समाचार
३१ वैशाख, काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले […]
३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ । यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका […]
३१ वैशाख, काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो । फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । फ्रान्समा […]
३१ वैशाख, काठमाडौं । रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ । लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ […]
३० वैशाख, काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।
३१ वैशाख, काठमाडौं । बालुवाटारमा मंगलबार मन्त्रिपरिषदको बैठक बसिरहँदा काठमाडौंका सडकमा सवारी साधन यति बाक्लै दौडिरहेका थिए कि मानौं यहाँ लकडाउन नै छैन । अन्ततः मुलुकका कार्यकारी प्रमुख नै अल्मलिए र बैठकमा प्रश्न गरे, काठमाडौंमा लकडाउन छ कि छैन ? अन्ततः आफैं नजाग्ने, अरु कसैले जगाइदिनुपर्ने प्रहरी प्रशासन प्रधानमन्त्रीको रौद्ररुप देखेपछि सडकमा नागरिकहरुको परिचयपत्र जाँच्न […]
३० वैशाख, काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया […]
३० वैशाख, काठमाडौं । मंगलबार एक दिनमा मात्रै नेपालमा ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटियो । जबकि कोभिड-१९ संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो भने यो संख्या बढेर ३० जना पुग्दा नेपालमा कोरोना संक्रमण देखिएको तीन महिना नाघिसकेको थियो । त्यसपछि भने एकाएक संक्रमणको ग्राफ उकालो लाग्यो । […]
३० वैशाख, काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई-पास खारेज गरेको छ । मंगलबार मात्र कोरोना भाइरस (कोभिड-१९) का थप ५७ संक्रमित भेटिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा असन्तुष्टि जनाएका थिए । लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने […]
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा ३ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सक्ने सरकारी लक्ष्य थियो । तर, सरकारको यो लक्ष अवरुद्ध भएको छ । लामो समयदेखि पटक–पटक म्याद थपिँदै आएका आयोजनाहरुमध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थल यसै वर्ष सक्ने घोषणा चालु आर्थिक वर्षको बजेटमै गरिएको […]
३० वैशाख, कैलाली । सीमा नजिकका भारतीय क्षेत्रका क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय पक्षले रातारात सीमामा ल्याएर छोडेका छन् । भारतीय पक्षले सीमावर्ती भारतीय बजार वनवासाको क्वारेन्टाइनमा बसेका अढाइ सय नेपालीलाई नेपालीको सीमामा ल्याएर छोडेका हुन् । पहिलो दिन ७५ र सोमबार राति एक सय ६७ जनालाई नेपाली प्रशासनसँग समन्वय नै नगरी ब्रम्हदेव ल्याएर छाडिएको सुरक्षा […]
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा […]
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बुधबार ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । बैठक २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते […]
३० वैशाख, काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ । त्यहााको […]
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भन्दै त्यसलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र […]
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ । गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको […]
३० वैशाख, हेटौंडा । सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको छ । मंगलबार हेटौंडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुबैलाई रोक लगाउने निर्णय गरेको हो । पछिल्ला केही दिनयता लकडाउन केही खुकुलोे पारिएको भए पनि नाकामा सुरक्षा नअपनाउँदा रोग भित्रन सक्ने भन्दै बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग […]
३० वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को […]
३० वैशाख, जनकपुरधाम । १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ । लहान नगरपालिका-५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका एक व्यक्तिलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । पक्राउ पर्नेमा ४३ वर्षीय पुरुष रहेका छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी […]
३० वैशाख, जनकपुरधाम । लकडाउनको समयमा पनि लागूऔषध बोक्नेहरु पाइरहेका छन् । यद्यपि उनीहरुले कुन ठाउँबाट लागूऔषध ल्याइरहेका छन् भन्ने कुरा खुल्न सकेको छैन् । पछिल्लो पटक प्रदेश २ को सिराहा र धनुषाबाट तीन जना युवक लागूऔषधसहित पक्राउ परेका छन् । सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट एक जनालाई लागूऔषधसहित पक्राउ […]
३० वैशाख, कैलाली । मध्यान्हको १२ बजे कैलालीको पुरानो सदमुकाम भजनी चकमन्न छ । बजारमा छिटपुट खुद्रा पसलबाहेक अरु खुलेका छैनन् । भजनीको मध्य बजारमा एउटा ठूलो पानीट्यांकी छ । त्यसको ठीक तल छ कवि परियारको घर । आज उनको घर पनि बजारजस्तै उराठलाग्दो देखिएको छ । १३ वैशाखमा उनको घरमा पाहुना आएकी बालिकामा बर्दियामा […]
from समाचार – Online Khabar https://ift.tt/2WSN7LA
via IFTTT






















