Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सबै एकल महिलाले भत्ता पाउने गरी कानुन संशोधन गर्न निर्देशन

१२ जेठ, काठमाडौं । प्रतिनिधिसभा कानुन न्या तथा मावअधिकार समितिले सामाजिक सुरक्षा भत्ता सम्बन्धी सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सोमबार बसेको बैठकले असहाय एकल तथा विधवा महिला र अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिन सो ऐन संशोधन […]

गोकर्णेश्वर शिवचोकका सात घर सिल

१२ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७, शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पीसीआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए । संक्रमितको घरमा तीन जनामात्र बस्ने, कोठा भाडामा समेत नलगाएकाले पहिलो चरणमा परिवारका […]

अस्पतालमै मनाए कोरोना संक्रमितले ईद

१२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय अदाफ र १६ वर्षीय सफिक (दुवै जनाको नाम परिवर्तन) सोमबार बिहानै उठे । दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए । अनि अल्लाह (भगवान) को नाममा दुवै जनाले नमाज (प्रार्थना) पढ्न […]

अस्पतालले सम्भावित संक्रमणबारे केही भनेन, अन्त्येष्टिमा ५० बढी सहभागी

१२ जेठ, वीरगञ्ज । जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ उम्जनका ७० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । तर मृतकको ८ दिन अगाडि नै अन्त्येष्टि भइसकेको छ । यसमा उनको उपचार गरिएको नेशनल मेडिकल कलेजले गम्भीर लापरवाही गरेको पाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्ट […]

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ साढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनका अनुसार सम्बोधन कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई […]

होटलमा क्वारेन्टाइन राख्न प्रतिव्यक्ति दैनिक न्यूनतम ३ हजार लाग्ने

१२ जेठ, काठमाडौं । विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलमा क्वारेन्टाइन गर्दा एक जनाको न्यूनतम दैनिक ३ हजार लाग्ने भएको छ । यो रकम व्यक्ति एक्लै एउटा कोठामा बस्दा लाग्ने रकम हो । होटलको एउटा कोठामा दुई जना बसेको अवस्थामा भने न्युनतम् ५ हजार रुपैयाँ लाग्ने गरी होटल व्यवसायीले प्रस्ताव गरेका छन् । विदेशबाट उद्धार गरिएकाहरुसँगै […]

बारीबाट किलोको १२ रुपैयाँमा पनि बिकेन गोलभेँडा

१२ जेठ, काठमाडौं । काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए । अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा पनि बिक्री नभएको […]

भारतबाट आएका थिए सप्तरीका २ कोरोना संक्रमित

१२ जेठ, सप्तरी । जिल्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दवै संक्रमित गत जेठ २ गते भारतबाट नेपाल आएको खुलेको छ । संक्रमित दुवै डाक्नेश्वरी नगरपालिकाका हुन् । वडा नम्बर ४ भुतहीका ३४ वर्षीय र वडा नम्बर ८, गम्हरिया प्रवाहाका २२ वर्षीय युवक संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले […]

चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड

१२ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अनलाइनखबरलाई बताए । ‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री […]

बारामा एकैदिन थपिए २३ संक्रमित, महागढीमाईमा मात्रै २१ जना

१२ जेठ, वीरगञ्ज । बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । यी ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार बाराको महागढीमाई नगरपालिकाका–२१ र […]

राजस्व वृद्धि गर्न नापतौल ऐन संशोधन

१२ जेठ, काठमाडौं । सरकारले राजस्व वृद्धि गर्ने उद्देश्यसहित स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ संशोधन विधेयक ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गत बिहिबार राष्ट्रिय सभामा दर्ता गरेको ‘स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक’मा ऐन विपरीत नाप वा तौल, नाप्ने वा तौलिने यन्त्र बिक्री वितरण र […]

सर्लाहीमा दुई जनाको डुबेर मृत्यु

१२ जेठ, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद […]

वैदेशिक व्यापारका अधिकांश सूचकांक ऋणात्मक

१२ जेठ, काठमाडौं । कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा बहुआयामिक क्षेत्रमा देखिँदैछ । त्यसमध्ये एक नेपालको वैदेशिक व्यापारमा पाइएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को १० औं महिनासम्म आइपुग्दा गत आव २०७५/७६ को तुलनामा वैदेशिक व्यापारका सबजसो सूचकांक ऋणात्मक देखिएका छन् । भन्सार विभागका अनुसार चालु आवको १० महिना (साउन-वैशाख)सम्म कुल ११ खर्ब ७ अर्बको […]

सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी

१२ जेठ, काठमाडौं । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ८८ पुग्यो

१२ जेठ, बुटवल । प्रदेश ५ मा आठजना नयाँ कोरोना संक्रमित थपिएका छन् । आठजना नयां संक्रमितमध्ये बाँकेका ४ जना, कपिलवस्तुका तीनजना र बर्दियाका एकजना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बांकेको डुडुवा र राप्ती सोनारी गाउँपालिकाका १६ देखि २४ वर्ष उमेरका चारजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै […]

धनुषाका पनि दुई जना प्रहरी कोरोना संक्रमित

१२ जेठ, जनकपुरधाम । धनुषाका दुई जना प्रहरी कर्मचारीमा पनि कोरोना सक्रमण देखिएको छ । नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका ३ जना संक्रमित देखिएको जनाएको छ । यसमध्ये दुई जना प्रहरी नै छन् । दुबै प्रहरी क्वारेन्टाइनमा […]

भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

१२ जेठ, काठमाडौं । भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् । भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण […]

सशस्त्र प्रहरी अस्पतालबाट एकजना डिस्चार्ज

१२ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना संक्रमित महिला डिस्चार्च भएकी अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठले बताए। उनले भने ‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन् ।

भारतबाट आएका थिए दैलेखका सातैजना संक्रमित, सबै समूहमै थिए

१२ जेठ, काठमाडौ । सोमबार पुष्टि भएका दैलेखका सातैजना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित भारतबाटै आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको संक्रमितमध्ये ७ जना दैलेखका थिए । ती मध्ये डुङ्गेश्वर नगरपालिकाका ३ जना, नारायण नगरपालिकाका र गुराँस गाउँपालिकाका दुई/दुईजना रहेका छन् । नयाँ पुष्टि भएका तीनै स्थानीय तहका संक्रमितहरु फरफरक समयमा […]

सोमबार थपिएका संक्रमितमध्ये प्रदेश २ का ५४ जना

१२ जेठ, जनकपुरधाम । प्रदेश २ मा एकै दिन ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको ७२ जना संक्रमितमध्ये ५४ जना प्रदेश २ कै छन् । सबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिंदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना […]

त्रिवि शिक्षण अस्पतालमा पीसीआर जाँच सुरु

१२ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा पनि सोमबारदेखि आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ । शिक्षण अस्पतालमा रहेको पीसीआर मेसिन लामो समयदेखि बिग्रिएका कारण सेवा सुरु भएको थिएन । कीर्तिपुरमा रहेको माइक्रोबायोलोजी विभागको ट्रफल रिसर्च प्रोगाममा रहेको पीसीआर मेसिन महाराजगञ्जमा सारेर सेवा सुरु गर्न लागिएको हो। कीर्तिपुरकै टोलीले ८ दिन लगाएर ल्याब तयार […]



from समाचार – Online Khabar https://ift.tt/2Zx9clW
via IFTTT
Powered by Blogger.