समाचार
३ जेठ, कैलाली । लागू औषध ब्राउन सुगरसहित कैलालीमा २ जना पक्राउ परेका छन् । सामुदायिक सेवा केन्द्र धनगढीका प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको टोलीले शनिबार धनगढी उपमहानगरपालिका–६ बिजुलियाका सुरज चौधरी र ११ का अर्जनु चौधरीलाई पक्राउ गरेको हो । घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुको घर खानतलास गर्दा लुकाएर राखेको ब्राउन सुगर […]
३ जेठ, काठमाडौं । महामारीका बेला अग्रमोर्चाका काम गर्ने स्वास्थ्यकर्मीलाई सबैले सम्मान र सहयोग गर्नुपर्ने हो । तर, हाम्रो समाज यति स्वार्थी र असहिष्णु बन्न थालेछ कि स्वास्थ्यकर्मीहरुलाई अस्पतालबाट डेरामा फर्कनसमेत कतिपय घरधनीले अवरोध गरेका समाचार आउन थालेका छन् । कोरोना महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुलाई डेरा […]
३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा काम गर्ने सफाइ कर्मचारी कोरोना भाइरसबाट सुरक्षित रहेको पाइएको छ । महानगरमा काम गर्ने ९३४ जना सफाइ कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । महानगरले शुक्रबार ९३४ सफाइ कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र २७० जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) विधिबाट कोरोना संक्रमण परीक्षण […]
३ जेठ, काठमाडौं । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।
३ जेठ, काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो । हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ […]
३ जेठ, जनकपुरधाम । लकडाउनको समयमा पनि धनुषाको विदेह नगरपालिकाका मेयरले ठूलो जमघटका बीच औपचारिक कार्यक्रममा सहभागी भएका छन् । मेयर बेचन दासले नगरपालिकाको वडा नं १ को झिझा टोलमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा रिबन काटेर आधारभूत स्वास्थ्य चौकी उद्घाटन गरेका हुन् । उनले रिबन काटिरहँदा वरिपरि भिड जम्मा भएको थियो । जहाँ केही […]
३ जेठ, काठमाडौं । कोरोना कहरका बीच सिंहदरबारमा पुनर्निर्माणको कामले गति लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लकडाउनका कारण केही समय रोकिएको सिंहदरबार प्रबलीकरणको काम पुनः सुचारु भएको हो । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको […]
३ वैशाख, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या बढ्दो छ । कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरूले अस्पतालमा राम्रो उपचार नपाउने समस्या त छँदैछ, संक्रमितको परिवारका सदस्यहरूले मानसिक यातना र दुर्व्यवहारसमेत व्यहोर्नुपरेको पाइएको छ । वीरगञ्जका पत्रकार सुरेश बिडारीलाई कोरोना संक्रमण भएको ३० वैशाखमा पुष्टि भयो । उनी पत्नी र ८ वर्षे छोरासँगै […]
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, सरकारले आधिकारिक रुपमा ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको […]
३ जेठ, काठमाडौं । राजधानीको तीनथानास्थित एक घरबाट लाखौं रुपैयाँबराबरको धनमाल चोरी भएको छ । स्थानीय राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई […]
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने […]
३ जेठ, गुलरिया । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा शनिबारदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको सूचनामा बर्दियामा २८ वर्षीया महिलामा कोभिड १९ पुष्टि भएको […]
३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । कठिन अवस्थमा समेत मुलुकको अर्थतन्त्रलाई अगाडि लैजाने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको निजी क्षेत्रको प्रतिक्रिया छ । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै निजी क्षेत्रका प्रमुख तीन संगठनका प्रतिनिधिले नीति […]
३ जेठ, काठमाडौं । पत्रकार महासंघ, दोलखा शाखाले क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको भन्दै विरोध भएको छ । जिल्ला शाखाको बैठकले हालै एक सय जनाको सदस्यता खारेजको निर्णय गरेपछि खारेजीमा परेका सदस्यहरुले शनिबार विज्ञप्ति निकालेर उक्त निर्णय रद्ध नगरे कार्यसमिति नै रद्ध गर्ने चेतावनी दिएका छन् । कार्यसमितिले विधान विपरीत गठन गरेको कार्यदलको सिफारिस भन्दै […]
३ जेठ, कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार यो जिल्लामा आज मात्रै ३ नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको […]
३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र […]
३ जेठ, भद्रपु (झापा) । कचनकबल गाउँपालिका-७ स्थित दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका एक वृद्धको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ । शनिबार दिउँसो ८२ वर्षीय वृखबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । हात्तीले आक्रमण गरेको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उनले जानकारी दिए । […]
३ जेठ, काठमाडौं । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या […]
३ जेठ, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ । […]
३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले भने, ‘संक्रमित […]
३ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको […]
from समाचार – Online Khabar https://ift.tt/363JWFf
via IFTTT






















