Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्कुल सञ्चालक भुसाल हत्याको विरोधमा प्रदर्शन

२८ वैशाख, कैलाली । निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरिया बजारमा प्रदर्शन भएको छ । स्थानीय विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले  अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् । आइतबार […]

सीमामा अलपत्र नेपालीको उद्धार गर्न कांग्रेस सांसदको माग

२८ वैशाख, बुटवल । नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् । रुपन्देहीको क्षेत्र नंं ५ ‘ख’ बाट निर्वाचित सांसद फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख […]

नारायणी अस्पतालबाट नियमित सेवा सुचारु गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

२८ वैशाख, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालबाट पुनः जनरल सेवा सञ्चालनको तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयको एक टोलीले शनिबार स्थलगत निरीक्षण गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पाखरेल नेतृत्वको तीन सदस्य टोलीले स्थलगत निरीक्षण गरेको हो । टोलीले कोभिड अस्पतालको विकल्पका बारेमा पनि सरोकारवालासँग छलफल गरेको छ […]

चीन–भारत सीमाक्षेत्रमा झडप, ११ सैनिक घाइते

२८ वैशाख, काठमाडौं । सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका […]

भारतीय अतिक्रमणको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाऊ : शान्ति समाज

२८ वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । साथै उसले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न पनि माग गरेको छ । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय सार्वजनिक भएलगत्तै एक विज्ञप्ति जारी गर्दै समाजले भूमि अतिक्रमण रोक्न र कालापानीबाट […]

कांग्रेसले भन्यो : सीमा विवादमा वक्तव्य दिएर पुग्दैन, दीर्घकालीन समाधान खोज

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै कांग्रेसले यसबारे सरकारको धारणा माग गरेको बताएका हुन् […]

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२८ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । साथै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ५५ हजार नौ सय ३९ […]

नयाँ नक्सा सार्वजनिक गर्न तयार छौं : भूमि मन्त्रालय

२१ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गर्न तयार रहेको बताएको छ । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरे पनि नेपालले आफ्नोतर्फबाट केही गर्न नसकेको भनी आलोचना भइरहेका बेला मन्त्रालयले लिम्पियाधुरा (कालापानी र लिपुलेक) समेटिएको नक्सा सार्वजनिक गर्ने बताएको हो । भूमि […]

व्यवसायीलाई पलायनबाट रोकौं, ब्याजदर एक अंकमा झारौं

विगत एक सय २५ दिनदेखि विश्वका अधिकांश मुलुकहरूले अप्रत्याशित तर अत्यन्तै जोखिमपूर्ण र विपद्पूर्ण अवस्थाको सामना गरिरहनुपरेको छ । कोभिड–१९ नामक यो रोगले महामारीकै रुप लिएको छ । सारा विश्व चिन्तित छ । स्वास्थ्य सुविधासम्पन्न मुलुकसमेत आक्रान्त छन् भने स्वास्थ्य सुविधाको पूर्वाधार कमजोर मुलुकहरूको अवस्था झन् नाजुक बन्दै गएको छ । विश्वका सबै नागरिक शंका, […]

चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाऔं : सरिता गिरी

२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउनु पर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उनले भनिन्, ‘लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनु पर्छ ।’ गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी […]

‘परीक्षण गर्नु अगाडि आरडीटी प्रमाणीकरण अनिवार्य गरौं’

२८ वैशाख, काठमाडौं । नेपालमा कोभिड-१९ (नोवेल कोरोना भाइरस) को पहिलो संक्रमण देखिएको चार महिनामा प्रति एक लाखमा ६० जनाको पनि पीसीआर टेस्ट भएको छैन । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट ५० हजारभन्दा बढी नमुना परीक्षण भए पनि यो विधिको विश्वसनीयता एकदमै न्यून छ । तीन राज्यमा टेस्ट गर्दा ९५ प्रतिशत नतिजा गलत आएपछि भारतले […]

लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा बानेश्वरबाट पक्राउ

२८ वैशाख, काठमाडौं । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत […]

काठमाडौंमा लकडाउन खुलेको हो ? (फोटो फिचर)

२८ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ । तर काठमाडौंको आजको दृष्यले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन्छ । किनभने काठमाडौंका सडकमा गाडीहरुको ताँती लागेको छ । आइबार बिहान कार्यालय समय सुरु हुने बेला सुन्धारा क्षेत्रमा गाडीहरुको लामो जाम थियो । सरकारले […]

भारतले बनाएको सडकबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेस

२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमिमा निर्माण गरेको सडक दुई देशको बीचको आपसी हित र सन्धि सम्झौता विपरीत भएको भन्दै प्रतिनिधिसभा बैठकमा अति जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्ताव पेस गरेपछि सांसदहरुले आफ्ना जिज्ञासा राखिरहेका छन् । संसदमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक, कालापानी विवादबारे कूटनीतिक समाधान चाहेको […]

उपत्यकाका नगरपालिकामा सक्षम जनशक्तिलाई अब राहत होइन, काम दिइने

२८ वैशाख, काठमाडौं। उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको आजको बैठकले यस्तो निर्णय गरेको हो । ‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ उपत्यका भित्र रहेका कसैको पनि […]

ओबामाले गरे ट्रम्पको आलोचना

२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलेाचना गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि गरेकेा प्रयास ‘अराजक संकट’ को जस्तो रहेको बताएका छन् । एक निजी कुराकानीको क्रममा ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय […]

कोरोना संक्रमित ४० लाख नाघे

२८ वैशाख, काठमाडौं । विश्वभर कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ४० लाख २४ हजार ७३७ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ७९ तीन सय १३ पुगेको छ । विश्वभर १३ लाख ७५ हजार ८५४ संक्रमित […]

परराष्ट्रमन्त्रीले भने– भारतले अहिले १९ किलोमिटर नेपाली भूमि मिच्यो 

२८ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको जानकारी दिएका छन् । नेपाली भूमि मिचेर सडक निर्माणको प्रारम्भिक जानकारी प्राप्त हुनासाथ त्यसबारे विस्तृत विवरण दिल्ली दूतावासमार्फत् मगाइएको उनले बताए । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले भारतले पछिल्लोपटक १९ किलोमिटर भूभाग मिचेको जानकारी […]

लिपुलेकबारे सरकारले सदनमा जवाफ दिँदै, कार्यसूची छोट्याइयो

२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको संसदमा जवाफ दिँदै छन् । साथै दलका नेताहरुले विशेष समय लिएर बोल्ने छन् । मन्त्रीले जवाफ दिने र नेताहरुले बोल्ने भएका कारण संसद सचिवालयले पहिलेको कार्यसूचीलाई छोट्याएको छ । […]

भ्रमण दशक घोषणा, संस्थागत कर्मचारीलाई पर्यटन बिदा

२५ वैशाख, काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटबाट आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गरिने बताएका छन् । सोहीअनुसार हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवर्द्धनका योजना ल्याउन लागेको उनको भनाइ छ । ‘नेपाल भ्रमण वर्ष- २०२० स्थगित भइसकेको छ,’ उनले भने, ‘अब […]

चिनियाँ मिडियाले लेख्यो- सगरमाथा चीनमा पर्छ

२८ वैशाख, काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको […]



from समाचार – Online Khabar https://ift.tt/2zrNip2
via IFTTT
Powered by Blogger.