Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साफ च्याम्पियनसिप आज देखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

१५ असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल […]

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण

१५ असोज, काठमाडौं । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो । केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको […]

एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ताहरुको स्कर्टिङबाट विधान महाधिवेशन स्थल गोदावरी जाने भएका छन् । ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गर्दै गोदावरी पुर्‍याइने भएको हो । गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष ओलीले गर्दैछन् । अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । […]

तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

१५ असोज, पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवस र घिमिरे पुरस्कृत हुन लागेका हुन् । पुरस्कारको राशी १ लाख रुपैयाँ छ । समितिले प्रत्येक २/२ […]

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

१५ असोज, काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो । बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख […]

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । गलैचा उद्योगीहरुले नेपाल गलंैचा उद्योगहरुको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने बताएका छन् । गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उद्योगीहरुको गुनासो छ । गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई […]

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै

१५ असोज, काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ । बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् । त्यसपछि विभिन्न समूह […]

इथियोपिया सरकारद्वारा संयुक्त राष्ट्रसंघका ७ कर्मचारी देश निकाला

१५ असोज, काठमाडौं । इथियोपियाले संयुक्त राष्ट्र संघका ७ जना कर्मचारीहरुलाई देश निकाला गरेको छ । आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इथियोपियाले संयुक्त राष्ट्र संघका कर्मचारीहरुलाई देश निकाला गरेको हो । द्वन्द्वग्रस्त क्षेत्र टिग्रेमा मानवीय सहायता पुर्याउन सरकारले असहयोग गरेको आरोप राष्ट्रसंघका कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै इथियोपियाले राष्ट्रसंघीय बाल कोष (युनिसेफ), मानवीय सहायता संयोजन […]

चेन्नाई प्लेअफमा हैदरावाद बाहिरियो

१५ असोज, काठमाडौं । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किंग्स ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको खेलमा सनराइज हैदरवादलाई ६ विकेटले पराजित गर्दै चेन्नाईले अन्तिम चारमा स्थान पक्का गरेको हो । ११ खेल खेल्दा ९ खेल जितेको चेन्नाई १८ अंकसहित शीर्ष स्थानमा छ । […]

आज ज्येष्ठ नागरिक दिवस, ६० वर्ष माथिकालाई एनटिसीको सिम निःशुल्क

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज नेपालमा पनि मनाइँदै छ । यही दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस […]

कर्णाली सरकारको ओएनएम कार्यान्वयन नगर्न अन्तरिम आदेश

१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाएको संगठन, संरचना तथा दरबन्दी (ओएनएम) कार्यान्वयन नगर्न उच्च अदालत, सुर्खेतले अन्तरिम आदेश दिएको छ । प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका कर्मचारीहरुका तर्फबाट दायर भएको रिटमा अदालतले बिहीबार ओएनएम अगाडिकै संरचनालाई यथास्थितिमा राख्न आदेश दिएको हो । ओएनएम स्वीकृत गरेर प्रदेश सरकारले संघीय निजामती समायोजन ऐनबमोजिम समायोजन […]

एमालेको विधान महाधिवेशन सुरु हुँदै, हुने छैनन् पार्टीका पूर्वप्रमुखहरु

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन […]

स्वास्थ्य प्रोटोकलभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने उद्देश्य छैन : गृह मन्त्रालय

१४ असोज, काठमाडौं । सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल […]

‘कालोधन’सँग दलहरुको खेलाँची

१४ असोज, काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत आयकर ऐन २०५८ संशोधनको प्रस्ताव राख्यो । ऐनको दफा ११ मा ‘राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजना तथा उद्योगलाई सहुलियत’ शीर्षकको व्यवस्थामा निम्न विषयवस्तु थप्न खोजिएको थियो । ‘राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्गजस्ता पूर्वाधार विकास आयोजना, सिमेन्ट उद्योग, स्टिल उद्योग, कृषिमा आधारित उद्योग, पर्यटन […]

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल

१४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद वैठकले डा. इन्ऽ ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको हो । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले […]

गृहमन्त्री भेट्न सिंहदरबार धाइरहेका राजकुमार शहनी (भिडियो)

१४ असोज, काठमाडौं । हरेक दिन बिहान १० बजे सिंहदरबार पुग्नु र अपरान्ह कर्मचारीहरु सँगसँगै फर्किनु राजकुमार सहनीको दैनिकी बनिसकेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सहयोगको अपेक्षा उनी एक महिनादेखि गृह मन्त्रालय धाइरहेका छन् । तर औरही गाउँपालिका–२, चक्करका सहनीले अहिलेसम्म गहमन्त्री बालकृष्ण खाणलाई भेट्न पाएका छैनन् । उनी हरेक दिन […]

केपी ओली हिँडेको ‘प्रचण्डपथ’

१४ असोज, काठमाडौं । शुक्रबारदेखि शुरू हुने नेकपा एमालेको विधान महाधिवेशनलाई तीन कारणले चासोका साथ हेरिएको छ । पहिलो– भर्खरै पार्टी विभाजन भएको छ र पहिलोपटक विधान महाधिवेशन हुँदैछ । यसअघि एमालेले नीति तथा कार्यक्रम पनि पार्टी महाधिवेशनसँगै गर्ने गरेको थियो । तर यसपटक नेतृत्व चयन र नीति निर्माण अलग–अलग महाधिवेशनबाट गर्दैछ । नेतृत्व चयन हुने […]

कुमार पौडेल इन्काउन्टर प्रकरण : दुर्गादेवीको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

१४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो । कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई बिहीबार प्रज्ञा भवनमा […]

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

१४ असोज, काठमाडौं । कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । खड्कालाई कोभिड निमोनिया भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. प्रवीण नेपालका अनुसार खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘उहाँलाई कोभिड निमोनिया भएको छ, स्वास्थ्य सुधारोन्मुख र स्थिर छ,’ उनले […]

पोल भाडा बढेपछि केवल टेलिभिजनहरू आन्दोलनको तयारीमा

१४ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकेको पोल भाडाले मार परेको भन्दै केबल टेलिभिजन व्यवसायी पनि आन्दोलनमा तयारी गरेका छन् । काठमाडौंमा बुधबार भएको केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलाले ‘काठमाण्डौ घोषणा पत्र-२०७८ जारी गर्दै प्राधिकरणाको निर्णयको प्रतिवाद गर्ने उद्घोष गरेको हो। सम्मेलनले राज्यले अंगिकार गरेको नीतिका कारण व्यवसाय नै बन्द हुने अवस्था आएको ठहर […]



from समाचार – Online Khabar https://ift.tt/2YhvjP5
via IFTTT
Powered by Blogger.