Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धादिङमा खुकुरी प्रहार गरी प्रअको हत्या

२८ वैशाख, धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ । विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा […]

पोखरामा विद्यार्थीहरुले जलाए मोदीको पुत्ला

२८ वैशाख, पोखरा । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक दूरी कायम राख्दै प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको अनेरास्ववियूका एक नेताले बताए ।

माइतीघरमा प्रदर्शन गर्न खोज्ने कानून व्यवसायी प्रहरी नियन्त्रणमा

२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न लागेका कानून व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा राखेको छ । प्रहरीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, नारायण घिमिरे, रमेशकुमार केसीलगायतलाई नियन्त्रणमा लिएको हो । […]

एक लाख घुससहित वन अधिकृत पक्राउ

२८ वैशाख, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई बिदुर नगरपालिका–२ […]

सरकारलाई माधव नेपालको आग्रह– भारतसँग तत्काल भिडियो वार्ता गर

२८ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ । ‘कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको […]

वीरगञ्जमा कोरोनाभन्दा भोकले मर्ने डर, राहतको छैन भर

२६ वैशाख, वीरगञ्ज । वीरगञ्ज– १६ इनर्वा भन्सार टोलकी मालती देवी लकडाउनअघि ठेलामा चिया बेच्थिन् । त्यसको कमाइले घर गृहस्थी राम्रै चलेको थियो । तर चैत ११ गते लकडाउन सुरु भएपछि उनले काम गर्न पाएकी छैनन् । केही दिनसम्म त घर व्यवहार चलेकै थियो । तर लकडाउन लम्बिदै जाँदा उनको ५ जनाको परिवारले मागेर खाने […]

छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

२८ वैशाख, काठमाडौं । धनुषामा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ । छोराको चिर्पटप्रहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो । घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो […]

होटलका लागि बन्यो सुरक्षा निर्देशिका, पालना गर्नुपर्नेछ यस्ता मापदण्ड

२८ वैशाख, काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि खुल्ने होटेलहरुले ग्राहक बाहरिएको कम्तिमा ४८ घण्टासम्म कोठा खाली राख्नुपर्ने भएको छ । अर्थात् कोठामा बसिरहेको पाहुना बाहिरिएको ४८ घण्टापछि मात्र नयाँ पाहुनालाई कोठामा राख्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट बच्न पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि सुरक्षा निर्देशिका बनाएको छ । […]

वीरगञ्जमा नयाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु 

२८ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ मा भेटिएका नयाँ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको खोजी सुरु भएको छ । उनमा कोभिड–१९ संक्रमण पुष्टि भए लगत्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको टोलीले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको हो । बाहिरको ट्राभल हिष्ट्रि नभएपनि उनी संक्रमित परिवारको सम्पर्कमा आएको पुष्टि यसअघि नै भइसकेको छ । किराना पसल सञ्चालन गर्ने उनी १८ जनामा संक्रमण […]

स्कुल सञ्चालक भुसाल हत्याको विरोधमा प्रदर्शन

२८ वैशाख, कैलाली । निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरिया बजारमा प्रदर्शन भएको छ । स्थानीय विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले  अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् । आइतबार […]

सीमामा अलपत्र नेपालीको उद्धार गर्न कांग्रेस सांसदको माग

२८ वैशाख, बुटवल । नेपाल–भारत सीमा क्षेत्र दशगजामा अलपत्र नेपालीहरुलाई अविलम्ब स्वदेश ल्याउन कांग्रेस सांसदले माग गरेका छन् । रुपन्देहीको क्षेत्र नंं ५ ‘ख’ बाट निर्वाचित सांसद फखरुद्दिन खानले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै भारतका विभिन्न राज्यबाट हजारौं नेपाली रुपन्देहीसहित प्रदेश ५ का ६ वटा तराईका जिल्लाका दशगजा क्षेत्रमा आएर एक हप्तादेखि अलपत्र परेका उल्लेख […]

नारायणी अस्पतालबाट नियमित सेवा सुचारु गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

२८ वैशाख, वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालबाट पुनः जनरल सेवा सञ्चालनको तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयको एक टोलीले शनिबार स्थलगत निरीक्षण गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पाखरेल नेतृत्वको तीन सदस्य टोलीले स्थलगत निरीक्षण गरेको हो । टोलीले कोभिड अस्पतालको विकल्पका बारेमा पनि सरोकारवालासँग छलफल गरेको छ […]

चीन–भारत सीमाक्षेत्रमा झडप, ११ सैनिक घाइते

२८ वैशाख, काठमाडौं । सिक्किमतर्फको चीन–भारत सीमाक्षेत्रमा दुईतर्फका सैनिकबीच झडप भएको छ । झडपमा दुवैतर्फका ११ सैनिक घाइते भएका छन् । प्रहरी स्रोतका अनुसार, उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा शनिबार यो झडप भएको हो । समाचारमा बताइएअनुसार दुवै पक्षको बीचमा झडप र विवाद भएको थियो । जसमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका […]

परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

२८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका […]

भारतीय अतिक्रमणको विषय अन्तर्राष्ट्रिय मञ्चमा लैजाऊ : शान्ति समाज

२८ वैशाख, काठमाडौं । लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ । साथै उसले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न पनि माग गरेको छ । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय सार्वजनिक भएलगत्तै एक विज्ञप्ति जारी गर्दै समाजले भूमि अतिक्रमण रोक्न र कालापानीबाट […]

नयाँ बजेटको प्राथमिकता : महामारी पीडितलाई प्याकेज, कृषिमा क्रान्ति !

२८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण अर्थतन्त्रमा देखापरेको शिथिलता अन्त्यगरी आर्थिक गतिविधि अगाडि बढाउने गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त तथा प्राथमिकता संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । अर्थतन्त्रलाई थप गतिशील बनाउन रोजगारी […]

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

२८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

कांग्रेसले भन्यो : सीमा विवादमा वक्तव्य दिएर पुग्दैन, दीर्घकालीन समाधान खोज

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरण सार्वजनिक भए लगत्तै कांग्रेसले यसबारे सरकारको धारणा माग गरेको बताएका हुन् […]

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२८ वैशाख, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ब्राजिलले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय २७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । साथै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ५५ हजार नौ सय ३९ […]

नयाँ नक्सा सार्वजनिक गर्न तयार छौं : भूमि मन्त्रालय

२१ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनिक गर्न तयार रहेको बताएको छ । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरे पनि नेपालले आफ्नोतर्फबाट केही गर्न नसकेको भनी आलोचना भइरहेका बेला मन्त्रालयले लिम्पियाधुरा (कालापानी र लिपुलेक) समेटिएको नक्सा सार्वजनिक गर्ने बताएको हो । भूमि […]

चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाऔं : सरिता गिरी

२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउनु पर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उनले भनिन्, ‘लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनु पर्छ ।’ गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी […]



from समाचार – Online Khabar https://ift.tt/3dzqy5c
via IFTTT
Powered by Blogger.