Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिंहदरवार प्रवलीकरणको काम फेरि सुरु

३ जेठ, काठमाडौं । कोरोना कहरका बीच सिंहदरबारमा पुनर्निर्माणको कामले गति लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार लकडाउनका कारण केही समय रोकिएको सिंहदरबार प्रबलीकरणको काम पुनः सुचारु भएको हो । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ टायल र मार्वल एवं पेन्टिङको काम भइरहेको […]

कोरोना संक्रमित परिवारको पीडा : आत्मबल बढाउनुको साटो खुच्चिङ भने

३ वैशाख, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या बढ्दो छ । कोरोना संक्रमितको संख्या बढेसँगै उनीहरूले अस्पतालमा राम्रो उपचार नपाउने समस्या त छँदैछ, संक्रमितको परिवारका सदस्यहरूले मानसिक यातना र दुर्व्यवहारसमेत व्यहोर्नुपरेको पाइएको छ । वीरगञ्जका पत्रकार सुरेश बिडारीलाई कोरोना संक्रमण भएको ३० वैशाखमा पुष्टि भयो । उनी पत्नी र ८ वर्षे छोरासँगै […]

तीनथानाबाट लाखौं मूल्यका धनमाल चोरी, ६ जना पक्राउ

३ जेठ, काठमाडौं । राजधानीको तीनथानास्थित एक घरबाट लाखौं रुपैयाँबराबरको धनमाल चोरी भएको छ । स्थानीय राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई […]

कांग्रेसको माग : एमसीसी अनुमोदन गरौं, नीति कार्यक्रम पुनर्लेखन गरौं

३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । सरकारले कोरोना महामारीबाट उत्पन्न संकटलाई सम्वोधन नगरी पट्यारलाग्दो नीति तथा कार्यक्रम ल्याएको भन्दै नेपाली कांग्रेसले बुँदा नम्बर १ देखि २७६ सम्म पुनर्लेखन गर्नुपर्ने […]

बर्दिया गुलरियाको लालपुर सिल

३ जेठ, गुलरिया । बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका-११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा शनिबारदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको सूचनामा बर्दियामा २८ वर्षीया महिलामा कोभिड १९ पुष्टि भएको […]

नीति तथा कार्यक्रममा निजी क्षेत्रको असन्तुष्टि

३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । कठिन अवस्थमा समेत मुलुकको अर्थतन्त्रलाई अगाडि लैजाने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको निजी क्षेत्रको प्रतिक्रिया छ । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै निजी क्षेत्रका प्रमुख तीन संगठनका प्रतिनिधिले नीति […]

पत्रकार महासंघ दोलखाले सदस्यता खारेज गरेकामा विरोध

३ जेठ, काठमाडौं । पत्रकार महासंघ, दोलखा शाखाले क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको भन्दै विरोध भएको छ । जिल्ला शाखाको बैठकले हालै एक सय जनाको सदस्यता खारेजको निर्णय गरेपछि खारेजीमा परेका सदस्यहरुले शनिबार विज्ञप्ति निकालेर उक्त निर्णय रद्ध नगरे कार्यसमिति नै रद्ध गर्ने चेतावनी दिएका छन् । कार्यसमितिले विधान विपरीत गठन गरेको कार्यदलको सिफारिस भन्दै […]

कपिलवस्तु रेड जोनमा, ५ हजार मानिस क्वारेन्टाइनमा

३ जेठ, कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार यो जिल्लामा आज मात्रै ३ नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको […]

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो

३ जेठ, काठमाडौं । कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिए । दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या […]

विष सेवनबाट डोल्पामा १ जनाको मृत्यु, २ को अवस्था गम्भीर

३ जेठ, डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ । […]

नेपाली सेनाका दुई जनामा देखियो कोरोना भाइरस

३ जेठ, काठमाडौं । नेपाली सेनाका कर्मचारीमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष सैनिक भएको खुलेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले भने, ‘संक्रमित […]

भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

३ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान लागेको […]

स्वास्थ्य मन्त्रालयको एउटा त्रुटिले शिक्षण अस्पतालदेखि तुलसीपुरसम्म त्रास

३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितबारे सूचना दिँदा पटक-पटक गलत तथ्य सार्वजनिक गर्ने गरेको छ । शुक्रबार पनि मन्त्रालयले गलत सूचना सार्वजनिक गर्दा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जदेखि दाङको तुलसीपुर नगरपालिकासम्म त्रासैत्रास सिर्जना भएको छ । साँझ ८ : १५ बजे थपिएका ९ जना संक्रमितमा दाङको गढवा-४, ५ र तुलसीपुर-७ […]

नीति तथा कार्यक्रममाथिको छलफल छोटो बनाउने निर्णय

३ जेठ, काठमाडौं । शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल छोट्याइने भएको छ । शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रममाथिको छलफल छोटो बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । संसद सचिवालयले दलीय आधारमा बोल्न दिने र सकेसम्म थोरै सदस्यको नाम दिन आग्रह गरिने जनाएको छ । […]

भारतीय चालकलाई ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गर्न माग

३ जेठ, बुटवल । समाजवादी पार्टीले भारतबाट सामान ल्याउने ट्रक र कन्टेनरका चालक-सहचालकलाई निरोगिताको प्रमाणपत्र (हेल्थ सर्टिफिकेट) अनिवार्य गर्न माग गरेको छ । भारतका विभिन्न ठाउँबाट खाद्यान्न, तरकारी र फलफूल लिएर दैनिक दुई सय ट्रक र कन्टेनरमा चारदेखि पाँच सयजना भारतीय चालक र सहचालक बेलहिया नाका हुँदै नेपाल आउने गरेका छन् । नेपाल प्रवेश गर्ने […]

फोहरमैला व्यवस्थापन गर्ने मजदुरलाई राहत

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१३, कालीमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ । महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरूलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरूप वितरण गरेको हो । नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा […]

सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयले थाल्यो अध्ययन

३ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरस (कोभिड-१९) का कारण भए/नभएको अध्ययन गर्ने भएको छ । २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो । २३ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी […]

एमसीसी संसदको यही अधिवेशनबाट पारित गराउने सरकारको तयारी

३ जेठ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको चालु अधिवेशनबाट पारित गर्ने संकेत गरेको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा एमसीसी अनुदानबाट सम्पन्न गरिने आयोजना समेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमको २११ औं बुँदामा भनिएको छ ‘लप्सीफेदी–राटमाटे, […]

थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७८ पुग्यो

३ जेठ, काठमाडौं । शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएको छ । जसमा २६ वर्षका पुरुष र ५२ वर्षका पुरुष रहेका छन् । हाल महोत्तरीमा रहेका उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७८ पुगेको छ । शनिबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि मन्त्रालयले […]

पार्टी एकताको ऐतिहासिकता र हाम्रो जिम्मेवारी

आज नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का बीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको दुई वर्ष भयो । दुई भिन्न कार्यदिशा बोकेका र कतिपय अवस्थामा शत्रुतापूर्ण देखिने अन्तरविरोधको शिकार भएका पार्टीहरू बीचको एकतालाई अघि बढाउनु र सफल बनाउनु निकै कठिन र चुनौतीपूर्ण काम हो । बाह्रबुँदे सहमति, शान्ति सम्झौता, संविधान निर्माण र एउटै घोषणापत्रका […]

साइकल चलाएर १० दिनमा दिल्लीबाट नेपाल

३ जेठ, काठमाडौं । पर्साको पटेर्वासुगौलीका तीन युवक साइकल चढेर भारतको दिल्लीबाट १० दिनमा गाउँ आइपुगेका छन् । वैशाख २६ गतेदेखि उनीहरु गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसिरहेका छन् । सुगौली पटेर्वा–५ का ३२ वर्षीय लहबर मियाँ दर्जी, २९ वर्षीय हर्विन मियाँ दर्जी र ३८ वर्षीय सत्यनारायण चौधरी भारतबाट आएर सिधै क्वारेन्टाइनमा गएका हुन् । दिल्लीको […]



from समाचार – Online Khabar https://ift.tt/2Z4Q4vo
via IFTTT
Powered by Blogger.