Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान नारायणकाजीको आग्रह

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् । उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको […]

रुपन्देहीका सात स्थानीय तहमा निषेधाज्ञा

३१ वैसाख, बुटवल । जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको […]

नेप्से ओरालो लागेपछि ४० मिनेटमै सेयर बजार बन्द

३१ वैशाख, काठमाडौं । सेयर बाजरमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको […]

भारतमा २४ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट निको हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा २४ हजार तीन सय ८५ संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार नौ सय ३० जना संक्रमित निको भएर फर्किएका हुन् । यद्यपि निको हुनेको संख्याभन्दा थपिएका नयाँ संक्रमितको […]

जनकपुरका पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

३१ वैशाख, जनकपुरधाम । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ४० वर्षीय पत्रकारसँगै जनकपुरधामका एक जना पुस्तक व्यवसायी पनि संक्रमित भेटिएका छन् । ती दुवै जनालाई […]

जसपाको पहिलो वरीयतामा महन्थ, आठ सदस्यीय निर्देशक समिति गठन प्रस्ताव

३१ वैशाख, काठमाडौं । अघिल्लो साता एकीकरण भएको जनता समाजवादी पार्टी (जसपा) ले नेतृत्व व्यवस्थापनबारे छलफल सुरु गरेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) बीच एकीकरण भएको तीन हप्तापछि नेतृत्वमा को-को बस्ने भन्ने विषयमा छलफल गरेका हुन् । एकीकृत पार्टीमा ८ जनाको निर्देशक समिति बनाउने विषयमा छलफल भइरहेको एक नेताले जानकारी […]

चिनियाँ सेनाले आफ्नै विमानमार्फत नेपाल ल्याइदियो मेडिकल सामग्री

३१ वैशाख, काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोगबापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ । बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो । यसमा मास्क, गगल्स, […]

सीमामा भारतीय सुरक्षाकर्मीको असहयोग

३१ वैशाख, रौतहट । लकडाउनमा भारततर्फ रोकिएका नेपाली तथा नेपालतर्फका भारतीयलाई यथास्थानमै व्यवस्थापन गर्नुपर्ने प्रावधान छ । तर भारततर्फ रोकिएका नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले नै सीमापार गर्न लगाइरहेका छन् । मंगलबार राति भारतीय सुरक्षाकर्मीले रौतहटको नेपाल–भारत सीमाक्षेत्र इशनाथको औरैयामा १७ नेपालीलाई सीमापारि पठाइदिएका छन् । सीमाक्षेत्रमा भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) र नेपालतर्फ सशस्त्र प्रहरी बलले […]

सर्लाहीका कोरोना संक्रमित मानसिक सन्तुलन गुमाएका व्यक्ति

३१ वैशाख, जनकपुरधाम । पछिल्लो पटक सर्लाहीमा फेला परेका कोरोना संक्रमित ४५ वर्षीय पुरुष मानसिक सन्तुलन गुमाएका व्यक्ति रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति सार्वजनिक गरेको २६ जना संक्रमितको सूचीमा एक जना सर्लाहीका व्यक्ति पनि छन् । उनी हरिपूर्वा नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । ४५ वर्षीय ती पुरुषको […]

अमेरिकाबाट गायक हिमाल सागर : अभरमा परेँ, नेपाल फर्किन पाउँ

३० वैशाख, काठमाडौं । सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिका गएका गायक हिमाल सागर लकडाउनका कारण ७० दिनदेखि त्यहीँ ‘अलपत्र’ परेका छन् । आफू र आफूजस्तै अभरमा परेका नेपालीहरुलाई नेपाल फर्किने व्यवस्था मिलाउन सरकारसँग उनको आह्वान छ । अमेरिकामा बस्ने नेपाली समुदायको निमन्त्रणमा गत २८ फेब्रुअरीमा एक महिने यात्राका लागि उनी अमेरिका पुगेका थिए । नेपाली नयाँ […]

भीम रावल भन्छन्– मेरो परीक्षण भइसकेको छ, दुवाकोटका स्थानीयलाई जाँचौं

३१ वैशाख, काठमाडौं । नेकपा नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको दुवाकोटतिर बसोबास गर्ने उनलाई स्थानीय समुदाय कोरोना सरेको हुन सक्ने नेता रावलको दाबी छ । तपाईका सुरक्षा गार्डलाई कारोना संक्रमण भएको हो ? अनलाइनखबरको प्रश्नमा रावलले भने, ‘उनी दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट […]

काठमाडौंकी कोरोना संक्रमित महिला मच्छेगाउँकी, महेन्द्रनगरबाट आएकी थिइन्

३१ वैशाख, काठमाडौं । काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् । उनी सशस्त्र प्रहरी अस्पताल सतुंगलमा कार्यरत स्वास्थ्यकर्मीको परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनी स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गएकी थिइन् । परीक्षण ग्रर्दा कोरोना पोजेटिभ पाइएको […]

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

३१ वैशाख, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । […]

भक्तपुरका एक जना कोरोना संक्रमित सशस्त्र प्रहरी रहेको खुलासा

३१ वैशाख, काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । निलबाराही गणका उनी नेकपा […]

‘नक्सा सार्वजनिक गर्न स्वतन्त्र छौं, वार्ता हुन्छ भनेर रोकिएको हो’

३१ वैशाख, काठमाडौं । कालापानी क्षेत्रको भूभाग समेटेर नेपालको राजनीतिक नक्सा प्रकाशन गर्नेबारे जवाफ दिन भूमि व्यवस्था मन्त्री पदमा अर्याल सोमवार संसदीय समितिमा उपस्थित भएकी थिइन् । त्यहाँ उनले आफ्नै पार्टीका नेताहरुबाट समेत रुखो प्रश्नको सामना गर्नुपर्‍यो । नेपालको वर्तमान नक्सामा लिम्पियाधुरा नरहेको भन्ने मन्त्री अर्यालको अभिव्यक्ति विवादमा परेको सन्दर्भमा उनले संसदीय समितिसमक्ष प्रष्टीकरण दिनुपर्‍यो […]

बरालिएको नेकपा : सङ्कटका बहुआयाम

सन् १९६३ सेप्टेम्बरको एकाबिहानै तत्कालीन मद्रास (तमिलनाडु) का मुख्यमन्त्री कुमाराश्वामी कामराज (के. कामराज) ले प्रधानमन्त्री जवाहरलाल नेहरुसमक्ष आफूले मुख्यमन्त्री पद छोडेर प्रदेश कांग्रेसको सभापति बन्न चाहेको प्रस्ताव गरे । सन् १९५४–०६३ सम्म तीन कार्यकालका लोकप्रिय मुख्यमन्त्री बनेका कामराजको प्रस्ताव सुन्दै पण्डित नेहरु आश्चर्यचकित भए । शिक्षा, प्रशासन सुधार, औद्योगीकरण र कृषि क्षेत्रमा उल्लेख्य काम गरेर […]

छाङरूमा भाडाको घरमा बस्नेछ सशस्त्रको सीमा सुरक्षा टोली

३१ वैशाख, काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुलमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको […]

‘मेरो सरकार’ का लक्ष्य कति पूरा कति अधुरा ?

३१ वैशाख, काठमाडौं । कोरोनाको कहरले देशको अर्थतन्त्रमा कालो बादल मडारिएका बेला सरकार आगामी वर्षको बजेट तथा नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । इतिहासकै चुनौतिपूर्ण घडीमा रहेको सरकारले ल्याउने यी दुई दस्तावेजले देश र जनताको भाग्य फैसला गर्न सक्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ २ गते) नीति तथा कार्यक्रम वाचन गर्ने तय भइसकेको […]

नेकपा स्थायी कमिटी बैठक बस्दै, लिपुलेक र नीति तथा कार्यक्रमबारे छलफल हुने

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ । यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका […]

कोरोना भाइरसबाट फ्रान्समा झण्डै २७ हजारको मृत्यु

३१ वैशाख, काठमाडौं । फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या २६ हजार ९ सय ९४ पुगेको छ । यीमध्ये १७ हजार ३ जनाको अस्पतालमा मृत्यु भएको छ । अन्यको मृत्यु स्याहार गृहमा भएको हो । फ्रान्समा कोरोना संक्रमितको संख्या एक लाख ७८ हजार हजार ३ सय ४९ रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । फ्रान्समा […]

रुस कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीमा दोस्रो स्थानमा

३१ वैशाख, काठमाडौं । रुसमा कोरोना संक्रमितको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ । यससँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीको दोस्रो स्थानमा पुगेको छ । पहिलो स्थानमा अमेरिका छ । लगातार दसौं दिन रुसमा नयाँ संक्रमित १० हजारभन्दा धेरैले थपिएका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ […]



from समाचार – Online Khabar https://ift.tt/35Sdg1l
via IFTTT
Powered by Blogger.