समाचार
१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले गैरसरकारी संस्थाहरुले बारम्बर कार्य सम्पादन प्रतिवेदन बुझाउन नपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, गैसस महासंघका अध्यक्षलगायतसँग छलफलपछि समितिले पद्धतिमुखी भन्दा परिणाममुखी बनाउन भन्दै यस्तो निर्देशन दिएको छ । ‘गैर सरकारी संस्थाका कार्य सम्पादन प्रतिवेदन […]
१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उच्च जोखिममा रहेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थालिएको छ । र, एक साताभित्र पीसीआर र र्यापिड डायग्नोस्टिक किट (विधि) बाट दश हजार परीक्षण गर्ने तयारी छ । पछिल्लो समय हालसालै उपत्यका प्रवेश गरेका केहीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी लुकीछिपी तथा पास बनाएर आएकाहरुबाट समुदाय स्तरमा […]
१ जेठ, काठमाडौँ । कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा […]
१ जेठ, काठमाडौं । लकडाउनको समयमा एम्बुलेन्स र तरकारी बोकेको गाडी रोकेर लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ का २४ वर्षीय सरोज कामी, ३१ वर्षीय राम भगत र २७ वर्षीय शिव शाही छन् । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार मध्यराति पानीघाटस्थित जंगलमा मकवानपुरतिर […]
१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारको अनुसन्धान गर्ने अधिकार माग गरेको छ । हाल सार्वजनिक निकायमा हुने अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गर्दै आएको अख्तियारले बैंक, मेडिकल कलेज र गैर सरकारी संस्थामा हुने अनियमितता हेर्ने अधिकार पनि आफूलाई दिनुपर्ने बताएको हो । ‘निजी क्षेत्रबाट स्थापित बैंकहरु त्यहाँ जनताकै […]
१ जेठ, काठमाडौं । बंगलादेशमा अलपत्र अवस्थामा रहेका नेपाली विद्यार्थीहरु पाँच दिनदेखि डिजिटल रिले अनसनमा छन् । सरकारले स्वदेश फर्किन अनुमति दिनुपर्ने उनीहरुको एकसूत्रीय माग छ । स्वदेश फर्कनका लागि डेढ महिनादेखि यी विद्यार्थीले बंगलादेशी दूतावास र नेपाल सरकारसँग विभिन्न माध्यमबाट ताकेता गर्दै आएका थिए । तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । […]
१ जेठ, काठमाडौं । पार्टी एकताको सन्दर्भ पारेर दुई वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एउटा बिरुवा रोपे– जिङ्गो बिलोबा । ३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण गर्नुअघि रोपिएको यो बिरुवाको आफ्नै कथा छ । संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्ध अन्त्य गर्नेगरी आणविक बम (फ्याट म्यान) खसालेपछि जापानको नागासाकीमा पानी परेन […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालमा पीसीआर विधिबाट अहिलेसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ सहित अहिलेसम्म २२ हजार ६ सय ६४ वटा पीसीआर परीक्षण भएका छन् । सरकारले परीक्षणको दायरा बढाउँदै लगेको मन्त्रालयका प्रवक्ता […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै सिंगो देशभर लकडाउन लागू भएको दुई महिना हुन लाग्यो । मानिसहरुलाई हिँडडुल गर्न समेत नदिएको यो समयमा चोरीका घटना भने रोकिएको छैन । विगतको तुलनामा चोरी हुने क्रम कम देखिए पनि उपत्यकाभित्र रातको समयमा चोरी भइरहेको पाइएको छ । लकडाउनका वेला गोकर्णेश्वर–८ स्थित गणेश मन्दिरको […]
१ जेठ, काठमाडौं । पर्सामा बुधबार राति पुष्टि भएका तीन जना कोरोना संक्रमितमध्ये एक जना १५ वर्षीय बालक रहेको पाइएको छ । उनी भारतको पश्चिम चम्पारणको सुगौलीस्थित मामाघरबाट वैशाख १७ गते आमासँगै कालिकामाई गाउँपालिका १ स्थित मुड्लीमा आफ्नो घर आएका थिए । भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै […]
१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुले लुकिछिपी वा सवारी पास बनाएर आउनेहरुका कारण उपत्यकाबासी असुरक्षित बनेको गुनासो गरेका छन् । उनीहरुले बिहीबार गृह सचिव महेश्वर न्यौपानेलगायतलाई भेटेर उपत्यका आउने सवारी पास दिँदा सम्बन्धित स्थानीय तहलाई पनि जानकारी गराउन माग गरेका छन् । पछिल्लो समय काठमाडौंको मच्छेगाउँ र भक्तपुरमा कोरोना संक्रमित भेटिएका छन् । उनीहरु […]
१ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले संसदीय समितिको एउटा बैठकमा नेपाल-भारत सीमानामा काँडेतार वा पर्खाल लगाउन सुझाव दिए । यस्तो सुझाव दिने उनी एक्ला होइनन् । तर परराष्ट्र मामिलाका जानकारहरू भने यतिबेला काँडेतार लगाउनु नेपालकै लागि घातक हुने बताउँछन् । एक पूर्व परराष्ट्र मन्त्री भन्छन्, ‘नेपालले भारतसँग […]
१ जेठ, पोखरा । बागलुङका दुई जनामा कोरोना संक्रमण देखिएर निको भएपछि बिहीबार गण्डकी प्रदेशमा फेरि एक जना संक्रमित थपिए । बिहीबार नवलपरासी पूर्वको देवचुली नगरपालिकामा ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा फेरि त्रास बढेको छ । भारतदेखि तरकारी, फलफूल र खाद्यान्नको गाडीमा लुकेर आउने क्रम लकडाउन सुरु भएदेखि नै रोकिएको थिएन । […]
१ जेठ, काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि […]
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले जेठ ३ गते शनिबार संसदीय दलको बैठक बोलाएको छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बस्न लागेको हो । संसदीय दलको बैठक मिति शनिबार दिउँसो साढे १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार […]
१ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने […]
१ जेठ, काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६0 जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य […]
१ जेठ, काठमाडौं । आर्थिक वर्षको प्रारम्भिक दिनबाटै विकास निर्माणलाई प्राथमिकता नदिँदा पुँजीगत (विकास) खर्चमा प्रत्यक्ष नकारात्मक प्रभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनासम्म विकास निर्माणको कामले गति नलिएका कारण कोरोनाको महामारीपछि विकास खर्च पनि नराम्रोसँग प्रभावित भएको हो । बेलैमा ठेक्कापट्टा लगाएर काम नथाल्ने प्रवृत्तिले आर्थिक वर्षको अन्तिमसम्म पनि विकास […]
१ जेठ, गुल्मी । गुल्मी जिल्ला प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी बढाइएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का बिरामी बढेसँगै जिल्लालाई ५ दिनसम्म सिल गरिएको छ । यस्तो अवस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रवेश गर्न नदिन मुख्य नाकामा सुरक्षाकर्मी निगरानी बढाइएको हो । पाल्पाको सीमा रिडी, अर्घाखाँचीको सीमा रेसुङ्गा नगरपालिकाको नेटा, प्युठानको सीमा […]
१ जेठ, गोरखा । बाँझो जग्गामा खेती गर्न चाहने बारपाक सुलिकोट गाउँपालिकाका किसानहरूले अनुदान रकम पाउने भएका छन् । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने गाउँपालिकाले जनाएको छ । ‘दुई वर्ष वा सोभन्दा बढी समयदेखि बाँझो रहेको खेतीयोग्य जमिन उपयोग गर्न अनुदान कार्यक्रम ल्याएका हौ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘खेतीयोग्य […]
१ वैशाख, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई लाख ५० हजार नाघेको छ । रुसले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ५२ हजार नाघेको छ । यद्यपि नयाँ संक्रमितको […]
from समाचार – Online Khabar https://ift.tt/2T4eotv
via IFTTT






















