समाचार
२८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेकको सीमा विवाद समाधान गर्न चीनलाई पनि ‘कूटनीतिक नोट’ पठाउनु पर्ने बताएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सुझाव दिँदै उनले भनिन्, ‘लिपुलेकमा त्रिदेशीय समक्षदारी आवश्यक भएकाले चीनलाई पनि कूटनीतिक नोट पठाउनु पर्छ ।’ गिरीले नेपाल–भारतबीचको सीमा ९० प्रतिशत व्यवस्थित भइसकेको अवस्थामा बाँकी […]
२८ वैशाख, काठमाडौं । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत […]
२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमिमा निर्माण गरेको सडक दुई देशको बीचको आपसी हित र सन्धि सम्झौता विपरीत भएको भन्दै प्रतिनिधिसभा बैठकमा अति जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्ताव पेस गरेपछि सांसदहरुले आफ्ना जिज्ञासा राखिरहेका छन् । संसदमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले लिपुलेक, कालापानी विवादबारे कूटनीतिक समाधान चाहेको […]
२८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई हजार १०९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा संक्रमित हुनेको संख्या पनि ६२ हजार ९३९ पुगेको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २० हजार २२८ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म ७७९ जनाको […]
२८ वैशाख, काठमाडौं। उपत्यका नगरपालिका फोरमले संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमको आजको बैठकले यस्तो निर्णय गरेको हो । ‘कोरोना भाइरसको यस विषयम परिस्थितिमा काठमाडौँ उपत्यका भित्र रहेका कसैको पनि […]
२८ वैशाख, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आलेाचना गरेका छन् । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि ट्रम्पले लिएको नीतिको ओबामाले विरोध गरेका हुन् । उनले अहिले अमेरिकाले कोरोना भाइरसको नियन्त्रणको लागि गरेकेा प्रयास ‘अराजक संकट’ को जस्तो रहेको बताएका छन् । एक निजी कुराकानीको क्रममा ओबामाले आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय […]
२८ वैशाख, काठमाडौं । विश्वभर कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ४० लाख २४ हजार ७३७ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ७९ तीन सय १३ पुगेको छ । विश्वभर १३ लाख ७५ हजार ८५४ संक्रमित […]
२८ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भनेर विरोध भइरहेको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको संसदमा जवाफ दिँदै छन् । साथै दलका नेताहरुले विशेष समय लिएर बोल्ने छन् । मन्त्रीले जवाफ दिने र नेताहरुले बोल्ने भएका कारण संसद सचिवालयले पहिलेको कार्यसूचीलाई छोट्याएको छ । […]
२५ वैशाख, काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटबाट आगामी एक दशकलाई ‘भ्रमण दशक’ घोषणा गरिने बताएका छन् । सोहीअनुसार हरेक वर्ष विधागत रुपमा प्राथमिकताका साथ पर्यटन प्रवर्द्धनका योजना ल्याउन लागेको उनको भनाइ छ । ‘नेपाल भ्रमण वर्ष- २०२० स्थगित भइसकेको छ,’ उनले भने, ‘अब […]
२८ वैशाख, काठमाडौं । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ । चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको […]
२८ वैशाख, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो । चीनको नेशनल हेल्थ कमिसनले आइतबार दिएको जानकारी अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित […]
२८ वैशाख, कैलाली । २२ चैतसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ जना थियो । तीमध्ये ४ जना सुदूरपश्चिम प्रदेशका थिए । त्यो बेला मुलुककै ठूलो जोखिम क्षेत्रमा गनिएको थियो सुदूरपश्चिम प्रदेश । तर, अहिले प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालबाट धनगढी ५ कि ३४ वर्षीया महिला पनि निको भएर घर […]
२८ वैशाख, काठमाडौं । भक्तपुरको नाम लिनासाथ तपाईंको मानसपटलमा के आउँछ ? पक्कै पनि ५५ झ्याले दरबार । ५५ झ्याले दरबार भक्तपुरको एक प्रमुख चिनारी त हो । तर भक्तपुरको चिनारी यतिमा सीमित छैन । विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदा, स्थानीय नेवार समुदायको सँस्कृति र परम्पराले भक्तपुरलाई विश्वभर चिनाएको छ । […]
२८ वैशाख, चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका-९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९ः४५ बजेको समयमा घटना भएको हो । […]
२८ वैशाख, काठमाडौं । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ । नीति तथा […]
२८ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ । भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट […]
२८ वैशाख, लण्डन । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर ७८ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएका अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको […]
२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोल्यो । धार्चुला-लिपुलेक लिङ्क रोड नाम दिइएको यो सडक भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ । यसले भारतीयहरूलाई नेपालको बाटोहुँदै कैलाश मानसरोवर यात्रा गराउने पर्यटन व्यवसायीमा चिन्ता बढाएको छ । अहिले नेपालबाट प्रत्येक […]
२७ वैशाख, काठमाडौं । ‘मान्छेहरूले नक्सा सच्याउनुपर्यो भनेका छन् । नक्सा त प्रेसमा छाप्दा हुन्छ । नक्सा छाप्ने कुरा होइन, भूमि फिर्ता लिने कुरा हो । यो सरकारले भूमि फिर्ता लिन्छ ।’- केपी शर्मा ओली भारतले नेपाली भूभाग आफ्नो नक्सामा पारेकोमा आपत्ति जनाउनेहरूलाई ६ महिना पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ हो यो । […]
२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा शनिबार साँझ जारी विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डले शनिबार जारी गरेको […]
२७ वैशाख, काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/2YVOawO
via IFTTT






















