समाचार
२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुने एक नेताले बताए । त्यस्तै वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । […]
२ जेठ, काठमाडौं । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ । तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन । कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी […]
२ जेठ, काठमाडौं । लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको अनलाइनखबरलाई बताए । पूर्वराजाका […]
२ जेठ, काठमाडौं । लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् । रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको […]
२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । सांसद र अन्य आगन्तुक सबैलाई पौने चार बजेभित्रै आसन ग्रहण गरिसक्न संसद सचिवालयले सूचित गरेको छ […]
२ जेठ, काठमाडौं । बागलुङ्को गलकोटमा नगरपालिकामा १२० जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ । गलकोटका विभिन्न स्थानमा काम गर्ने वीरगञ्जका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका १२० जनाको पहिचान गरी परीक्षण गर्न लागिएको हो । नगरपालिकाको वडानम्बर ५, ३, ६, ७ र ९ का स्थानीयको स्वाब […]
२ जेठ, उदयपुर । चट्याङ लागेर उदयपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घरनजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले […]
१ जेठ, काठमाडौं । २०७५ साल, असार १५ गते । शनिल शाहीलाई दोहोरो दबाब थियो । एकातर्फ बक्सिङ खेल, अर्कोतर्फ स्नातक तहको परीक्षा । स्नातक दोस्रो वर्षको अंग्रेजीको परीक्षाकै दिन लैनचौरमा प्रकाश दाहाल स्मृति बक्सिङको क्वाटरफाइनल खेल थियो । दुई खेल जितेर उनले क्वाटरफाइनलमा स्थान बनाएका थिए । परीक्षा रोज्ने कि खेल ? अंग्रेजी परीक्षा […]
२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा चीनले चालेको कदमको आलोचना गरेका हुन् । एक अन्तर्वार्तामा उनले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताए । ट्रम्पले दुई […]
२ जेठ, काठमाडौं । नौ जना सांसदहरु सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत हुने संघीय संसदको बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभाका ७ र राष्ट्रियसभाका २ जना सांसदहरु बैठकमा प्रवेश गर्न नपाउने भएका हुन् । बैठकमा प्रवेश नपाउने प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसी […]
२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गर्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने ती नेताले जानकारी दिए […]
२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो । उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, […]
२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख […]
२ जेठ, सप्तरी । सप्तरीका एक जना वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई घर ल्याएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतको नयाँ दिल्लीमा इन्जिनियरिङ अध्ययनरत थिए । उनी बुधबार राति घर आएका छन् । अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि वडा अध्यक्षका छोरा कसरी घर आइपुगे भनी स्थानीयले […]
२ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दक्षिण एसियामा आगामी ६ महिनामा दैनिक दुई हजार चार सय बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफले चेतावनी दिएको छ । युनिसेफले यो आकलन जोन्स हप्किन्स ब्लुमवर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताको विश्लेषणको आधारमा तयार पारेको हो । युनिसेफका अनुसार महामारीको कारण स्वास्थ्य कमजोर हुँदै जाने हो भने […]
१ जेठ, काठमाडौं । लकडाउनको समयमा प्रशासनले जारी गरेको पास बोकेर उपत्यका छिरेका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई जना चन्द्रागिरि नगरपालिकाका छन् भने अर्की महिला (२५) भक्तपुरकी हुन् । अर्का संक्रमित पूर्वगृहमन्त्री भीमबहादुर रावलको सुरक्षा टोलीका सदस्यले आफू उपत्यका छाडेर कतै नगएको बताउँछन् । त्यसैले उनको संक्रमणको स्रोत खोज्न […]
१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनमोर्चालाई उपसभामुख पद प्रस्ताव गरेको छ । प्रतिनिधिसभामा राजमोको तर्फबाट प्रतिनिधित्व गर्ने एकमात्र सांसद दुर्गा पौडेललाई नेकपाले उपसभामुख पद प्रस्ताव गरेको हो । राजमोका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर आफ्नो पार्टीकी उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई उपसभामुख पदको प्रस्ताव आएको बताएका हुन् […]
१ जेठ, बुटवल । कोरोना संक्रमणको जोखिमबाट बच्न रुपन्देहीको तिलोत्तमा नगरपालिका र गैडहवा गाउँपालिकाले मुख्य राजमार्गबाहेक सहायक सडक र नाकाबाट आवतजावतमा रोक लगाएका छन् । रुपन्देहीमा २८ जनामा कोरोना संक्रमण भएसंगै तिलोत्तमाले सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सिक्स लेन सडकबाहेक अन्य सहायक सडक र नाका लकडाउन अवधिभरका लागि सिल गरी अनुमतिविना आवतजावतमा रोक लगाएको छ । तिलोत्तमा […]
१ जेठ, काठमाडौं । प्रदेश २ मा कोरोना संक्रमितको उपचार गर्ने मुख्य थलोको रुपमा वीरगञ्ज बन्दै आएको छ । पर्सा मात्र होइन, बारा, रौतहटका साथै प्रदेश २ का अरु जिल्लनाका कोरोना संक्रमितहरुको पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ । संक्रमितको चाप बढेपछि एउटा सामुदायिक विद्यालयमा समेत सेमी आइसोलेसन वार्ड बनाएर राख्न थालिएको छ । नारायणी […]
१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका १० हजार व्यक्तिको परीक्षण गर्ने निर्णय लियो । त्यसअनुसार बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीन सय ३४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ भने सात सय जनाको र्यापिड डायग्नोस्टिक टेस्ट […]
from समाचार – Online Khabar https://ift.tt/2WxRGMr
via IFTTT





















