Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धादिङकी कोरोना संक्रमित काठमाडौंको सतुंगल निवासी

२ जेठ, काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ […]

भारतबाट आएका थिए बाँकेका आठै जना संक्रमित

२ जेठ, नेपालगञ्ज । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ । उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘१४/१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । ८ जना फरक फरक […]

लक्षण नदेखिएका वीरगञ्जका संक्रमितलाई विद्यालयमा सारिने

२ जेठ, काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा ठाउँ नभएपछि लक्षण नदेखिएका कोरोना संक्रमितलाई विद्यालयमा सारिने भएको छ । कोरोना संक्रमितको उपचारका लागि तोकिएको नारायणी अस्पतालमा सबै संक्रमित नअटेपछि वीरगञ्जकै सिद्धार्थ माविमा बनाइएको आइसोलेसनमा पनि संक्रमितलाई राखिएको छ । हाल नारायणी अस्पतालमा ७० जना र सिद्धार्थ माविमा १७ जनालाई राखिएको छ । अब लक्षण नदेखिएका संक्रमितलाई […]

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित

२ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६  वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ […]

अत्यावश्यकबाहेकका सरकारी कार्यालय कम्तीमा १५ दिन बन्द गर्न सुझाव

२ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने राय प्रमुख जिल्ला अधिकारीहरुको छ । बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव […]

उदयपुरलाई उद्योग मन्त्रालयले दियो २ सय थान पीपीई

२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना प्रभावित जिल्ला उदयपुरका लागि २ सय थान पीपीई उपलब्ध गराएको छ । मन्त्री लेखराज भट्टले बिहीबार उक्त पीपीई उदयपुर–काठमाडौं सहजकरण समिति तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद सुरेशकुमार राईलाई हस्तातन्तरण गरे । कोरोना संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा […]

भारतमा आज तेस्रो चरणको राहत प्याकेज घोषणा हुँदै

२ जेठ, नयाँ दिल्ली । कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर र्फकन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो […]

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा छिर्‍यो कोरोना

२ जेठ, काठमाडौं । बंगलादेशको रोहिंग्या शिविरका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । कोक्स बजारमा रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा करिब १० लाख रोहिंग्या शरणार्थी बस्छन् । यस्तोमा शिविरभर कोरोना भाइरसको महामारी फैलिने चिन्ता बढेको छ । अधिकारीहरुका अनुसार, अहिले संक्रमण भेटिएका दुई जनालाई आइसोलेसनमा राखिएको छ । साथै करिब […]

नेकपा सचिवालय बैठक सुरु

२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु  भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने एक नेताले बताए । त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । […]

नीति तथा कार्यक्रममा कूटनीतिज्ञलाई बोलाइएन

२ जेठ, काठमाडौं । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ । तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी […]

पूर्वराजा ज्ञानेन्द्र शाहले पाए सवारी पास, काठमाडौं आउँदै

२ जेठ, काठमाडौं । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको अनलाइनखबरलाई बताए । पूर्वराजाका […]

रसायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

२ जेठ, काठमाडौं । लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् । रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको […]

संसदमा नीति तथा कार्यक्रमको रिहर्सल

२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सांसद र अन्य आगन्तुक सबैलाई पौने चार बजेभित्रै आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचित गरेको छ […]

गलकोटमा संक्रमितको सम्पर्कमा आएका १२० जनाको स्वाब परीक्षण गरिँदै

२ जेठ, काठमाडौं । बागलुङ्को गलकोटमा नगरपालिकामा १२० जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ । गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो । नगरपालिकाको वडानम्बर ५, ३, ६, ७ र ९ का स्थानीयको स्वाब […]

चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु

२ जेठ, उदयपुर । चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले […]

यसपालि नेपालको झण्डा सबैभन्दामाथि भयो

१ जेठ, काठमाडौं । २०७५ साल, असार १५ गते । शनिल शाहीलाई दोहोरो दबाब थियो । एकातर्फ बक्सिङ खेल, अर्कोतर्फ स्नातक तहको परीक्षा । स्नातक दोस्रो वर्षको अंग्रेजीको परीक्षाकै दिन लैनचौरमा प्रकाश दाहाल स्मृति बक्सिङको क्वाटरफाइनल खेल थियो । दुई खेल जितेर उनले क्वाटरफाइनलमा स्थान बनाएका थिए । परीक्षा रोज्ने कि खेल ? अंग्रेजी परीक्षा […]

चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई […]

संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने

२ जेठ, काठमाडौं । नौ जना सांसदहरु सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् । बैठकमा प्रवेश नपाउने प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी […]

नेकपाको सचिवालय बैठक बस्दै

२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गर्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने ती नेताले जानकारी दिए […]

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो । उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख […]



from समाचार – Online Khabar https://ift.tt/2y1dnei
via IFTTT
Powered by Blogger.