समाचार
२९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस (कोभिड–१९) लागेको भएपनि स्वदेश फर्किन चाहने नेपालीहरुलाई रोक्न नहुने बताएका छन् । सरकारले जहाँ छ, त्यहीँ रहन आग्रह गर्दै आएको बेला अधिकारीले भने त्यसो गरे विदेशमा रहेका नेपालीहरुमा राष्ट्रियताप्रतिको धारणा बदलिन सक्ने बताए । ‘चाहेपनि नचाहेपनि खुला सीमा […]
३० वैशाख, पोखरा । गण्डकी प्रदेशले कोरोना महामारीपछि विदेशबाट रोजगारी गुमाएर आफ्नो प्रदेशमा ५० हजार युवा फर्किने अनुमान गरेको छ । उनीहरुलाई कृषि क्षेत्रमा अभिप्रेरित गर्ने गरी बजेट ल्याउने प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताएका छन् । ‘कोरोनाले विदेशमा कार्यरत लाखौंको रोजगार गुम्ने निश्चितजस्तो भइसक्यो । विदेशमा रोजगारी गुमाएर पनि बेरोजगार हुने […]
२९ वैशाख, बर्दिया । बर्दियामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण प्रभावित भएको हो । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किटसँगै स्वास्थ्य सामग्रीसमेत अभाव हुँदा समस्या भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरीले बताए । स्वास्थ्यकर्मीले लगाउने […]
२९ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले ओम्नी ग्रुपले चीनबाट स्वास्थ्य सामग्री नल्याएको भए नेपालको अवस्था भयावह हुने जिकिर गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा सचिव कोइरालाले ओम्नी ग्रुपले ल्याएको स्वास्थ्य सामग्रीकै कारण कोरोना रोकथामका काम हुन सकेको दावी गरे । ‘त्यतिखेर […]
२९ वैशाख, काठमाडौं । सर्लाही र सुनसरीमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित सामुदायिक वनमा घाँस काटन रुखमा चढेको अवस्थामा हाइटेक पावरको तारमा छुन गई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर […]
२९ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनपछि अहिले विद्यालयहरु पुनः खुलेका छन् । विद्यालय खुलेसँगै विद्यार्थीहरुमा कोरोनाको संक्रमण हुन नदिन सतर्कता बढाएइएको छ । चीनका स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, चीनले सबै विद्यार्थीलाई ज्वरो नाप्ने ब्रासलेट दिएको छ । जसलाई विद्यार्थीहरूले घडीजस्तै हातमा लगाउने गरेका छन् । उक्त ब्रासलेट लगाएपछि विद्यार्थीका आमाबुबा […]
२९ वैशाख, काठमाडौं । स्याङजामा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलिबजार नगरपालिका-१२ पेल्काचौर बस्ने २२ वर्षीया सुष्मा मल्ल रहेकी छन् । आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर टाढा रहेको बग्रे भिरमा सोमबार बिहान घाँस काट्ने क्रममा लडेर उनी गम्भीर घाइते भएकी थिइन् । जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा उनको मृत्यु […]
२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले सरकारको बजेट सिद्धान्त र प्राथमिकता कोरोना महामारी र यसका असरमा केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेट सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले बजेट परम्परागत हिसाबले नै ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाए । ‘कोरोनाको प्रभावमा केन्द्रित भएर समाधान गर्नुभन्दा पनि सबै […]
२९ वैशाख, काठमाडौं । सरकारले विदेशमा मृत्यु भएका कामदारको परिवारसँग विदेशमै शवको अन्त्यष्टि गर्ने अनुमति दिन आग्रह गरेको छ । विदेशमा मृत्यु भएकाहरुको शब ल्याउन चासो नदिएको सरकारले शबहरु त्यस्तो अनुमति दिए सम्बन्धित परिवारलाई सान्तवना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । अहिले विदेशमा करिब १११ जनाभन्दा बढीको शब अलपत्र छ । कोभिड-१९ […]
२९ वैशाख, काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि स्वतः नेपालले पाउन ढिला नगरी भारतसँग वार्ता गर्नुपर्ने र नेपालले आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने हो भने यो मुद्दा अन्तर्राष्ट्रियकरण गरी भूमि फिर्ता ल्याउन परमादेश माग गर्दै रिट दायर […]
२९ वैशाख, काठमाडौं । रुस विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट ग्रसित हुने विश्वकै तेस्रो मुलुक बनेको छ । यसअघि अमेरिका, स्पेन, बेलायत र इटली धेरै कोरोना संक्रमित भएका मुलुकका सूचीमा थिए । तर, पछिल्लोपटक रुसमा कोरोनाले महामारीको रूप लिएपछि बेलायत र इटली चौथो र पाँचौं नम्बरमा पुगेका छन् । रुस तेस्रो स्थानमा उक्लिएको […]
२९ वैशाख, काठमाडौं । लकडाउनकारण आंशिक रुपमा सञ्चालनमा रहेका देशभरका पेट्रोल पम्प खुल्न थालेका छन् । लकडाउन खुकुलो हुँदै गएका कारण देशैभरिका पम्पहरू खोल्न सुरु गरिएको नेपाल पेट्रोलियम डिलर एसोसिएसनले जनाएको छ । शुक्रबारदेखि ढुवानी र उद्योगका गाडीहरू बाक्लो मात्रामा गुड्न थालेपछि झण्डै १५ सय पम्पहरूले नियमित सेवा सुरु गरेको नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष […]
२९ वैशाख, काठमाडौं । कालापानी नजिकै सशस्त्र प्रहरी बलको फौज राख्न बुधबार नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उड्ने भएको छ । यसका लागि गृह मन्त्रालयले सैनिक हवाई महानिर्देशनालयलाई पत्राचार गरिसकेको छ । सेनाको हवाई निर्देशनालयबाट स्वीकृति प्राप्त भएपछि सशस्त्र प्रहरीको फौजसहित बन्दोबस्तीको सामान बोकेर बुधबार दार्चुलातर्फ टोली जान लागेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को […]
२९ वैशाख, काठमाडौं । लकडाउनका कारण बन्द धितोपत्र बजार मंगलबारदेखि नियमित सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले मंगलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । नियामक निकाय नेपाल धितोपत्र बोर्डले […]
२९ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेको विषय अब अन्तर्राष्ट्रिय तहमा उठाउन सरकारलाई आग्रह गरेको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूमि अतिक्रमणको विषय अब द्विपक्षीय रुपमा मात्र समाधान गर्न सम्भव नभएको भन्दै राजमोले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय अदालतमा पनि उठाउन आग्रह गरेको हो । ‘यो समस्या अब द्विपक्षीय रुपमा मात्र […]
२९ वैशाख, काठमाडौं । सरकारले बन्द उद्योग खुलाउने निर्णय गरेको तेस्रो दिन बित्दा पनि सरकारकै व्यवस्थापनमा सञ्चालित औद्योगिक क्षेत्रभित्रका उद्योगहरू सञ्चालनमा आउन सकेका छैनन् । गत शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय कार्यान्वयनमा आएपनि देशभरिका १० वटा औद्योगिक क्षेत्रमा थप उद्योग सञ्चालनमा नआएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । बालाजु, पोखरा, हेटौंडा, नेपालगञ्जसहितका […]
२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष […]
२९ वैशाख, काठमाडौं । भारी बिसाउनुको अर्थ हो– हल्का हुनु, शरीरको बोझ पन्छाउनु । त्यसैले मानिस भारी अर्थात् बोझ बिसाएरै हल्का भएर बस्न चाहन्छ । शरीरमा भारी लिएर बस्न कोही पनि चाहँदैन । मानिसहरु भन्छन्– शरीरले मात्र नभएर भारी मनले पनि बोकेको हुन्छ । त्यसैले मनको भारी पनि बिसाएर हल्का महसुस गर्छन् मानिसहरु । तर […]
२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए । ‘दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा […]
२९ वैशाख, बुटवल । कपिलवस्तुमा सोमबार फेला परेका १० जना कोरोना संक्रमित एक साताअघि भारतको मुम्बई र पन्जाबबाट नेपाल आएको खुलेको छ । लकडाउनकै बीचमा उनीहरु सुरक्षाकर्मीको आँखा छलेर लुकिछिपी दशगजा क्षेत्रबाट कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिकामा छिरेका हुन् । कोरोना संक्रमित १० जनामध्ये ८ जना यशोधरा गाउँपालिकाको पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा र अन्य […]
२९ वैशाख, काभ्रे । न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइए त्यस्ता उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढ्दै गएको भन्दै न्यूनतम स्वास्थ्य–सुरक्षा मापदण्ड नअपनाइएका उद्योगको सञ्चालन अनुमति तत्काल रद्द गरिने भएको हो । यसका लागि केन्द्रले उद्योगहरुमा स्वास्थ्य–सुरक्षा मापदण्ड लागू भए नभएको त्यसको अनुगमन गर्ने […]
from समाचार – Online Khabar https://ift.tt/2zuAnme
via IFTTT






















