समाचार
१२ जेठ, काठमाडौं । बारामा सोमबार एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २१ जना महागढीमाई नगरपालिकाका हुन् । उनीहरु जेठ ५ गते भारतको मुम्बई, पटना, हरियाणा, दिल्ली र पञ्जाबबाट आएकाहरु हुन् । जेठ ५ गते आएका उनीहरुलाई सीमा नाकामा खटिएका सुरक्षाकर्मीको सहयोगमा बवुवाइन मावि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । सो क्वारेन्टाइनमा […]
१२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव ०७६–७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । समारोहमा राष्ट्रपति भण्डारी उपप्रधान ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर […]
१२ जेठ, पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच भएको छ । ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ नतिजा आए पनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी […]
१२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) निकै कम मात्र मौज्दात रहेको पाइएको छ । पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलनका लागि […]
१२ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार अवस्थाका सम्बन्धमा अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले आज छिमेकी मित्रराष्ट्रसँग जोडिएका ४० जिल्लाका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था प्रतिवेदन वेबसाइडमार्फत सार्वजनिक गरेको हो । आयोगका सदस्यद्वय मोहनाअन्सारी र गोविन्द शर्मा पौड्यालसहितको अनुगमन टोलीले […]
१२ जेठ, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दाँतसम्बन्धी उपचार सेवा सुरु गर्ने भएको छ । अस्पतालको जेठ १० र ११ गते भरतपुरमा बसेको बोर्ड बैठकले दन्त रोग सेवाको लागि छुट्टै इकाई स्थापना गर्ने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए । त्यसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ […]
१२ जेठ, काठमाडौं । दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिक रूपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारूढ […]
१२ जेठ, काठमाडौं । अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेको हो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि […]
१२ जेठ, काठमाडौं । प्रतिनिधिसभा कानुन न्या तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबार बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन […]
१२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर […]
१२ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७, शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । संक्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका […]
१२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय अदाफ र १६ वर्षीय सफिक (दुवै जनाको नाम परिवर्तन) सोमबार बिहानै उठे । दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए । अनि अल्लाह (भगवान) को नाममा दुवै जनाले नमाज (प्रार्थना) पढ्न […]
१२ जेठ, वीरगञ्ज । जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ । यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट […]
१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ साढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई […]
१२ जेठ, काठमाडौं । विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनतम दैनिक ३ हजार लाग्ने भएको छ । यो रकम व्यक्ति एक्लै एउटा कोठामा बस्दा लाग्ने रकम हो । होटलको एउटा कोठामा दुई जना बसेको अवस्थामा भने न्युनतम् ५ हजार रुपैयाँ लाग्ने गरी होटल व्यवसायीले प्रस्ताव गरेका छन् । विदेशबाट उद्धार गरिएकाहरुसँगै […]
१२ जेठ, काठमाडौं । काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए । अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा पनि बिक्री नभएको […]
१२ जेठ, सप्तरी । जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ । संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले […]
१२ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अनलाइनखबरलाई बताए । ‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री […]
१२ जेठ, वीरगञ्ज । बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । यी ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार बाराको महागढीमाई नगरपालिकाका–२१ र […]
१२ जेठ, काठमाडौं । सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यसहित स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ संशोधन विधेयक ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गत बिहिबार राष्ट्रिय सभामा दर्ता गरेको ‘स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक’मा ऐन विपरीत नाप वा तौल, नाप्ने वा तौलिने यन्त्र बिक्री वितरण र […]
१२ जेठ, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद […]
from समाचार – Online Khabar https://ift.tt/3ggRysJ
via IFTTT






















