समाचार
२८ वैशाख, काठमाडौं । काठमाडौंको गोर्कर्णेश्वर नगरपालिकाले विपन्न तथा असहायहरूका लागि सञ्चालन गरेको निःशुल्क खाना वितरण कार्यक्रम स्थगित गरेको छ । लकडाउनपछि नगरपालिकाले जोरपाटी, नारायणटार, माकलबारीलगायत १० स्थानमा स्थानीय युवाहरूसँग मिलेर निःशुल्क खाना वितरण गर्दै आएको थियो । यस्ताे कार्यक्रमले कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेकाे भन्दै नगरपालिकाले स्थगित गरेकाे हाे । गत बिहीबार बसेको […]
२८ वैशाख, काठमाडौं । चैत २६ गतेदेखि बन्द पूर्वको मेची नाका सञ्चालनमा आएको छ । तर, भारतबाट सामान आउन थालेपनि नेपालबाट सवारी भारततर्फ जान भने अझै रोक कायमै छ । भारतको पश्चिम बंगाल सरकारले कोरोना त्रासका कारण एकलौटी रुपमा बन्द गरेको नाका नेपालको कुटनीतिक दबावपछि शनिबारबाट सञ्चालनमा आएको मेची भन्सार प्रमुख ध्रुब विश्वकर्माले अनलाइनखबरलाई बताए […]
२८ वैशाख, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले लकडाउनका कारण भारतमा दुःख पाएका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारसँग आग्रह गरेका छन् । पूर्वमन्त्री महतले भने, ‘सबैलाई एकैचोटि ल्याउन सम्भव नहोला, त्यसमा जोखिम पनि हुन्छ, अत्यधिक समस्यामा परेकाहरुलाई प्राथमिकीकरण गरेर ल्याउनुपर्छ । यसको समन्वय गर्ने जिम्मेवारी भारतस्थित नेपाली राजदूतावासको हो ।’ डा. महत […]
२८ वैशाख, विराटनगर । विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । वैशाख १० र १२ गते भर्ना भएका भोजपुर र झापाका एक/एक जना आइतबार डिस्चार्ज भएका हुन् । भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा […]
२८ वैशाख काठमाडौं । हेभी इक्युपमेन्ट व्यवसायीहरुले आफूहरुलाई पनि काम गर्न दिन आग्रह गरेका छन् । निर्माणका कामहरु सरकारले सुरु गर्ने निर्णय गरे पनि ठेकेदार कम्पनीको मात्रै काम सुरु भएको उनीहरुले बताएका छन् । उपभोक्ता समितिहरुमार्फत हुने विकास निर्माणका काम तथा व्यक्तिगत कामहरु समेत गर्न नपाएको कारण समस्यामा परेको व्यवसायीहरुले बताएका छन् । हेभी इक्युपमेन्ट […]
२८ वैशाख, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेकपा सांसदहरु गणेशप्रसाद ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री लगायतले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र […]
२८ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा ४ हजार २ सय ३२ वटा रुख काट्नु पर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सेक्टर वन कार्यालय, निजगढले विमानस्थलका लागि बन्ने सो सडकका लागि तोकिएको क्षेत्रमा उक्त संख्यामा रुख कटान गर्नुपर्ने आंकडा निकालेको हो । निजगढ […]
२८ वैशाख, काठमाडौं । लकडाउनको समय लम्बिँदै गएपछि सर्वोच्च अदालतले यसअघि रोकेको सेवा प्रवाहलाई विस्तारै खुकुलो बनाउँदै गएको छ । लकडाउनको समयमा बन्दी प्रत्यक्षीकरण रिट र कोभिड १९ सँग सम्बन्धित मुद्धामात्र सुनुवाई गर्ने निर्णय गरेको थियो । तर लकडाउन लम्बिँदै गएपछि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सर्वोच्च अदालतमा सेवा प्रवाह बढाउन लागेको प्रवक्ता भद्रकाली पोखरेलले जनाएका […]
२८ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह गरेको हो । त्यस्तै सीमा समस्या […]
२८ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको दाबीसहित अख्तियारले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको […]
२८ वैशाख, धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रख ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ । विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा […]
२८ वैशाख, पोखरा । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी छन् । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् । राष्ट्रिय […]
२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाएको विरोधमा प्रदर्शन गर्न लागेका कानून व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा राखेको छ । प्रहरीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने, नारायण घिमिरे, रमेशकुमार केसीलगायतलाई नियन्त्रणमा लिएको हो । […]
२८ वैशाख, काठमाडौं । डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । खानीसम्बन्धी काममा अवरोध सिर्जना गरी सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले उनलाई बिदुर नगरपालिका–२ […]
२८ वैशाख, काठमाडौं । प्रत्येक १० वर्षमा हुने श्रमशक्ति सर्वेक्षण २०७४/०७५लाई आधार मान्ने हो भने नेपालमा १५ वर्षभन्दा बढी उमेरका नौ लाख आठ हजार जनसंख्या बेरोजगार छन् । तीमध्ये बसोबासको आधारमा छ लाख ४० हजार सहरी र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहहरूमा यसै वर्ष दर्ता भएकाको […]
२८ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ । ‘कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको […]
२६ वैशाख, वीरगञ्ज । वीरगञ्ज-१६ इनर्वा भन्सार टोलकी मालती देवी लकडाउनअघि ठेलामा चिया बेच्थिन् । त्यसको कमाइले घर गृहस्थी राम्रै चलेको थियो । तर, चैत ११ गते लकडाउन सुरु भएपछि उनले काम गर्न पाएकी छैनन् । केही दिनसम्म त घर व्यवहार चलेकै थियो । तर, लकडाउन लम्बिँदै जाँदा उनको ५ जनाको परिवारले मागेर खाने अवस्था […]
२८ वैशाख, काठमाडौं । धनुषामा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ । छोराको चिर्पटप्रहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो । घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो […]
२८ वैशाख, काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि खुल्ने होटेलहरुले ग्राहक बाहरिएको कम्तिमा ४८ घण्टासम्म कोठा खाली राख्नुपर्ने भएको छ । अर्थात् कोठामा बसिरहेको पाहुना बाहिरिएको ४८ घण्टापछि मात्र नयाँ पाहुनालाई कोठामा राख्नुपर्ने गरी सुरक्षा निर्देशिका बनाइएको छ । नेपाल पर्यटन बोर्डले कोभिड १९ बाट बच्न पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि सुरक्षा निर्देशिका बनाएको छ । […]
२८ वैशाख, वीरगञ्ज । वीरगञ्ज–३ मा भेटिएका नयाँ संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाको खोजी सुरु भएको छ । उनमा कोभिड–१९ संक्रमण पुष्टि भए लगत्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको टोलीले कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको हो । बाहिरको ट्राभल हिष्ट्रि नभएपनि उनी संक्रमित परिवारको सम्पर्कमा आएको पुष्टि यसअघि नै भइसकेको छ । किराना पसल सञ्चालन गर्ने उनी १८ जनामा संक्रमण […]
२८ वैशाख, कैलाली । निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरिया बजारमा प्रदर्शन भएको छ । स्थानीय विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् । आइतबार […]
from समाचार – Online Khabar https://ift.tt/2YRaPKS
via IFTTT






















