Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जनहितका योजना अघि बढाउन आवश्यक : राष्ट्रपति भण्डारी

१५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनहितका योजना योजना अगाडि बढाउन जनप्रतिनिधिमूलक संस्थालाई सुझाव दिएकी छन् । नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय […]

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

१५ असोज, काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२:५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा […]

एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र […]

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

१५ असोज, काठमाडौं । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत […]

नेपालमा एमसीसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

१५ असोज, काठमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पछिल्लो अवस्थाबारे एमसीसीको बोर्ड बैठकमा समीक्षा गरिएको छ । एमसीसीको मुख्यालय वाशिङ्टन डीसीमा भएको बैठकमा नेपालको संसदबाट एमसीसी अनुमोदनका लागि भएका प्रयासबारे छलफल भएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंनको अध्यक्षतामा भएको बोर्ड बैठकमा एमसीसी अनुमोदनलाई अगाडि बढाउनका लागि एमसीसीको उच्चस्तरीय टोलीले यसै महिनाको शुरुमा […]

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

१५ असोज, हेटौंडा । ६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी […]

कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने

१५ असोज, काठमाडौं । कोरोना महामारीका कारण आफ्नो मुलुकमा फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्वभिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ । […]

दलको रिसले गणतन्त्रमा धावा बोलिँदैछ : चित्रबहादुर केसी

१५ असोज, बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’ प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका […]

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसार धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिए । समितिका अनुसार नेपालमा […]

श्रीपेच चोर्ने चौथो प्रयासमा नारायणहिटीबाट पक्राउ परेका थिए खेमबहादुर

१५ असोज, काठमाडौं । रुकुम पश्चिमका २५ वर्षीय खेमबहादुर घर्ती नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्ने चौथो प्रयासमा पक्राउ परेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनले यसअघि तीन पटक श्रीपेच निकाल्ने प्रयास गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनलाई एक जना नजिकका व्यक्तिले के यत्तिकै बस्छस्, नारायणहिटी गएर श्रीपेच लगा राजा बन्छस् […]

एमाले प्रदेश-२ को संसदीय दलको नेतामा मण्डल चयन

१५ असोज, जनकपुरधाम। नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई चयन गरिएको छ । मण्डल यसअघि पनि दलको नेता थिए । पार्टी विभाजनपछि बसेको पहिलो संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले सांसद किशोरी साह ‘कमल’ लाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रमुख सचेतक साहका अनुसार […]

एमालेको विधान महाधिवेशनमा प्रभु साह नजाने

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । ८बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् । उनले अहिलेको एमाले नेकपाकै निरन्तरता […]

तीन सय घरपरिवार बस्ने गाउँ जोड्ने पुल भत्काएर ठेकदार फरार

१५ असोज, काठमाडौं । कतै कच्ची र कतै पक्की सडक छिचोल्दै सीतापाइला चोकबाट चार किलोमिटर उत्तर पश्चिम लागेपछि ‘रामकोट स्तुपा’ भन्ने ठाउँमा पुगिन्छ । देशको केन्द्रीय राजधानी शहर काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका ६ मा पर्ने उक्त ठाउँ महाँकाल र त्रिवेणी खोलाको दोभान पनि हो । अहिले यो गाउँका बासिन्दालाई जान-आउन  चरम सकस छ । खोलाको […]

चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा छ : उपाध्यक्ष प्रा.डा.गिरी

१५ असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. कृष्ण गिरीले चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा रहेको बताएका छन् । बिहीबार चिकित्सा शिक्षा आयोगका दुई वर्षः चुनौती र अवसर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले ऐन संशोधनका लागि बनेको ट्रास्कफोर्सले प्रतिवेदन बुझाएर त्यसलाई कार्यकारी परिषद् पास गरेर सरकारलाई बुझाएको बताए । उपाध्यक्ष डा. गिरीले आयोगले कानुनअनुसार गर्नुपर्ने कामहरु अगाडि […]

याक एण्ड यतीमा शव भटिएको प्रकरण: चोट छैन, मृत्युको कारण खुलेन

१५ असोज, काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा मृत अवस्थामा भेटिएका कतारी नागरिकको मृत्युको कारण खुल्न सकेको छैन । बुधबार होटलको एक कोठामा शव भेटिएका अब्दुल नासिरको मृत्युको कारण प्रारिम्भक जाँचबुझमा नखुलेको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रामेश्वर पौडेल भन्छन्, ‘बाहिरी चोटपटक देखिएको छैन, भित्रबाट ढोका लगाएको अवस्थामा शव भेटिएको थियो […]

एमाले विधान महाधिवेशन : तस्वीरमा हेर्नुस् गोदावरीको चहलपहल

१५ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । महाधिवेशनमा सहभागी हुन एमाले नेता–कार्यकर्ताहरु गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी छ । सम्मेलन केन्द्रमा नेता-कार्यकर्ताहरुको भिडभाड देखिन्छ । कोरोना संक्रमणको बेला भिडभाड गर्न रोक लगाइए पनि एमालेले आयोजना गरेको विधान महाधिवेशनमा ६ हजार बढी नेता–कार्यकर्ताहरु सहभागी हुँदैछन् । […]

ललितपुरले बनायो ईपीएलकै ठूलो स्कोर, विराटनगरलाई २२७ रनको लक्ष्य

१५ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा ललितपुरले विराटनगर वारियर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै २२६ रन बनाएको हो । विराटनगरले पाएको २२७ रनको लक्ष्य ईपीएलमा अहिलेसम्मकै ठूलो हो । विराकोडीले सर्वाधिक […]

साफ च्याम्पियनसिप आजदेखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

१५ असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल […]

उत्तर कोरियाद्वारा एक सातामा दोस्रो मिसाइल परीक्षण

१५ असोज, काठमाडौं । उत्तर कोरियाले बिहीबार नयाँ एन्टि–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो एक महिनामा गरेको यो चौथो मिसाइल परीक्षण हो । केही दिनअघि मात्र उत्तर कोरियाले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल परीक्षणमा परमाणु क्षमता पनि हुन सक्ने बताइएको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको […]

एमाले अध्यक्ष ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याए

१५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताहरुले स्कर्टिङ गर्दै विधान महाधिवेशन स्थल गोदावरी पुर्‍याएका छन् । ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट कार र बाइकमा सवार कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याएका हुन् । ओली सवार कारको अगुवा–पछुवामा भने नियमित जस्तै सुरक्षाकर्मीको टोली थियो । गोदावरीस्थित सम्मेलन केन्द्रमा आजबाट सुरु हुने विधान महाधिवेशनको उदघाटन […]

तुलसी दिवस र दुर्गा घिमिरेलाई १/१ लाखको पुरस्कार

१५ असोज, पोखरा । संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवस र महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कारबाट दिवस र घिमिरे पुरस्कृत हुन लागेका हुन् । पुरस्कारको राशी १ लाख रुपैयाँ छ । समितिले प्रत्येक २/२ […]



from समाचार – Online Khabar https://ift.tt/3urUlXs
via IFTTT
Powered by Blogger.