समाचार
३० वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली–४ की लालमती देवीको परिवारका पुरुष सदस्यहरु ज्याला मजदुरी गर्न जान्थे । एक हप्तामा पैसा ल्याएर चामल, दाल, नुन, तेल किनेर खाने गर्थे । लकडाउन भएदेखि काम बन्द थियो । परिवारलाई छाक टार्न गाह्रो भइरहेको थियो । लकडाउनमै गाउँमा गहुँ कटान सुरु भयो, त्यसवापत आएको गहुँले केही दिन गुजारा […]
३० वैशाख, पोखरा । पोखरा महानगरपालिका ८ बस्दै आएका सोलुखुम्बुका अभिषेक बस्नेत करिब तीन महिनाअघि कामका लागि भारतको कर्नाटक क्षेत्र गएका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनमा उनी परे । लकडाउन लम्बिरह्यो । त्यसैले उनले हिँडेरै नेपाल आउने निर्णय गरे । ७ दिनमा उनी कर्नाटकबाट नेपाल भारत सीमा आए […]
३० वैशाख, काठमाडौं । सांसदहरुले प्रतिनिधिसभामा भइरहेको बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीको उपस्थिति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले विश्व कोरोनासँग लडिरहेका बेला मुलुकलाई कसरी चलाउने, जनताको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिले राय दिइहेका बेला प्रधानन्त्रीेको उपस्थिति संसदमा हुनुपर्ने बताए । ‘अहिलेको अवस्था, आम नागरिक, चिकित्सकहरुको धारणा, श्रमिकहरुको […]
३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । […]
३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको […]
३० वैशाख काठमाडौं । लिपुलेकमा भारतले गरेको सीमा अतिक्रमविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय जनमोर्चाका १३ जना नेता÷कार्यकर्ता मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मसालका प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी, विद्यार्थी नेता विमल पोख्रेल, जनजाति नेता निमबहादुर बुढा, रामबहादुर बुढा, लक्ष्मणदेव पाण्डे, नारायण आचार्य, मनु बिक, धर्म सिमाली, विकास भुसाल, विष्णु ओली, […]
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भन्दै त्यसलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत क्षेत्रमा नेपालको सुरक्षा […]
३० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । स्थायी कमिटी सदस्यहरुलाई बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट टेलिफोन र एसएमएस आएको ती नेताले बताए । एक स्थायी कमिटी सदस्यका अनुसार भोलि बैठक […]
३० वैशाख, काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन् । ‘हामी ५–६ जना त्यहाँ […]
३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन लकडाउन जारी रहँदा निर्माण सामग्री अभाव भएपछि ङादी आयोजनाको काम अघि बढ्न सकेको छैन । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ३० मेगावाटको सो आयोजनाको काम सामग्री अभावमा रोकिएको आयोजनाले जनाएको छ । सरकारले […]
३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वयंमले संसदमा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी थियो भनिरहेका प्रधानमन्त्री ओलीले भने यसबारे आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमै गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा […]
३० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मारमा परेकालाई सहुलियत दिन बैंकहरुले ऋणीको वर्गीकरण थालेका छन् । ऋणीलाई रेड (रातो), यल्लो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिममा वर्गीकरण गरी फरक फरक सहुलियत दिने बैंकहरुको तयारी छ । कोरोना महामारीपछि उत्पन्न परिस्थितिका कारण सबैभन्दा धेरै असर परेका ऋणीलाई ‘रेड’, थोरै असर परेकालाई […]
३० वैशाख, भीमदत्तनगर । भारतमा ४५ दिन क्वारेन्टाइन बसेका दुई सय ४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई नेपाल ल्याइएको हो । आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कुलमा क्वारेन्टाइन बसेका दुई सय ५१ जनामध्ये पहिलो दिन ७५ र सोमबार राति एक सय ६७ जनालाई […]
३० वैशाख, सप्तरी । सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडाध्यक्ष प्रदीप साहले जानकारी दिए । लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट पैदलमार्फत […]
३० वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोरोना महामारीलाई नजरअन्दाज गर्दै बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले कोरोनालाई नजरअन्दाज गरेर सरकारले परम्परागत ढंगबाट बजेट ल्याउने तयारी गरेको बताए । नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्दै नेपाली अर्थतन्त्र […]
३० वैशाख, काठमाडौं । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १ सय ५० मानिसको उद्धार भएको छ । रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ । अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा […]
३० वैशाख, चितवन । वैशाखको महिना बिहेवारीको सिजन मानिन्छ । तर कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले जारी गरेको लकडाउनका कारणले विहे गर्ने पूर्वयोजना बनाएका धेरै जोडीहरुले बिहे गर्न पाएनन् । तर कतिपयले भने लकडाउनकै बेलामा समेत थोरै संख्यामा जन्ती गएर बिहे गरेका छन् । यस्तै एक जोडीमा पर्दछन् भरतपुर महानगरपालिका वडा नम्बर १० का […]
३० वैशाख, काठमाडौं । सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत […]
३० वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई कुनै पनि […]
३० वैशाख, वीरगञ्ज । पत्रकार तिवारी यादव माथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग राख्दै पर्साका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जराले मंगलबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेका हुन् । सरकारी निकायले बिभिन्न […]
३० वैशाख, काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको […]
from समाचार – Online Khabar https://ift.tt/3fFvR5d
via IFTTT






















