समाचार
१ जेठ, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् । बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु एक पटक फेरि इजरायलको प्रधानमन्त्री बनेका छन् । भ्रष्टाचारको आरोप लाग्दा र तीन पटकको चुनावमा बहुमत नपाउँदा पनि उनले राजनीतिक गठबन्धनको आधारमा फेरि प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् । नेतान्याहुले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल […]
१ जेठ, कैलाली । कन्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । ‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् […]
१ जेठ, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि […]
३१ वैशाख, काठमाडौं । प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ […]
बुधबार दिउँसो स्वास्थ्य मन्त्रालय रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले गेटमा तैनाथ सुरक्षाकर्मीबाट अप्रत्याशित जवाफ पाए, ‘आजबाट नियम कडा भएको छ, भित्र छिर्न नदिनुस् भन्ने माथिको आदेश छ ।’ ‘होइन होला ?’ अविश्वास गर्दै सोध्दा सुरक्षाकर्मी भन्थे, ‘हो, सर छिर्न नदिनुस् भनेका छन् ।’ किन भनेर सोध्दा जवाफ दिए, ‘संक्रमण सर्ने डर हुन्छ रे ।’ संक्रमण रोक्ने […]
३१ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएकी मच्छेगाउँ, काठमाडौंकी महिला सोमबार मात्र निजी सवारीसाधनमार्फत काठमाडौं प्रवेश गरिन् । कञ्चनपुरको वेदकोटकी अवकाश प्राप्त सशस्त्र प्रहरी जवान उनी देवरको ब्रतबन्धका लागि घर गएकी थिइन् । फर्किएपछि सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर […]
३१ वैशाख, बुटवल । रुपन्देहीका थपिएका ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारको भएको खुलेको छ । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै […]
३१ वैशाख, काठमाडौं । कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ । उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् । उनीहरु कपिलवस्तुमा यसअघि भेटिएका कोरोना संक्रमितको सम्पर्कमा रहेको स्रोतको भनाइ […]
३१ वैशाख, काठमाडौं । थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । रुपन्देहीमा २२, २२, २५, २८, ३०, […]
३१ वैशाख, काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ […]
३१ वैशाख, गोरखा । गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । धादिङबाट गोरखा भित्रिने आरुघाट पुल […]
३१ वैशाख, काठमाडौं । कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरिरहेका नेपालीले आफूहरू बिरामी पर्न थालेको बताएका छन् । क्वारेन्टाइन बनाइएका क्याम्पमा बसेर करिब दुई हप्तादेखि घर फर्किने अनुमति कुरेर बसेका उनीहरूले छिटो उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । क्याम्पभित्रको व्यवस्थापनबारे नबोल्न भनिए पनि बिरामी हुनेक्रम बढ्दै गएपछि ती महिलाहरूले सामाजिक सञ्जालमा आक्रोश […]
३१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै प्रदेश २ मा स्वाब संकलनलाई तिब्रता दिइएको छ । बुधबार मात्रै ३ सय जनाको स्वाब संकलन गरिएको छ । सबैभन्दा बढी पर्सामा स्वाब संकलन गरिएको छ । त्यहाँ बुधबार १ सय १९ जनाको स्वाब संकलन गरिएको छ । यसमा अधिकांश पत्रकार छन् । मंगलबार वीरगञ्जका दुई जना […]
३१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले अन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न आग्रह गरेका छन् । भारतसँगको सीमा समस्या कूटनीतिक रुपमा नै समाधान गर्नुपर्ने भन्दै बाहिर हल्ला गर्ने तर भित्र केही नगर्ने गर्नु गलत हुने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्री भट्टराईले उच्चस्तरीय राजनीतिक आयोग बनाएर यस्ता […]
३१ वैशाख, काठमाडौं । कोरोना महामारीको रिपोर्टिङ खटिएका स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा रोक लगाएको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ । बुधबार समाचार संकलनका लागि मन्त्रालय गएका पत्रकारलाई प्रवेशमा रोक लगाएपछि मञ्चले विरोध जनाएको हो । मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेले बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयको यो कदम […]
३१ वैशाख, चितवन । भरतपुर कोरोना अस्पतालको सामान ओसारपसारका बिषयलाई भरतपुर महानगरका कांग्रेस निकटका जनप्रतिनिधिले अतिरञ्जित गरेको नेकपा निकटका जनप्रतिनिधिले आरोप लगाएका छन् । महानगरका प्रवक्ता एवम् वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीसहित १६ वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै न्यायिक निरुपणको प्रक्रियामा रहेको बिषयलाई अनावश्यक राजनीतिकरण गरेर महानगरको […]
३१ वैशाख, वीरगञ्ज । वीरगञ्जको सिद्धार्थ माध्यमिक विद्यालयमा दुई सय बेडको सेमी अइसोलेसन वार्ड निर्माण गरिने भएको छ । प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि सो विद्यालयमा दुई सय बेडको सेमी आइसोलेसन वार्ड निर्माण गरिने भएको हो । बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माध्यमिक विद्यालयमा सेमी आइसोलेसन वार्ड निर्माण गर्ने […]
३१ वैशाख, बुटवल । भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेकामध्ये पाँच सय १० जना नेपालीको उद्धार गरी रुपन्देही ल्याइएको छ । भारतको मुम्बई, दिल्ली, हरिद्वार, राजस्थान, कानपुरलगायत ठाउँबाट आएका उनीहरू नौतनवाको क्वारेन्टाइनमा २१ दिनको बसाइँ पूरा गरी नेपाल फर्किएका हुन् । उनीहरुलाई बुधबार साँझ बेलहिया नाकाबाट बसमार्फत रुपन्देही ल्याइएको हो । […]
३१ वैशाख, काठमाडौं । सरकारले प्रशोधनविना सिधै नदीमा ढल मिसाउनेलाई ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्थासहितको कानुनको तयारी गरेको छ । सरकारले यो व्यवस्थासहितको खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक, २०७६ माथि संसदीय समितिले लगभग सहमति जुटाएको छ । विधेयकमा मानव मलमूत्र खोलामा मिसाए, खानेपानीको पाइपबाट कुनै यन्त्र जडान गरी अनाधिकार पानी प्रयोग गरे, अनुमति प्राप्त संस्थाले […]
३१ वैशाख, पोखरा । कोरोनाको संक्रमण बढेसँगै सन्त्रास पनि बढिरहेका बेला पोखराका निजी क्षेत्र धान्नै नसक्ने गरी आर्थिक संकट बेहोर्नुपर्ने स्थिति आइपरेकाले भन्दै अत्तालिएका छन् । अर्बौंको लगानी जोखिममा परेको, मजदुरको रोजीरोटी गुम्ने अवस्था आइपरेको र किस्ता तिर्न नसकेर बैंकमा तालाचाबी बुझाउने स्थिति आइपर्न लागेको भन्दै सरकारसँग राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/2yTJEo9
via IFTTT





















