समाचार
२ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि शङखधर चोकमा कोरोना संक्रमित साथीसँगै बसेकी नर्सको रिपोर्ट नेगेटिभ आएको छ । २९ गते मोरङबाट आएर नर्ससँगै बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती युवतीलाई कोरोना पुष्टि भएपछि नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल […]
२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमहरुको लागि १९ वटा नयाँ कार्यक्रम प्रस्ताव गरेको छ । ती १९ वटा कार्यक्रमको सञ्चालनको लागि आगामी आर्थिक वर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट अनुमान गरेको छ । अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड […]
२ जेठ, नेपालगञ्ज । बाँकेमा शुक्रबार थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई दाङको बेलझुण्डी कोरोना अस्पताल लगिने भएको छ । नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका उनीहरु केही पहिले भारतबाट आएका थिए । ‘नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने । उनकाअनुसार उनीहरु फरक […]
२ जेठ, दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनको दमौली अस्पताल ल्याउँदै […]
२ जेठ, काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि दुई देशको सीमा विवाद फेरि चर्किको छ । र, नेपाली भूमि अतिक्रमणको विरोधमा लकडाउनकै अवधिमा पनि सडक प्रदर्शन भए, संसदमा आवाज उठेको छ । सरकारले कूटनीतिक माध्यमबाटै समस्या समाधान गर्न सकिने बताइरहँदा कतिपयले भने अब काँडेतार लगाउनुको विकल्प छैन । सत्तारुढ नेपाल कम्युनिस्ट […]
२ जेठ, झापा । बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ । बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना […]
२ जेठ, बुटवल । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुई/तीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट भागेका थिए । उनी बजारबाट मगाएको मदिरा लिन गएको पाइएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनरेश रायले जानकारी दिए । उनीहरुले साथीमार्फत बजारबाट मदिरा […]
२ जेठ, विराटनगर । चोरबाटो हुँदै भारतबाट विराटनगर आएका एक युवकमा कोरोना संक्रमण नभएको पाइएको छ । एक साताअघि पटनाबाट चोरबाटो हुँदै घर आएका विराटनगर महानगरपालिका– ९ का २८ वर्षका युवकमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ देखिएको थियो । त्यसपछि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले […]
२ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो । आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । स्थानीय […]
२ जेठ, बुटवल । बेलहिया नाका हुँदै नेपाल भित्रन चाहेका पन्ध्र सय भन्दा बढी नेपाली भारतको नौतनवामा रोकिएका छन् । भारतले रेल सेवा शुरु गरेकाले स्वदेश फर्कने नेपालीको संख्या दिनदिनै बढेको छ । घर फर्कन चाहेका उनीहरु मध्ये कतिपय सुत्केरी, बृद्धबृद्धा, बालबालिका समेत छन् । लामो समय बीच बाटोमा अलपत्र पर्दा उनीहरुमध्ये कतिपय बेखर्ची हुन […]
२ जेठ, जनकपुरधाम । सिंगो देश लकडाउनमा छ । त्यसमाथि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धनुषामा थप कडाइ भएको छ । तर धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा शुक्रबार फरक दृश्य देखियो । बालबालिका विद्यालय पोसाक लगाएर हिँडिरहेका थिए, विद्यालय पनि खुलेको थियो । विद्यालय परिसरमा भेला भएका बालबालिकामध्ये धेरैले मास्क […]
२ जेठ, काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । अति, मध्यम र न्यून जोखिम विश्लेषण गर्दै लकडाउनको मोडालिटीबारे पनि छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । […]
२ जेठ, काठमाडौं । निजी जलविद्युत आयोजना प्रवर्द्धकहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) ले कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थपना गरेको राहत कोषमा १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत […]
२ जेठ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १७ बर्षीया किशोरी कोरोना संक्रमित रहेको भनिए पनि अहिलेसम्म फेला परेकी छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ बजेर ३० मिनेटमा जारी गरेको विज्ञप्तिमा धनुषाकी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियो । तर ती किशोरी फेला पार्न नसकिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले […]
२ जेठ, काठमाडौं । दशैंतिहार होस् वा सानोतिनो बन्द–हडताल, काठमाडौंको ठमेलमा मानिसको घुइँचो कहिल्यै कम हुँदैनथ्यो । विश्वभरिका पर्यटकले ‘ठमेल बजार’ सधैं गुलजार रहन्थ्यो । तर, कोरोनाको महामारीपछि विगत दुई महिनायता ठमेल ठप्प छ । शून्यता छाएको छ । लकडाउनमा ठमेल सुनसान छ । तर, दिउँसो यहाँ एउटा रिक्सा यताउता दौडिरहेको देखियो । ‘बा.अ.उ १२४’ […]
२ जेठ, काठमाडौं । लकडाउनका कारण भारतमा रोकिएका ६ सय ८७ जना नेपालीहरुलाई नेपालगन्जको सीमा नाकाबाट नेपाल भित्राइएको छ । यस्तै नेपालतर्फ रोकिएका १ हजार ४ सय ८३ जना भारतीयलाई सोही नाकाबाट भारततर्फ पठाइएको छ । दुवै देशका सुरक्षा अधिकारीहरुबीच भएको सहमतिअनुसार लकडाउनमा रोकिएका २ हजार बढी नागरिकलाई ल्याउने र लैजाने काम भएको हो । […]
२ जेठ, मेलम्ची (सिन्धुपाल्चोक) । मिनी ट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका-१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङ रहेका छन् । बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका-१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आलु अनलोड गरी खाली आउँदै गर्दा बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला […]
२ जेठ, काठमाडौं । नेपाल एयरलाइन्स आज जापान उड्दैछ । जापानको नारितामा नेपालबाट चार्टर्ड उडान हुन लागेको छ । नेपाल एयरलाइन्सको बाइडबडी ए३३० जहाजले नेपालमा रहेका जापानी नागरिक र जापानले इन्ट्रीका लागि अनुमति दिएका नेपाली विद्यार्थी तथा कामदार समेत जापान र्फकँदैछन् । नेपाल एयरलाइन्सका अनुसार शुक्रबार राती ९ बजे त्रिभुवन विमानस्थलबाट जहाज नारिताका लागि उड्ने […]
२ जेठ, काठमाडौं । साझा पार्टीले नेपाल-भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल-भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न माग गरेको हो । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी […]
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोरमैला संकलन गर्नेहरुमा शुक्रबार कोरोना संक्रमण परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिकाका सफाइ कर्मचारी र फोहोरमैला संकलन गर्नेहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पीसीआर दुबै विधिबाट परीक्षण गर्न लागिएको हो । शुक्रबार काठमाडौंको टेकुमा उनीहरुको आरडीटी परीक्षण र पीसीआरका लागि स्वाब संकलन गरिएको छ ।
२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा […]
from समाचार – Online Khabar https://ift.tt/2WXpGkv
via IFTTT





















