाउन आदेश दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि पूर्व गृहमन्त्री […]

रेमिट्यान्स घट्दा सकसमा अर्थतन्त्र

१५ साउन, काठमाडौं । गत साउनमा रेमिट्यान्स प्रवाह १८.१ प्रतिशत खुम्चिएर ७५ अर्ब ९६ करोड मात्र नेपाल भित्रियो । २०७७ साउनमा आप्रवाह २३.० प्रतिशत बढेर ९२ अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको छ । आर्थिक वर्ष २०७७/०७८ मा समग्रमा ९ प्रतिशत रेमिट्यान्स बढेपनि आवको अन्तिम महिनातिर […]

काठमाडौंमा प्रकाशमानलाई गगनको साथ, देउवा र भीमसेनदास एकातिर

१५ असोज, काठमाडौं । नेपाली कांग्रेस, काठमाडौंको नगर अधिवेशन शनिबार हुँदैछ । संघीय राजधानी समेत रहेको काठमाडौंमा एक महानगर र १० नगरपालिका छन्, जसमध्ये अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिन्छ । कांग्रेसको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौैंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ […]

पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो : प्रचण्ड

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ । शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने, […]

मुख्य मञ्चमै देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर, ओलीको जताततै

१५ असोज, काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा भएको महाधिवेशन उद्घाटन समारोहको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको […]

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

कुटपिट गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

१५ असोज, काठमाडौं । कुटपिट गरी सुनको सिक्री र पर्स लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ९ जनालाई पक्राउ गरेको छ । दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ […]

‘प्रचण्ड अवसरवादी, माधव नेपाल सरकार ढाल्ने भित्रिया योजनाकार’

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा शुरु भएको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगै अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको […]

कैलालीका किसान भन्छन्, ‘धान पाक्यो तर भित्र्याउन पाइएन’

१५ असोज, कैलाली । असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गर्नुभएको छ । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन । ‘धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन’, उनी भन्छन्, ‘यसरी वर्षा भइरहने हो […]

सीता भण्डारी ‘मृत्यु’ प्रकरण : सुसाइड नोट फेला परेको प्रहरीको दाबी

१५ असोज, बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या अघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले स्थलगतरुपमा प्राविधिक विश्लेषण गरेको थियो। सीता र उनका श्रीमान टिका […]

एमाले विधान महाधिवेशन : समूहगत छलफलका लागि १० समूह, छलफलका लागि ४ घण्टा

१५ असोज, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् । लगत्तै समूहगत छलफलका लागि सहभागीहरुलाई १० वटा […]

दसैं बिदामा डोटीका विद्यालय खुल्ने

१५ असोज, डोटी । जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका […]

सोमबारदेखि नोबेल पुरस्कार घोषणा गरिँदै, चर्चामा कोभिड खोपका आविष्कारक

१५ असोज, काठमाडौं । अक्टोबर ४ अर्थात् आगामी सोमबारदेखि विभिन्न विधामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ । सोमबार चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने छ । त्यस्तै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ । साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको पुरस्कार […]

स्रोत नखुलेको साढे १५ लाख रकमसहित वीरगञ्जबाट तीन जना पक्राउ

१५ असोज, वीरगञ्ज । स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् । भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई […]

भन्सार छली गरी ल्याएको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा

१५ असोज, पर्सा ।  प्रहरीले भन्सार छली गरी ल्‍याएको खुद्रा सामानहरुसहित ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट मकवानपुरतर्फ लाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका-१४ स्थित गण्डकचोक चेकजाँच गर्नेक्रममा ०३-००१ ख.०३३० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिइएको हो । ट्रक चलाक भने फरार रहेका छन् भने उक्त ट्रकलाई मालसमानसहित नियन्त्रणमा […]

तथ्यांक संकलनलाई प्राथमिकतामा राखिएको छ : विश्वनाथ पौडेल

१५ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । मुलुकलाई सुशासनको बाटोमा अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको उनले बताए । शुक्रबार काठमाडौंमा नेपाल उद्योग परिसंघको ‘इन्डष्ट्री स्टाटस रिपोर्ट’ सार्वजनिक कार्यक्रममा पौडेलले तथ्यांकमा आधारित भएर शासन गर्नु नै […]

कास्कीमा अब ट्रायल पास गर्ने बित्तिकै लाइसेन्स !

१५ असोज, पोखरा । बर्दियाबाट मजदुरी गर्न पोखरा आएका दर्पण थारुको आफ्नै मोटरसाइकल छ । कामका सिलसिलामा पोखराका विभिन्न ठाउँमा पुगिरहनुपर्छ । तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नहुँदा समस्या थियो । गत वर्ष लाइसेन्सका लागि आवेदन दिएका थारुले लिखित परीक्षा पास गरे पनि कोभिड महामारीका कारण प्रयोगात्मक परीक्षा दिन पाएनन् । लामो समयपछि मंगलबार ‘ट्रायल’ […]

पार्टीमा रूपान्तरण आवश्यक छ: पौडेल

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ । तर, हुनुपर्ने रूपान्तरणको हो,’ पौडेलले प्रश्न गरे, ‘अहिलेको पार्टी सञ्चालन कसरी […]



from समाचार – Online Khabar https://ift.tt/3B4C3Oe
via IFTTT
Powered by Blogger.