Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

१२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर […]

बागमती सरकारको नारा ‘बाँझोबारी मै फुटाउँछु’

१२ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ग्रामीण विकास र कृषिलाई उच्च प्राथमिकतामा राखेर तयार पारेको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु’नारालाई अघि सारेको छ । जता पुगेको […]

एक वर्ष बैठक भत्ता नलिने नारायणकाजी श्रेष्ठको घोषणा

१२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नदिने घोषणा गरेका छन् । नेकपा प्रवक्तासमेत रहेका श्रेष्ठले कोभिड–१९ बाट देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् । तर यो स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निमार्णको अवसर […]

कोभिड पोजेटिभ युवकको पाटन अस्पतालमा शल्यक्रिया

१२ जेठ, काठमाडौं । कोभिड १९ पोजेटिभ भएका एक युवकको पाटन अस्पतालमा हड्डीको अपरेशन सम्पन्न भएको छ । सप्तरीका ३२ वर्षीय ती युवकको खुट्टा भाँचिएकै कारण दुई दिनअघि उनलाई  काठमाडौंका कोभिड अस्पतालहरुले भर्ना लिएका थिएनन् । उनी  दिनभर पाटन अस्पतालको प्रांगणमा एम्बुलेन्समै राखिएका थिए । साँझ परेपछि पनि अस्पतालले भर्ना नलिएपछि स्वास्थ्य मन्त्रालयका कोभिड १९ […]

एसईई दिन नपाएका विद्यार्थीको शैक्षिक वर्ष खेर जाँदैन : प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारे । तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर […]

बजेटको प्राथमिकता कृषि हुनुपर्छ : मन्त्री घनश्याम भुसाल

१२ जेठ, काठमाडौं । मार्क्सवाद एवं समाजवादी अर्थशास्त्र राम्रोसित बुझेका अध्ययनशील नेता घनश्याम भुसालले अहिले कृषि मन्त्रालय सम्हालिराखेका छन् । कोरोनाको महामारी र लकडाउनसँगै विदेशबाट नेपालीहरु र्फकने र उनीहरुलाई देशमै रोजगारी सिर्जना गर्नुपर्ने भार सरकारमाथि बढेको छ । रोजगारी सिर्जना गर्ने अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, सरकारले अहिलेसम्म कृषिमा कुल बजेटको तीन प्रतिशतभन्दा […]

आइसोलेसनबाट भागेका व्यक्ति फेला परे, कहाँ राख्ने भन्नेमा अन्योल

१२ जेठ, जनकपुरधाम । जनकपुरधामस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनबाट फरार भएका संक्रमित फेला परेका छन् । आइतबार आइसोलेसन कक्षबाट भागेका सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ धनकौलका ४५ बर्षीय पुरुष सोमबार घर नजिकै फेला परेका हुन् । उनलाई अब कहाँ राख्ने भन्ने विषयमा अन्योल भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले उनलाई जनकपुर नै पठाउन […]

कृषिलाई सधैं हेला : न नीतिले उकास्यो, न बजेटले

१२ जेठ, काठमाडौं । नेपालमा लकडाउन भएको २ महिना बित्यो, चैत ११ देखि जेठ ११ सम्मको अवधिमा नेपालले भारतबाट १ लाख ९९ हजार ७१ मेट्रिक टन खाद्यान्न आयात गर्‍यो । लकडाउनको अवधिमा ७५ हजार ३ सय १५ मेट्रिक टन तरकारी, ५६ हजार ३ ५७ मेट्रिकटन गेडागुडी, २९ हजार ११५ मेट्रिक टन फलफूल र ११ हजार […]

‘संक्रमण बोकेर स्वदेश फर्कने कसैको रहर हुँदैन’

१२ जेठ, काठमाडौं । भारत लगायत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने मामिलामा कठोर देखिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः उनीहरुप्रति नरम देखिएका छन् । सरकारले उनीहरुका समस्यालाई सम्बोधन गर्न चाँडै आदेश जारी गर्ने उनले बताएका छन् । ‘अहिले मुलुक बाहिर रहेका नेपालीहरुको घर फर्किने क्रम बढेको छ’ प्रधानमन्त्रीले सोमबार राष्ट्रका नाममा गरेको सम्वोधनमा भने, […]

पर्सामा कोरोना निको भएर ४३ जना घर फर्किए

१२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । ४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको […]

चौरजहारी घटनाबारे छानबिन गर्न जनार्दन शर्माको माग

१२ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा एक युवक हत्या र ६ जना बेपत्ता भएको घटनाबारे छानबिन गर्न नेकपा नेता जनार्दन शर्माले माग गरेका छन् । रुकुमका जनप्रतिनिधिसमेत रहेका शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेका हुन् । उनले घटनाबारे स्थलगत अनुगमन गर्न र छानबिनमा सघाउन स्थानीय सरकार, जनप्रतिनिधिलगायत सरोकारवालासमक्ष पनि आग्रह […]

बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिए

१२ जेठ, काठमाडौं । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख कुमारबहादुर खड्कालाई गृह मन्त्रालयमा सरुवा गरिएको हो । कोरोना संक्रमितको हटस्पट बनेको बाँके प्रशासनको कमाण्डमा गृहले रामबहादुर कुरुम्बाङलाई पठाएको छ । उनी जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत थिए । गृह मन्त्रालयमा रहेका सह–सचिव शंकरहरि आचार्यलार्य जिल्ला […]

सदनको कार्यसूची बन्ला त एमसीसी ?

१२ जेठ, काठमाडौं । दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिक रूपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारूढ […]

वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै दमको रोगीको मृत्यु

१२ जेठ, काठमाडौं । वीरगञ्जमा अस्पताल डुलाउँदा डुलाउँदै एक जना दमको रोगीको मृत्यु भएको छ । बारा जितपुर सिमरा उपमहानगरपालिका–१६ सखुवाघाटका ५७ वर्षका बद्रीबहादुर भट्टराईको वीरगञ्जका अस्पतालहरुले उपचार गर्न नमान्दा मृत्यु भएको परिवारले बताएको छ । भट्टराईलाई सोमबार बिहानदेखि स्वास प्रश्वासमा समस्या देखियो । पाँच वर्षदेखि दमको औषधि खाँदै आएका उनलाई दाजु हरिबहादुर भट्टराईले एम्बुलेन्समा […]

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

१२ जेठ, वीरगञ्ज । जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ । यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट […]

लकडाउनमा आर्थिक क्रियाकलाप बढाउने प्रधानमन्त्रीको आश्वासन

१२ जेठ, काठमाडौं । सरकारले आर्थिक क्रियाकलापलाई नियमित सञ्चालन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलाप नियमित सञ्चालन गर्न लागेको बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले लकडाउनकै अवधिमा समेत केही आयोजनाको कामले तिब्रता पाएको भन्दै यसबाट कोरोनालाई छल्दै विकासका काम अगाडि […]

कोरोना भाइरससँग लड्न प्रधानमन्त्री ओलीका ५ हेल्थ टिप्स

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसजस्ता महामारी र रोगसँग लड्नका लागि पाँचवटा हेल्थ सम्बन्धी ‘हेल्थ टिप्स’ दिएका छन् । प्रधानमन्त्रीले दिएका टिप्स घरेलु उपायहरु हुन् । देशमा बढिरहेको कोरोना महामारीको रोकथामका लागि सरकारले चालेका कदमहरुबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्वोधन गरे । सम्वोधनको अन्त्यमा उनले ‘निरोगी नेपाल […]

सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी

१२ जेठ, काठमाडौं । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै […]

राजमार्गमा गाडीको ठक्करले युवकको मृत्यु

१२ जेठ, सप्तरी । सप्तरीमा एक युवकको दुर्घटनामा मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौलस्थित सडक खण्डमा सवारीको ठक्करले अन्दाजी २० बर्षीय युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ठक्करले मृत्यु हुनेको युवकसहित ठक्कर दिने सबारीको समेत पहिचान हुन सकेको छैन । आइतबार राति सवा १० बजेतिर नाम र […]

कोरोना संक्रमितमध्ये २१ जना महागढिमाईका

१२ जेठ, काठमाडौं । बारामा सोमबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २१ जना महागढीमाई नगरपालिकाका हुन् । उनीहरु जेठ ५ गते भारतको मुम्बई, पटना, हरियाणा, दिल्ली र पञ्जाबबाट आएकाहरु हुन् । जेठ ५ गते आएका उनीहरुलाई सीमा नाकामा खटिएका सुरक्षाकर्मीको सहयोगमा बवुवाइन मावि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । सो क्वारेन्टाइनमा […]

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री

१२ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावका आधारमा देशको कुल जनसंख्याको कम्तीमा दुई प्रतिशत जनतामा कोरोना भाइरसको परीक्षण विस्तार गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले एकमात्र प्रयोगशालाबाट शुरु भएको परीक्षण अब सातै प्रदेशका २० भन्दा बढी प्रयोगशाला स्थापना गरी विस्तार भएको बताए । ओलीले क्वारेन्टाइनको संख्या र […]



from समाचार – Online Khabar https://ift.tt/3d2stQ6
via IFTTT
Powered by Blogger.