Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

३० वैशाख, काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ । आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।

‘लिपुलेकमा सडक खन्दैछ भन्ने मलाई जानकारी थिएन, भारतको नियत ठिक छैन’

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा […]

साउदी अरेबियामा ६७४ नेपाली कामदारलाई कोरोना, एक जनाको मृत्यु

३० वैशाख, काठमाडौं । नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित नेपालीको संख्या ६७४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबको पूर्वी क्षेत्रमा ३३६ जना नेपाली संक्रमित भेटिएका छन् । यहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरेबियास्थित नेपाली दूतावासले जनाएको छ । त्यहााको […]

भैरहवा विमानस्थल, मेलम्ची र तामाकोसीमा सरकारलाई धक्का

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा ३ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सक्ने सरकारी लक्ष्य थियो । तर, सरकारको यो लक्ष अवरुद्ध भएको छ । लामो समयदेखि पटक–पटक म्याद थपिँदै आएका आयोजनाहरुमध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थल यसै वर्ष सक्ने घोषणा चालु आर्थिक वर्षको बजेटमै गरिएको […]

भारतबाट रातारात सीमामा ल्याइन्छन् नेपाली मजदुर

३० वैशाख, कैलाली । सीमा नजिकका भारतीय क्षेत्रका क्वारेन्टाइनमा राखिएका नेपालीलाई भारतीय पक्षले रातारात सीमामा ल्याएर छोडेका छन् । भारतीय पक्षले सीमावर्ती भारतीय बजार वनवासाको क्वारेन्टाइनमा बसेका अढाइ सय नेपालीलाई नेपालीको सीमामा ल्याएर छोडेका हुन् । पहिलो दिन ७५ र सोमबार राति एक सय ६७ जनालाई नेपाली प्रशासनसँग समन्वय नै नगरी ब्रम्हदेव ल्याएर छाडिएको सुरक्षा […]

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, बाग्मती पुछारमा

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ । गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको […]

प्रचण्डले जिम्मा लिएपछि नेकपामा स्थायी कमिटी बैठक, के छ एजेण्डा ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको […]

हेटौंडामा पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नदिइने

३० वैशाख, हेटौंडा । सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रवेशमा कडाइ गर्न थालिएको छ । मंगलबार हेटौंडामा बसेको बैठकले राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी र मानिस दुबैलाई रोक लगाउने निर्णय गरेको हो । पछिल्ला केही दिनयता लकडाउन केही खुकुलोे पारिएको भए पनि नाकामा सुरक्षा नअपनाउँदा रोग भित्रन सक्ने भन्दै बैठकले बुधबारदेखि पूर्वपश्चिम राजमार्ग […]

पर्सामा निषेधाज्ञा, सेना परिचालन गर्ने निर्णय

३० वैशाख, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को […]

संसदीय समितिको निर्देशन : कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाउनू

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भन्दै त्यसलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र […]

बालिका करणीको आरोपमा एक जना पक्राउ

३० वैशाख, जनकपुरधाम । १० वर्षीया बालिकासँग करणी गरेको आरोपमा सिराहाबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ । लहान नगरपालिका-५ की १० वर्षीया बालिकालाई सोमबार करणी गरेको आरोपमा सोही ठाउँका एक व्यक्तिलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । पक्राउ पर्नेमा ४३ वर्षीय पुरुष रहेका छन् । बालिकासँग करणी गरेको जानकारी आएपछि इलाका प्रहरी […]

सिराहा र धनुषाबाट लागूऔषधसहित तीन जना पक्राउ

३० वैशाख, जनकपुरधाम । लकडाउनको समयमा पनि लागूऔषध बोक्नेहरु पाइरहेका छन् । यद्यपि उनीहरुले कुन ठाउँबाट लागूऔषध ल्याइरहेका छन् भन्ने कुरा खुल्न सकेको छैन् । पछिल्लो पटक प्रदेश २ को सिराहा र धनुषाबाट तीन जना युवक लागूऔषधसहित पक्राउ परेका छन् । सिराहाको भगवानपुर गाउँपालिका ३ लालपुर टोलस्थित इनर्वा भगवानपुर कच्ची बाटोबाट एक जनालाई लागूऔषधसहित पक्राउ […]

पाहुना आएकी बालिकामा कोरोना संक्रमण पुष्टि

३० वैशाख, कैलाली । मध्यान्हको १२ बजे कैलालीको पुरानो सदमुकाम भजनी चकमन्न छ । बजारमा छिटपुट खुद्रा पसलबाहेक अरु खुलेका छैनन् । भजनीको मध्य बजारमा एउटा ठूलो पानीट्यांकी छ । त्यसको ठीक तल छ कवि परियारको घर । आज उनको घर पनि बजारजस्तै उराठलाग्दो देखिएको छ । १३ वैशाखमा उनको घरमा पाहुना आएकी बालिकामा बर्दियामा […]

घरघरमा ग्यास पुर्‍याउने युवकमा कोरोना संक्रमण

३० वैशाख, वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्‍याउने गरेको खुलेको छ । पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्‍याउने गरेको पाइएको हो । बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले भने, ‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार […]

मोदीको पुत्ला जलाउने एक दर्जन पक्राउ

३० वैशाख, जनकपुरधाम । नेपाली भूमि मिचेर सडक बनाइएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेतालाई मंगलबार जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय रमानन्द चोकमा मोदीको पुत्ला जलाउने क्रममा मंगलबार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वव्यूका नेताहरुले पुत्ला दहन गर्नै लाग्दा प्रहरीले हस्तक्षेप […]

प्रधानमन्त्रीको असन्तुष्टिपछि गृह सचिव र प्रहरी प्रमुख नाका निरीक्षणमा

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन खुकुलो भएको भन्दै मन्त्रिपरिषद बैठकमा असन्तुष्टि जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरुको टोली नागढुंगा नाकाको निरीक्षणमा निस्किएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं […]

कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

३० वैशाख, काठमाडौं । कर्णाली प्रदेशले प्रदेश सभाको छैटौँ अधिवेशन जेठ ११ गतेको लागि बोलाएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम दिउँसो तीन बजे प्रदेश सभा भवन, सुर्खेतमा बस्नेगरी आह्वान गर्न सिफारिस गरेको हो […]

बागलुङबाट आएका थिए पर्सामा भेटिएका १४ संक्रमित

३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका कोराना भाइरस (कोभिड–१९) का ३९ संक्रमित मध्ये १४ बागलुङबाट आएको खुलेको छ । रोजगारीका लागि बागलुङ पुगेका उनीहरु लकडाउनका कारण समस्यामा परेपछि फर्किएका थिए । बा ४ ख ५७९० नम्बरको बसामा आएका उनीहरुलाई कास्की प्रशासलले पोखरामा रोक्यो । ‘दुई दिनदेखि अलपत्र परेका छौं बाटोमा भनेर खबर आयो’ छिपहरमाई गाउँपालिकाका […]

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी सेवा सुरु

३० वैशाख, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपीडी मंगलबारबाट पुनः सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) लकडाउनका कारण ओपीडी सेवा एक महिनादेखि बन्द थियो । ‘ओपीडी सेवा आजदेखि सुरु गरेका छौं । तर, पहिलेजस्तो सहजरुपमा भने होइन,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रमुख अर्जुन आचार्यले भने, ‘ओपीडीमा पनि केही जटिल […]

उपचाररत अनिल विरहीको स्वास्थ्यबारे बाबुराम भट्टराईको चासो

३० वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । नेता विरही चितवनको भरतपुर अस्पतालमा उपचाररत छन् । गत वैशाख २३ गते घरमै लडेर घाइते भएका विरहीलाई प्रहरीले अस्पतालबाट पक्रेको थियो। उनको […]

निको भए रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक

३० वैशाख, बुटवल । रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक उपचारपछि निको भएर घर फर्केका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ का २५ वर्षका ती युवकमा कोरोना पोजेटिभ देखिएपछि वैशाख १९ गते बुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा भर्ना भएका थिए । १२ दिनसम्म आइसोलेसन अस्पतालमा बिताएका उनमा कोरानाको कुनै लक्षण देखिएको थिएन । […]



from समाचार – Online Khabar https://ift.tt/3dJ66PJ
via IFTTT
Powered by Blogger.